• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    गण्डकी प्रदेशसभाः बजेटबारे मन्त्रीहरुद्वारा जवाफ प्रस्तुत

    लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

व्यावसायिक तालिमले विपन्न महिलालाई बनायो आत्मनिर्भर

by
२५ अशोज २०८०,
0
व्यावसायिक तालिमले विपन्न महिलालाई बनायो आत्मनिर्भर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गोरखा । गोरखाको गण्डकी गाउँपालिका–२ फुलडाँडाकी सुमना सिर्मलको दैनिकी आजभोली धेरैजसो कुखुराको स्याहारसुसार र दानापानीमा बित्छ । कक्षा ५ सम्म मात्र पढेकी उनले घरसँगै जोडिएको सानो टहरामा बनाएको कुखुरा फार्ममा बोइलर जातको कुखुरा पाल्न थालेपछि दैनिकी फेरिएको हो ।

थोरै जग्गा जमिन र त्यसबाट हुने उब्जनीले तीन जनाको परिवार पुग्न धौधौ हुने भएपछि सिर्मलकी श्रीमान् वैदेशिक रोजगारीमा गए । घरमा आफू पनि केही न केही आर्थिक आयआर्जनमा जोडिनु पर्छ भन्ने ठानेर व्यावसायिक कुखुरापालन तालिम लिएर उनले सानो खोर बनाएर कुखुरापालन सुरु गरिन् । अहिले त्यहीँ तालिमले उनलाई स्वरोजगार बनाएको छ ।

‘तालिम लिएपछि थोरै भए पनि आम्दानी हुन्छ भनेर सुरुसुरुमा खोरमा १०-१५ वटामात्र बोइलर कुखुराको चल्ला हालेर व्यवसाय सुरु गरेँ’, उनले भने, ‘यसबाट मासिक रु दुईचार हजार आम्दानी हुन थालेपछि अहिले घरमै बसेर पनि आम्दानी गर्न सकिँदोरहेछ भन्ने लागेर व्यावसायिक रुपमा कुखुरापालन गरिरहेको छ, यसले राम्रो आम्दानी दिएको छ ।’

व्यावसायिक रुपमा कुखुरापालन तालिम लिएर कुखुरा पाल्न थालेपछि घरमै बसेर पनि वार्षिकरुपमा करिब रु एक लाख ८० हजारसम्म आम्दानी गर्ने गरेको सिर्मलले बताइन् । ‘अहिले ७० वटा जति कुखुरा हालेको छु’, उनले भनिन्, ‘४५ दिन जतिमा बेच्न हुन्छ त्यसले दैनिक घरखर्च चलाउन मलाई श्रीमानले विदेशबाट पैसा पठाउनु परेको छैन ।’

विपन्न तथा सीमान्तकृत महिलाका आयआर्जन वृद्धिका लागि गण्डकी गाउँपालकाको समन्वय, युएसएआइडीको आर्थिक सहायोग र नेपाल महिला दलित उत्थान संघ ९एडवान० को आयोजनामा सञ्चालित तालिम लिएपछि व्यावसायिक कुखुरापालन गरेर आफैले कमाएर घरखर्च चलाउन सक्नुपर्छ भन्ने लागेर कुखुरा पालन सुरु गरेको उनको भनाइ छ ।

‘तालिम लिएपछि सानो भए पनि केही न केही आर्थिक आयआर्जन हुने व्यवसाय गनुपर्दो रहेछ भन्ने लाग्यो’, सिर्मलले भनिन्, ‘सानोबाट सुरु गरेर विस्तारै बढाउँदै लैजान सकिन्छ भनेर १५-२० वटाबाट सुरु गरेर अहिले ७० वटासम्म पाल्ने गरेको छु ।’
व्यवसाय सुरु गरेसँगै दैनिकरुपमा घरखर्च टार्न पैसाको अभाव नभएको सिर्मलको भनाइ छ । ‘कुखुरा नपाल्दा पैसाको अभाव हुन्थ्यो, कुखुरा पालेदेखि आफूलाई खर्च गर्ने अनि बच्चा पढाउन धेरै सजिलो भएको छ’, उनले भनिन्, ‘एक–दुई वटा बीचबीचमा बिक्री भइरहने हुँदा समस्या छैन ।’

सुरु सुरुमा डोकोमा बोकेर होटल, पसल र गाउँगाउँमा कुखुरा बेच्नु परेको दुःख सुनाउने उनले अहिले भने बिक्रीका लागि कठिनाइ नभएको बताइन् । ‘अहिले त नम्बर राख्छु, होटलले समेत सम्र्पक गरेर लैजान्छ’, सिर्मलले भनिन् । व्यवसाय सुरु गरेपछि विदेशमा श्रीमानले कमाएका पैसा घर खर्चका लागि खर्च गर्नु नपरेको सिर्मलले बताइन् । सानै उमेरमा बिहे गरेकी उनले अरुको मेलापात गरेर जीविकोपार्जन गर्दै आएको भए पनि अहिले भने कुखुरा पालनबाट सन्तुष्ट छिन् ।

कुखुराको चल्ला राख्दा खोर सफा गर्ने, औषधि खुवाउने, दाना खुवाउनेलगायतका कुरा तालिममा सिकेको उनको भनाइ छ । नपढेको भए पनि सानोसानो व्यवसाय गरेर आफ्नो आर्थिक कमजोरीलाई उकास्न सक्ने भन्दै उनले गर्न चाहे घरमै बसेर पनि थोरै थोरै आम्दानी गर्न समस्या नहुने बताइन् । ‘अर्काको काम गर्दा भन्ने बित्तिकै ज्याला पाउन पनि सजिलो छैन’, सिर्मलले भनिन्, ‘विदेशमा दुःख गरिरहनु भएको श्रीमानले पनि भन्ने बित्तिकै पठाइदिनु भन्न पनि मिल्दैन, श्रीमानलाई पिर्ने कुरा पनि भएन त्यस कारणले पैसाको अभाव हुन्थ्यो, अहिले कुखुरा पाल्न थालेपछि यसैबाट आउँछ सजिलो भएको छ ।’

जङ्गलको छेउमा गुन्द्रीको ढोका हालेर जीवन गुजार्दै आएकी सिर्मलको अहिले गाउँमा चिटिक्क परेर बलियो घर छ । ‘आर्थिक अवस्था कमजोर भएकाले दुःख पनि सिकायो’, उनले भनिन्, ‘नपढे पनि अहिले आफ्नो खुट्टामा आफै उभिनसक्ने भएको छु आफैलाई खुसी लाग्छ ।’ पहिला पहिला बिहान बेलुकी छाक टार्न नै गाह्रो हुने सुमनाको परिवारमा अहिले रु दुईचार हजारका लागि कसैको धाउनु नपरेको छैन ।

Previous Post

अख्तियारमा तनहुँबाट धेरै उजुरी

Next Post

उपल्लो मुुस्ताङका बासिन्दालाई चीन जान अनुुमतिपत्र

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१४ असार २०८३,
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
आवाज

गण्डकी प्रदेशसभाः बजेटबारे मन्त्रीहरुद्वारा जवाफ प्रस्तुत

१४ असार २०८३,
लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

१४ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
Load More
Next Post
उपल्लो मुुस्ताङका बासिन्दालाई चीन जान अनुुमतिपत्र

उपल्लो मुुस्ताङका बासिन्दालाई चीन जान अनुुमतिपत्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In