• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

    ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

    भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर

    जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

    दसैँको मुख्य दिन: विजयादशमी पर्व मनाइँदै

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    दसैमा आर्सीवाद दिँदा भनिने मन्त्रको अर्थ थाहा छ ?

    बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

    बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उपल्लो मुुस्ताङका बासिन्दालाई चीन जान अनुुमतिपत्र

by
२५ अशोज २०८०,
0
उपल्लो मुुस्ताङका बासिन्दालाई चीन जान अनुुमतिपत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मुुस्ताङका नेपाल–चीन सीमा क्षेत्रका दुई गाउँपालिकाका बासिन्दाका लागि प्रस्थान प्रवेश अनुुमतिपत्र वितरण गर्न थालिएको छ । चीनको सिमानामा रहेका लोमान्थाङ र लोघेकर दामोदरकुुण्ड गाउँपालिकाका बासिन्दालाई चीन प्रस्थान प्रवेश अनुुमतिपत्र वितरण गर्न सुुरु गरिएको जिल्ला प्रशासन कार्यालय मुुस्ताङले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले स्थानीय तहको सिफारिसका आधारमा इलाका प्रशासन कार्यालय लोमान्थाङमा खटिएका प्रशासनका कर्मचारीले चीन प्रस्थान प्रवेश अनुुमतिपत्रको आवेदन सङ्कलन गरेको जानकारी दिए । “मङ्गलबारदेखि आवेदन सङ्कलन भइरहेको छ”, उनले भने, “इलाका र जिल्ला प्रशासन कार्यालयमा अधिकृतस्तरका अन्य कर्मचारी नभएकाले म आफै लोमान्थाङ पुुगेर अनुुमतिपत्रमा हस्ताक्षरण गर्ने तयारीमा छुु ।”

प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ व्यापारिक नाका खुुलाउन तयार रहेको जनाएको थियो । कोरला नाका सञ्चालनको तयारी भएसँगै सीमा क्षेत्रका बासिन्दालाई प्रवेश अनुमतिपत्र वितरण गर्ने प्रक्रिया अघि बढाइएको हो । प्रवेशपास भएका नागरिक जुुनसुुकै समयमा पनि चीन जाने र आउने सुविधा पाउनेछन् । बोर्डर पास वितरणका लागि तीन कर्मचारीलाई सोमबार इलाका प्रशासन कार्यालय लोमान्थाङ पठाइएको थियो ।

“नाका खोल्ने निर्णय भए पनि मिति तय भइसकेको छैन”, प्रजिअ पन्तले भने, “चिनियाँ सुुरक्षा अधिकारीसँग बैठक र गृह मन्त्रालयसँग समन्वय गरेर जति सक्दो छिटो नाका सञ्चालन गर्ने तयारीमा छौँ” कोरोना महामारी सुरु भएपछि कोरला नाकामा हरेक वर्षको दुुई पटक सञ्चालन हुदै आएको अन्तरदेशीय व्यापार मेला विसं २०७६ देखि भएको थिएन । दसैँ अघि नै व्यापार मेला आयोजना गर्ने मुुस्ताङका सुुरक्षा अधिकारी र जनप्रतिनिधिले पहल गरेका छन् ।

यही असोज ३ गते चिनियाँ दूतावासले पठाएको कूटनीतिक नोट गृह मन्त्रालयले मुस्ताङ प्रशासनलाई पठाएर नाका खोल्ने तयारी गर्न भनेको छ । प्रमुख जिल्ला अधिकारी पन्तले केही दिनमा नेपाल र चीनका अधिकारीबीच बैठक बस्ने तयारी भएको बताए ।

सन् १९६० को दशकमा चीनमा तिब्बत् गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमिको प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण विसं २०३२ देखि कोरला नाका आवतजावतमा कडाइ गरिएको थियो । विसं २०५८ सम्म रोकटोक नरहेको सीमा २०५९ देखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको छ ।

नाका सञ्चालन भएपछि मुुस्ताङका बासिन्दालाई दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्न पाउने अपेक्षा गरेका छन् । यसैगरी पश्मिना, जडीबुटी निकासी गर्न सकिने लोमान्थाङ गाउँपालिकाका–५ का वडाध्यक्ष ढुुढुुके विष्टले बताए ।

Previous Post

व्यावसायिक तालिमले विपन्न महिलालाई बनायो आत्मनिर्भर

Next Post

रुकुमपूर्वमा खाद्य कम्पनीका चार वटा डिपो स्थापना हुँदै

सम्बन्धित खबर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड
आवाज

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

५ कार्तिक २०८३,
भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
जीवन शैली

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

५ कार्तिक २०८३,
आवाज

दसैँको मुख्य दिन: विजयादशमी पर्व मनाइँदै

५ कार्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

दसैमा आर्सीवाद दिँदा भनिने मन्त्रको अर्थ थाहा छ ?

५ कार्तिक २०८३,
बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति
आर्थिक

बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

४ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

४ कार्तिक २०८३,
Load More
Next Post
रुकुमपूर्वमा खाद्य कम्पनीका चार वटा डिपो स्थापना हुँदै

रुकुमपूर्वमा खाद्य कम्पनीका चार वटा डिपो स्थापना हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In