• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एआई डिप्रेसन सिन्ड्रोम के हो, किन नयाँ पुस्ता यसको सिकार हुँदैछ?

    मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य अस्थिर

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रधानमन्त्री प्रचण्ड भन्छन्– कुनै पनि शक्तिले देउवा र मलाई दुई ठाउँमा पार्ने देख्दिनँ

by
१६ कार्तिक २०८०,
0
प्रधानमन्त्री प्रचण्ड भन्छन्– कुनै पनि शक्तिले देउवा र मलाई दुई ठाउँमा पार्ने देख्दिनँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन पाँचै वर्ष टिक्ने र तत्काल सरकार नढल्ने दाबी गरेका छन् । बुधबार राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा उनले सत्ता गठबन्धनमा राम्रो समझदारी रहेको उल्लेख गर्दै यही गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरे ।

‘गठबन्धनमा राम्रो समझदारी छ । देउवाजीसँग सबभन्दा भरपर्दो सम्बन्ध छ। यो गठबन्धन टुट्दैन भन्नेमा मलाई शतप्रतिशत विश्वास छ । उहाँ सरकार ढाल्न लाग्नुहुन्न । अहिले एमाले र कांग्रेस मिल्न सम्भव नै छैन । यो कुरामा देउवाजीसँग गहिरो छलफल भएको छ । कुनै पनि शक्तिले देउवाजी र मलाई दुई ठाउँमा पार्ने देख्दिनँ । उपेन्द्र यादवजीको कुरा सामान्य हो । सबैले आफ्नो पार्टी चलाउनुपर्छ । यो गठबन्धन, अहिले जसरी बजारमा हल्ला छ, त्यस्तो हुँदैन,’ उनले भने ।

यसअघि कतिपय नेताहरुले सार्वजनिक रुपमै आफू नेतृत्वको सरकारले वैशाख टेक्न नपाउने भनेर बोलेको कुरा स्मरण गराउँदै उनले सरकारबारे यस्ताखाले हल्ला आउनु सामान्य भएको बताए । ‘मलाई साथीहरुले भन्ने गर्दथे, तैंले वैशाख देख्दैनस् भनेर । अहिले त कांग्रेससँग मिलेर प्रधानमन्त्री भए पनि बैशाख कट्दैन भन्थे । पछि वैशाख कट्यो, अनि तिनीहरुले दसैं कट्दैन भन्थे, त्यो पनि कट्यो । यो सबै हावा भनाइ हो । मैले प्रतिपक्षीलाई पनि विश्वासमा लिएर जान बल गरिरहेको छु,’ ले भने ।

प्रचण्डले एमालेलाई सरकारमा सहभागी गराउनेभन्दा पनि विधेयकहरु टुंगो लगाउन सबैलाई विश्वासमा लिएर जान खोजेको स्पष्ट पारे । ‘एमालेसँग पनि म दूरी बढाउने पक्षमा छैन । म एमालेको बारेमा यत्ति पनि भन्ने पक्षमा होइन,’ उनले भने । उनले एमाले र माओवादीबीच तत्काल एकता सम्भव नरहेको स्पष्ट पारे ।

कांग्रेस नेता शेखर कोइरालासँग पनि आफ्नो राम्रो सम्बन्ध रहेको उनको भनाइ छ । ‘शेखरजीसँग लगातार कुरा भइराखेको छ । कोशी प्रदेशको सन्दर्भमा त कुरा मात्रै होइन, लिखित सहमति गरेका छौं । कोशीको घटना अन्त विस्तार हुँदैन । कोशीमा पनि सरकार गठबन्धनकै हुन्छ,’ उनले भने ।

गत पुसमा आफू किन र कसरी कांग्रेसबाट एमाले गठबन्धनमा पुग्न विवश भएँ भन्ने कुरा पनि प्रचण्डले खोलेका छन् । ‘हामी यही गठबन्धनबाट स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन लडेको हो । सरकार बनाउने विषयमा देउवा र म बीच समझदारी भएको थियो । पछि देउवालाई अप्ठ्यारो परेपछि छोड्न तयार भएको व्यक्ति हुँ ।

अहिले यो कुरा सभापति देउवाजीलाई राम्रो थाहा छ । म एउटा नैतिक अप्ठ्यारोमा के मा परें भने सभापतिजीसँग पनि सल्लाह गरेर, मेरो मृत्युशैययामा भएको श्रमती सितालाई पनि भनें हाम्रो सहमति भयो । म अब तेस्रोपटक प्रधानमन्त्री भएर बालुवाटार जाँदैछु । मैले मृत्युशैय्यामा भएको, डेथ बेडमा भएको श्रीमती, त्यतिवेलासम्म उनले सबै थाहा पाउने हुन्थ्यो ।

बढो उत्साही भइनँ । मैले केही समय भए पनि उनको मनोबल अलिक बढ्ला र अलिक केही समय बाँच्लिन भन्ने थियो । त्यो नभनेको भए मलाई देउवाजीलाई प्रधानमन्त्री बनाउन केही आपत्ति हुने थिएन । यही रियालिटी हो,’ उनले भने, ‘ठीक त्यो बेलामा ओलीजीले फेरि आउनुहोस, तपाईं आउनुहोस् प्रधानमन्त्री बनाउन सहमत छौं भनिसकेपछि मैले श्रीमतीलाई दिएको वचन पूरा गर्न म उता गएँ ।

त्यही पनि २ बजेसम्म खुमलटारबाट तीनकुनेसम्म आइपुग्दा म देउवाजीकहाँ जाने मनशायमा थिएँ । मैले सदनमा केपीजीलाई धन्यवाद भनेको छु । तर, हाम्रो मतभेद टुंगियो भनेको थिइनँ ।’

Previous Post

जोगियो मानव अधिकार आयोगको प्रतिष्ठा

Next Post

बारम्बार संसद् बैठक स्थगित नगर्न सभामुखलाई रमेश लेखकको आग्रह

सम्बन्धित खबर

एआई डिप्रेसन सिन्ड्रोम के हो, किन नयाँ पुस्ता यसको सिकार हुँदैछ?
आवाज

मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

१२ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

१२ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य अस्थिर

१२ असार २०८३,
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
आर्थिक

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

१२ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
फिचर-ब्यानर

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

१२ असार २०८३,
पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
अन्तर्राष्ट्रिय

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

१२ असार २०८३,
Load More
Next Post
बारम्बार संसद् बैठक स्थगित नगर्न सभामुखलाई रमेश लेखकको आग्रह

बारम्बार संसद् बैठक स्थगित नगर्न सभामुखलाई रमेश लेखकको आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In