सन् १६६० को दशकमा फ्रान्सका रत्न व्यापारी जेन बापटिस्ट टवर्नियरले भारत भ्रमण गएका बेला एउटा ठूलो हीरा खरिद गरेका थिए, जुन हीराका उद्गम थाहा थिएन। तै पनि इस्वी संवत् २०औँ शताब्दीसम्म अमेरिकार युरोपमा एउटा मिथक फैलियो, टवर्नियरले हिन्दु देवीको मूर्तिबाट सो हीरा चोरेका हुन्।
यस कथालाई व्यापक बनाउने समाचार पत्रहरू र जौहरीहरूले हीरा श्रापित भएको र जसले त्यो ग्रहण गर्दछ त्यसको दुर्भाग्यका दिन सुरु हुने दाबी गरे। सन् १८३९ सम्म सो हीरा अन्ततः लन्डनमा बसो बास गर्ने नेदर ल्याड्सका सङ्ग्रहकर्ता हेनरी फिलिप होपको हातमा परेको विश्वास गरिन्छ। यही भएर होला यस हीरालाई अचेल यसलाई ‘होप डायमन्ड’ भनिन्छ।
होपले हीरा हात पारेको केही समयपछि युरोपेली र अमेरिकी समाचार पत्रले ‘होप डायमन्ड’ श्रापित भएको दाबी गर्न थालेका थिए। फ्रान्सेली जौहरी पियरे कार्टियरले सन् १९१० को दशकमा अमेरिकी राजपुत्री इभलेन वेल्स म्याकलेनलाई सो हीरा बिक्री गर्दा हीरासम्बन्धी आइरहेका कथा उपयोग गरी त्यसको मूल्य बढाउने काम गरे।
उनको मृत्यु भएपछि हीरा एक अमेरिकी आभूषण कम्पनीको हातमा पर्यो। त्यस कम्पनीले सन् १९५८ मा स्मिथसोनियन इन्स्टिच्युसनलाई प्रदान गर्नु पहिले सो हीरा प्रदर्शनीमा राखेको थियो। तबदेखि सा हीरा स्मिथसोनियनमै रहेको छ।













