• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्रमा जोडिँदै कृषक

by
११ कार्तिक २०८०,
0
सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्रमा जोडिँदै कृषक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२२ स्थित ठूलढुङ्गामा पछिल्लो एक दशकयता स्थानीयवासी व्यावसायिक कृषिमा लागेका छन्।

उब्जाउयोग्य जमिनका साथै उत्पादित सामानको सहज बजारीकरणले उनीहरू व्यावसायिक कृषिमा उन्मुख भएका हुन्।

कृषिप्रति स्थानीयवासीको बढ्दो आकर्षणसँगै पोखरा महानगरपालिकाले पनि यहाँको कृषि विकासलाई प्राथमिकतामा राखेको छ।

महानगरपालिकाले यहाँका कृषकको व्यावसायिकतामा सहयोग पुुर्याउने गरी सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्र सञ्चालनमा ल्याइसकेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए।

ुकिसानलाई व्यावसायिक कृषिप्रति आकर्षित गर्दै छरिएका कृषिजन्य उत्पादन सङ्कलन गरी त्यसको बजारीकरणमा सहयोग पुर्याउने लक्ष्यका साथ हामीले सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्र सञ्चालनमा ल्याएका हौँु, उनले भने, ुमहानगरपालिकाको सहयोगमा रु चार लाख ७५ हजारको लागतमा भवन निर्माण गरी केन्द्र सञ्चालनमा ल्याइएको छ।ु

महानगरपालिकाले उत्पादित वस्तुको बजारीकरणका लागि चिस्यान उपकरण जडानसहितको कृषि एम्बुलेन्स पनि सञ्चालनमा ल्याएको बताउँदै प्रमुख कडरियाले यसबाट स्थानीय उत्पादन प्रवद्र्धन गर्दै त्यसलाई सहजरुपमा उपभोक्तासम्म पुर्याउन सकिने विश्वास व्यक्त गरे।

ुकेन्द्रमार्फत सङ्कलित कृषिउपजलाई कृषि एम्बुलेन्समा राखेर बजारमा पु¥याउँदा त्यसले उत्पादनको पहिचान कायम गर्दै उपभोक्तालाई गुणस्तरीयताको प्रत्याभूति गराउँछु, उनले भने।

विगत ११ वर्षदेखि ठूलढुङ्गामा व्यावसायिक तरकारी खेती गर्दै आएका विष्णुुप्रसाद पौडेलले तरकारी खेतीबाटै सबै खर्च कटाएर वार्षिक रु छ लाखसम्म बचत गर्दै आएका छन्।

उनका फार्ममा मौसमी तथा बेमौसमी सबै किसिमका तरकारी उत्पादन हुने गरेको छ। राजमार्ग क्षेत्र भएका कारण उत्पादित समानको बजारीकरणमा समस्या नभएको बताउँदै पौडेलले महानगरपालिकाले सञ्चालनमा ल्याएको राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्रले आफूहरूको उत्पादनको सहज बजारीकरणमा थप सहयोग पुुग्ने विश्वास व्यक्त गरे।

ुयस केन्द्रसँग यहाँका १६ कृषक समेटिएका छन्ु, केन्द्रका अध्यक्षसमेत रहेका पौडेलले भने, ुकेन्द्रको दायरालाई फराकिलो बनाउँदै उपल्लो खाल्सेलाई पनि जोड्ने हाम्रो लक्ष्य छ।ु यहाँको उपल्लो खाल्सेमा ठूलो सङ्ख्यामा स्थानीयवासी व्यावसायिक कृषिमा लागेका छन्।

उनले ठूलढुङ्गाको १२ रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आएको छ। पौडेलको फार्मबाट प्रत्येक महिना १०÷१५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

अर्का कृषक कुुमार खड्काले आफ्नो फार्ममा काँक्रो, घिरौँला, लौका, सिमी, बोडी, काउली, ब्रोकाउली, टमाटर आदि लगाउँदै आएका छन्। उनले सबै खर्च कटाएर वार्षिक रु पाँच लाखसम्म बचत गर्दै आएका छन्।

सुरुमा सिमी खेतीबाट व्यावसायिक कृषि थालेको बताउँदै खड्काले पछिल्ला समयमा मौसमी तथा बेमौसमी सबै किसिमका खेती गर्दै आएको जानकारी दिए।

अर्का कृषक भीमप्रसाद पौडेल करिब साढे पाँच रोपनी जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। केन्द्रका उपाध्यक्षसमेत रहेका उनले तरकारी खेतीका साथै कुखुरापालन, बाख्रापालन पनि गर्दै आएका छन्। तरकारीसहित कुखुरा तथा बाख्रा पालनबाट पौडेलले वार्षिक रु पाँच–छ लाखसम्म बचत गर्दै आएको सुनाए।

ठूलढुङ्गामा नै दुुईवटा टनेलमा व्यावसायिक तरकारी खेती गर्दै आउनुुभएकी मनकुुमारी गुुरुङ यस क्षेत्रमा पानीको समस्या रहेको गुनासो गरे। बत्ती र पानीको उचित प्रबन्धसँगै बाँदरको व्यवस्थापन हुनसके उत्पादनमा समस्या नरहेको उनको भनाइ थियोे।

उक्त केन्द्र सञ्चालनले आफूूहरूका उत्पादनले सहजरुपमा बजार पाएपनि पानी, बत्तीजस्ता आधारभूत आवश्यकतामा राज्यका तर्फबाट सहयोग आवश्यक भएको गुरुङले उल्लेख गरे। ठूलढुङ्गा क्षेत्रमा मात्रै ४० वटा टनेलमा तरकारीजन्य उत्पादन भइरहेको छ।

पोखरा महानगरपालिका–२२ अन्तर्गत सिद्धार्थ राजमार्ग आसपास क्षेत्रमा पछिल्लो समयमा व्यावसायिक कृषिप्रति आकर्षण बढिरहेको वडा कृषि सञ्जालका अध्यक्ष देवीलाल बरालले बताए।

ुवडाभित्र एक सय ५० भन्दा बढी सङ्ख्यामा कृषक व्यावसायिक कृषिमा लागेका छन्ु, उनले भने, ुयहाँ १५ भन्दा बढी समूहगतरुपमा कृषक आबद्ध छन्।ु

कृषिप्रतिको व्यावसायिक आकर्षणलाई लक्ष्य गरी राज्यका तर्फबाट निरन्तर साथ र सहयोग आवश्यक भएको अध्यक्ष बरालले बताए।

पोखरा महानगरपालिकाले उत्पादित कृषिजन्य वस्तुको सहज बजारीकरणसँगै उनीहरूलाई यसतर्फ प्रोत्साहित गर्न विभिन्न ३५ वटा कृषिजन्य वस्तुको न्युनतम समर्थन मूल्य समेत तोकिसकेको महाशाखा प्रमुख कडरियाले बताए।

उनका अनुसार महानगरभित्रका विभिन्न स्थानमा उत्पादित कृषिजन्य वस्तुका लागि २५ वटा सङ्कलन तथा बिक्री केन्द्रसमेत सञ्चालनमा आइसकेका छन्। वासुदेव पौडेल

Previous Post

फलफूल र आलुबाली विकास आयोजना

Next Post

करनजीत कौरः द अनटोल्ड स्टोरी अफ सनी लियोन

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
करनजीत कौरः द अनटोल्ड स्टोरी अफ सनी लियोन

करनजीत कौरः द अनटोल्ड स्टोरी अफ सनी लियोन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In