• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

    विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राजधानीका मुख्य व्यापारिक क्षेत्रमा बढ्यो तिहारको चहलपहल

by
२४ कार्तिक २०८०,
0
राजधानीका मुख्य व्यापारिक क्षेत्रमा बढ्यो तिहारको चहलपहल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।काठमाडौँको मुख्य व्यापारिक क्षेत्र असनचोकमा तिहार सामग्री बेच्दै गरेकी रेश्मा तुलाधर नेपालीको दोस्रो ठूला पर्व नजिकिएसँगै व्यापार उल्लासमय बन्दै गएको बताउँछिन्।

“केही समय पहिला सुनसान बनेको व्यापार चाडवाड नजिकिएसँगै चहलपहल बढ्दो छ । विशेष गरी तिहार केन्द्रित सामग्री यस ठाउँमा बिक्री हुनाले उपत्यकावासी र उपत्यकाबाट तिहारको लागि बाहिरिने सर्वसाधारणको किनमेलको चाप अहिले उल्लेख्य छ । व्यापार पनि उल्लासमय बन्दै गएको छ”, उनले भनिन् ।

शुभ दिपावली नजिकिएसँगै काठमाडौँ उपत्यकाका असन, इन्द्रचोक, भोटाहिटी लगायतका प्रमुख व्यापारिक क्षेत्रमा झिलिमिली बत्ती, दियो, मखमली तथा सयपत्री फूल, सप्तरङ्गी टिका, तामा, पित्तलका भाँडा, भाइमसला लगायतका सामग्री किन्ने मानिसको घुइँचो देखिन्छ । तीन वर्षदेखि भाइ मसालाका सामग्री बजारबाट ल्याई आफैँ प्याकेजिङ गर्दै आएकी तुलाधर दिउँसोको समयमा व्यापार र राति प्याकेजिङको काम गर्ने गरेको बताउँछिन्। “भाइ मसलाको लागि सामान बाहिर बजारबाट ल्याएका हुन्छौँ । दिउँसोको समयमा व्यापार गर्छौँ । राति मलगायत अन्य साथीले प्याकेजिङको काम गर्छौँ । यसरी गरिएको व्यापारबाट आम्दानीमा केही वृद्धि हुन्छ”, उनले भनिन्।

असनचोकमा फुटपाथमा व्यापार गर्दै आउनुभएकी शारदा शाहीले विगत ३० वर्षदेखि माटोका दियो लगायतका केही पूजा सामाग्री बेच्दै आएकी छिन् । आफ्ना बाबुआमाले परापूर्वदेखि गर्दै आएको पेसालाई अँगाल्दै आएकी शाहीले अन्य समयमा फलफूल तथा पूजाका सामग्री बेच्ने गर्थिन ।

शाहीले चाडवाड लक्षित व्यापारमा महानगरले सबै व्यापारीलाई समान व्यवहार नगरेको बताइन्। “महानगरले एउटै ठाउँमा एकातिर फुटपाथ राख्न दिन्छ अर्कोतिर हटाउँछ । चाडवाडको समयमा दुई चारदिन फुटपाथमा व्यवस्थित तरिकाले व्यापार गर्न दिनुपर्छ । त्यो व्यवस्था महानगरले गर्नुपर्छ”, उनले भनिन् ।

व्यापारिक क्षेत्रको रुपमा रहेको असन क्षेत्रलाई व्यवस्थित गर्न असन सेवा समिति भएपनि अस्तव्यस्त रहेको उनले बताइन् । २० वर्षदेखि असनचोकमा तिहारको समयमा मखमली फूलको व्यापार गर्दै आएकी सुनिता उप्रेतीले तिहारमा व्यापार सन्तोषजनक भएता पनि अन्य समयमा नभएको बताइन् । “तिहारमा व्यापार सन्तोषजनक छ । अन्य समयमा छैन । तिहारको पाँच÷सात दिन गरिने व्यापारले वर्षभरिलाई पु¥याउनुपर्ने वाध्यता छ ।”

अन्य समयमा तरकारी व्यापार गर्दै आएकी उप्रेतीले तिहार नजिकिएसँगै सर्वसाधारणको माग तिहार केन्द्रित सामग्रीमा हुनाले र छोटो समयमा तुलानात्मक रुपमा आम्दानी बढी हुनाले मखमली फुलको माला बिक्री गरेको बताउँछिन्। जताजतै व्यापारीको कोलाहलमा तिहारका सामाग्री किन्ने सर्वसाधारणको घुइँचोले अहिले असनचोक अस्तव्यस्त बनेको छ । व्यापारिक केन्द्रका रुपमा रहेको असन, इन्द्रचोक मानिस, सवारी साधनको आवतजावतले व्यस्त देखिन्छ ।

Previous Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Next Post

डिप्रेसन कसरी थाहा पाउने ?

सम्बन्धित खबर

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१५ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

१५ असार २०८३,
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
आवाज

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

१५ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१५ असार २०८३,
विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित
आवाज

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

१५ असार २०८३,
Load More
Next Post
डिप्रेशनबाट बच्न यसो गरौँ !

डिप्रेसन कसरी थाहा पाउने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In