• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तनहुँमा धान उत्पादन क्षेत्र घट्दै

by
१२ कार्तिक २०८०,
0
तनहुँमा धान उत्पादन क्षेत्र घट्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दमौली । तनहुँ जिल्लामा वार्षिक चार हजार मेट्रिक टन चामल अपुग रहेको देखिएको छ । कृषि ज्ञान केन्द्र तनहुँको तथ्याङ्कले जिल्लामा चामल अपुग रहेको देखिएको हो । जिल्लामा धान उत्पादन हुने क्षेत्र घट्दै गएकाले चामल अपुग देखिएको बागबानी विकास अधिकृत वीरेन्द्र धितालले जानकारी दिए । उनका अनुसार जिल्लाका लागि चार हजार सात सय १७ मेट्रिक टन चामल अपुग छ ।

वार्षिक प्रतिव्यक्ति दैनिक शून्य दशमलव २५ केजीका दरले एक वर्षका लागि प्रतिव्यक्ति ९१ दशमलव २५ केजी चामल आवश्यक पर्दछ । तनहुँमा यस वर्ष २७ हजार दुई सय २० मेट्रिक टनमात्रै चामल उत्पादन भएको छ । जबकि वार्षिकरूपमा ३१ हजार नौ सय ३७ मेट्रिक टन चामल आवश्यक पर्दछ ।

उनले भने, “अहिलेको अवस्थामा उत्पादन भएको चामलले पुगिरहेको छैन । धान उत्पादन घटेसँगै चामल पनि अपुग भइरहेको छ ।” प्रतिव्यक्तिले प्रतिदिन दुई सय ग्राम खायो भने एक हजार सात सय ७० मेट्रिक टन बचत हुने तथ्याङ्कले देखाएको छ ।

धान उत्पादनमा आत्मनिर्भर हुनसके जिल्लामा चामल बढी हुने देखिएको छ । यसका लागि कार्यालयले चैतेधान प्रवर्द्धन कार्यक्रमलाई अगाडि बढाएको छ । हाल एक हजार आठ सय ९० हेक्टरमात्रै चैते धानखेती भइरहेकामा त्यसलाई दुई हजार चार सय हेक्टरमा विस्तार गर्ने लक्ष्य छ ।

“त्यसो हुँदा चैते धान उत्पादन वृद्धि भई चामलमा आत्मनिर्भर बन्न सकिन्छ । त्यतिबेला ६० मेट्रिक टन चामल बढी उत्पादन हुन्छ”, बागबानी विकास अधिकृत धितालले भने ।

वर्षे धान बिक्री नभएकाले धानखेतीतर्फ कृषकको आकर्षण घटेको छ । पछिल्लो एक दशकयता जिल्लामा वर्षे, चैते र घैय्या धान उत्पादन घट्दो अवस्थामा छ ।

विसं २०६० मा ३५ हजार सात सय ८६ मेट्रिक टन वर्षे धान उत्पादन भएकामा विसं २०७९ मा ३३ हजार दुई सय ८० मेट्रिक टन धान उत्पादन भएको छ ।

त्यतिबेला १२ हजार तीन सय ४० हेक्टर क्षेत्रफलमा वर्षे धानखेती हुने गरेकामा अहिले घटेर आठ हजार तीन सय २० हेक्टर क्षेत्रफलमा धानखेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यस अवधिमा वर्षे धानखेती गर्ने क्षेत्रफल चार हजार २० हेक्टर क्षेत्रफल घटेको छ भने दुई हजार पाँच सय छ मेट्रिक टन धान उत्पादनमा कमी आएको छ । विसं २०६० सालमा ११ हजार सात सय ८० मेट्रिक टन चैते धान उत्पादन भएकामा विसं २०७९ मा सात हजार नौ सय ३८ मेट्रिक टन चैत धान उत्पादन भएको छ ।

त्यतिबेला तीन हजार आठ सय हेक्टर क्षेत्रफलमा चैते धानखेती हुने गरेकामा अहिले घटेर एक हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा मात्रै हुने गरेको छ । यस अवधिमा चैते धानखेती गर्ने क्षेत्रफल एक हजार नौ सय १० हेक्टर क्षेत्रफल घटेको छ भने तीन हजार आठ सय ४२ मेट्रिक टन धान उत्पादनमा कमी आएको छ ।

विसं २०६० मा आठ हजार एक सय ९४ मेट्रिक टन धान उत्पादन भएकामा विसं २०७९ मा २५ मेट्रिक टनमात्रै धान उत्पादन भएको छ । त्यतिबेला तीन हजार नौ सय दुई हेक्टर क्षेत्रफलमा घैय्या धानखेती हुने गरेकामा अहिले १० हेक्टर क्षेत्रफलमा मात्रै उक्त खेती भइरहेको छ ।

यस अवधिमा घैय्या धानखेती गर्ने क्षेत्रफल तीन हजार आठ सय ९२ हेक्टरले घटेको छ भने आठ हजार एक सय ६९ मेट्रिक टन कमी आएको छ । कार्यालयले चैते धानलाई विशेष जोड दिएर कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

चैते धानतर्फ कृषकको आकर्षण बढाउन चालु आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ छ । यसका लागि कार्यालयले हाइब्रिड बीउ, हाते ट्रयाक्टर, धान उत्पादनमा प्रोत्साहन वितरणलगायतका कार्यक्रम ल्याएको छ ।

गत आव २०७९/८० मा कार्यालय चैते धान प्रवर्द्धनका लागि रु ५० लाख बजेट विनियोजन गरेको थियो । चालु आव २०८०/८१ मा त्यसलाई बढाएर रु एक करोड ५० लाख पुर्याइएको छ । गत आवमा चैते धान प्रवर्द्धन कार्यक्रममार्फत १० वटा समूहलाई दुई हजार पाँच सय केजी हाइब्रिड बीउ वितरण गरिएको थियो ।

त्यसका लागि रु ४३ लाख ५९ हजार खर्च भएको थियो । त्यस्तै १६ हजार १२ केजी उन्नत बीउ, २५ वटा हाते ट्रयाक्टर, ३४ वटा मिलका साथै धान उत्पादनमा रु छ लाख प्रोत्साहन रकम उपलब्ध गराइएको थियो ।

चालु आवमा चैते धानको बीउ प्रतिस्थापन, उन्नत र हाइब्रिड बीउ प्रयोगमा जोड, मेसिनरी प्रयोग, चैते धान सुकाउने मेसिन, धान काट्ने मेसिन वितरण, कुलो निर्माण र मर्मत, चामल मिलको स्तरोन्नति र चैते धानको बजारीकरणमा सहयोग गरिने ज्ञान केन्द्रले जनाएको छ ।

Previous Post

सराय नाचको संरक्षणमा गुल्मेली युवा

Next Post

गाजाको व्यथाः एउटा रोटी बाँडेर खान्छन्, भोक मेटाउनु दूषित पानी पिउँछन्

सम्बन्धित खबर

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आर्थिक

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

१६ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आर्थिक

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश
खेलमैदान

फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

१६ असार २०८३,
सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प
फिचर-ब्यानर

सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

१६ असार २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
समाचार

आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम

१६ असार २०८३,
बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट
फिचर-ब्यानर

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
Load More
Next Post
गाजाको व्यथाः एउटा रोटी बाँडेर खान्छन्, भोक मेटाउनु दूषित पानी पिउँछन्

गाजाको व्यथाः एउटा रोटी बाँडेर खान्छन्, भोक मेटाउनु दूषित पानी पिउँछन्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In