• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

    एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

    धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

    धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

    प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

    प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

    एकैसाथ डेङ्गी र सापुको जोखिम, कसरी जोगिने ?

    चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

    स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मध्यवर्तीक्षेत्रका बासिन्दालाई सधै वन्यजन्तुकै त्रास

by
२४ कार्तिक २०७९,
0
मध्यवर्तीक्षेत्रका बासिन्दालाई सधै वन्यजन्तुकै त्रास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बाँके निकुञ्ज मध्यवर्तीक्षेत्रमा बसोबास गर्दै आएका स्थानीयवासीले वन्यजन्तु समस्या समाधान गरिदिन अनुरोध गरेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा निर्वाचन क्षेत्र नं १ को मध्यवर्तीक्षेत्रमा मत माग्न पुगेका उम्मेदवारलाई स्थानीयवासीले वन्यजन्तु समस्याका कारण आफूहरुको जीउधन र खेतीबाली जोखिममा परेको गुनासो गरेका छन् ।

राप्ती सोनारी गाउँपालिका–८ बालापुरका बासिन्दा वसन्त वलीले वन्यजन्तुका कारण खेतीबाली राम्ररी स्याहार्न नपाएको गुनासो गरे । उनले वन्यजन्तु समस्या समाधान गर्न निकुञ्ज क्षेत्रमा तारबार लगाइदिन माग गरे ।

राप्ती सोनारी– १ कुसुमका स्थानीय शिक्षक भुवन खुनाले निर्वाचनका बेला नेताले आश्वासन दिए पनि जनताको काम नभएको गुनासो गरे । “यसअघिका निर्वाचनमा पनि भोट माग्न आउनेले विभिन्न आश्वासन दिएका थिए तर पाँच वर्षमा पनि कार्यान्वयन भएन”, उनले भने । निर्वाचन प्रचारका क्रममा गाउँ टोलमा आउने बाँके क्षेत्र नं -१ बाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवार सबैसँग वन्यजन्तु समस्या समाधानका लागि वडा नं ९ का वडावासीले सामूहिक प्रतिबद्धता गरेको वडाध्यक्ष सोहनलाल थारुले बताए ।

“हाम्रो यो क्षेत्रबाट सङ्घ र प्रदेशमा गरी ११ जना उम्मेदवार रहनुभएको छ, सबैसँग वन्यजन्तु समस्या समाधानको लागि हामीले लिखित प्रतिबद्धता गरेका छौँ”, वडाध्यक्ष थारुले रासससँग भने “जसले जिते पनि वन्यजन्तु समस्या समाधान गराउन वडावासी एकजुट भएका छौँ ।” बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित राप्ती सोनारीको वडा नं ९ का गाउँबस्ती वन्यजन्तुबाट अतिप्रभावित छन् । वडा नं ९ को महादेवा, बुचापुर उडयन, पश्चिम–पूर्वा, हात्तीसारखैरी, खैरी गुरुवागाउँ, कौवाकाँडा, ढकेरीलगायतका टोल वन्यजन्तुबाट अतिप्रभावित रहेको वडाध्यक्ष थारुको भनाइ छ ।

राप्ती सोनारीको वडा नं १ का लौकी, वर्दापुर, चप्परगौडी, बाघखोर, बाँदरभरिया, ओजखोला, बाँसखोली, कुसुम, रानीगजेरी, वैरिया, सौरी, जरुवा, गाभर र सिक्टा गाउँ वन्यजन्तुबाट अतिप्रभावित रहेका छन् । वन्यजन्तु समस्या प्रमुख समस्याका रुपमा रहेको वडाध्यक्ष यमबहादुर खड्काले बताए ।

वडा नं ८ को ओभरी र बालापुरका गाउँबस्ती वन्यजन्तुबाट अतिप्रभावित भएकाले निर्वाचन प्रचारमा आउने उम्मेदवारसँग समस्या समाधानका लागि पहल गरिदिन मतदाताले आग्रह गर्ने गरेको वडा नं ८ का अध्यक्ष शालिकराम डाँगीले बताए । बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा कोहलपुर नगरपालिका–१२ र १३ का गाउँबस्ती रहेका छन् । भोट माग्दै हिँड्ने उम्मेदवारलाई निकुञ्जको मध्यवर्ती क्षेत्रका मतदाताले भने वन्यजन्तुका समस्या समाधान गरिदिन अनुरोध गरेका छन् ।

बाँके क्षेत्र नं १ मा नेकपा ९एमाले०का तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य ढकालले निकुञ्जबाट निस्कने जनावरले प्रत्येक वर्ष धनजनको क्षति गर्ने गरेको भन्दै त्यसको दीर्घकालीन समाधानलाई आफूले प्राथमिकतामा राखेको बताए ।

उनले आफू निर्वाचित भएपछि जनताको आवश्यकताअनुसारकै काम गर्ने आश्वासन दिए । उम्मेदवार ढकालले वन्यजन्तुबाट अतिप्रभावित निकुञ्ज वरिपरी वा मध्यवर्ती क्षेत्रमा बसोबास गरेका घरपरिवालाई एक घर रु २५ लाखको जीवन बीमा व्यवस्था गर्ने र एक गोठ रु पाँच लाख पशु बीमाको व्यवस्था गर्ने नीति बनाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बाँके क्षेत्र नं। १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका नेता युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज उम्मेदवार बनेका छन् । यसअघि २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका गहतराजले वन्यजन्तु समस्या समाधानका लागि आफूले विगतमा पनि पहल गरेको र अब पनि यो मुद्दालाई प्राथमिकतामा राखेको बताए ।

Previous Post

आइल्याण्डमा राष्ट्रपति भण्डारीलाई ‘डब्ल्युपीएल ट्रेलब्लेजर अवार्ड’ प्रदान

Next Post

काङ्ग्रेसद्वारा क्रियाशील सदस्य वाग्लेलाई कारवाही

सम्बन्धित खबर

एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
खेलमैदान

एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

२९ साउन २०८३,
धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड
आर्थिक

धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

२९ साउन २०८३,
प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा
समाचार

प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

२९ साउन २०८३,
एकैसाथ डेङ्गी र सापुको जोखिम, कसरी जोगिने ?
समाचार

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

२९ साउन २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

२९ साउन २०८३,
स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै
फिचर-ब्यानर

स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

२९ साउन २०८३,
Load More
Next Post
केन्द्रीय सदस्य कोइरालासहित ७४ जना नेता कांग्रेसबाट निष्कासित

काङ्ग्रेसद्वारा क्रियाशील सदस्य वाग्लेलाई कारवाही

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In