• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल

    आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यूके जान मागभन्दा ६ गुणा बढी नर्सको आवेदन,आवश्यक मापदण्ड पुग्ने न्यून

by
२१ अशोज २०८०,
0
यूके जान मागभन्दा ६ गुणा बढी नर्सको आवेदन,आवश्यक मापदण्ड पुग्ने न्यून

Nurse who is working her shift in a hospital

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाली नर्सहरूलाई रोजगारीका लागि यूके पठाउनका लागि माग गरिएको आवेदनमा हालसम्म आवश्यकताभन्दा ६ गुणा बढीले आवेदन दिएका छन्। तर,आवश्यक कागजात पूरा गर्नेको संख्या न्यून देखिएको अधिकारीहरूले बताएका छन्।

यद्यपि आवेदनका लागि अक्टोबर १९ सम्मको समय तोकिएकाले उनीहरूले आवश्यक पर्ने सबै कागजात पेस गर्ने समय अझै बाँकी रहेको छ। त्यस अवधिमा पहिले नै फर्म भरेका अधिकांशले आवश्यक कागजात पेस गरिसक्ने र थप अन्यले पनि आवेदन दिनसक्ने अधिकारीहरू बताउँछन्।

प्रक्रिया सुरु गरिएको एक वर्ष भइसक्दा पनि यूकेमा नर्सहरू पठाउने काम नथालिएको भन्दै आएका खबरहरूलाई भने अधिकारीहरूले खण्डन गरेका छन् र चाँडै प्रक्रिया पूरा गरेर नर्सहरू पठाइने बताएका छन्।

हालसम्म कतिले दिए आवेदन ?
वैदेशिक रोजगार विभागका प्रवक्ता कविराज उप्रेतीका अनुसार हाललाई ‘पाइलटिङ’का रूपमा नेपालबाट १०० जना नर्सहरूलाई पठाउनेगरी यूकेसँग समझदारी भएको छ।

उक्त समझदारी अनुसार यूके जान जाहने इच्छुक नर्सहरूका लागि सरकारले गत जुलाई २० मा गोरखापत्रमा सूचना जारी गर्दै आवेदन माग गरेको थियो।

आवेदन भर्नका लागि ९० दिनको समय दिइएको थियो र त्यो समय यही अक्टोबर १९ तारिखमा सकिँदैछ। उप्रेतिका अनुसार हालसम्म ६०० जना जतिले यूके जाने इच्छा देखाउँदै आवेदन भरेका छन्।

तर आवेदन गर्ने सबैले आवेदन ‘बुझाइ नसकेको’ उनले जानकारी दिए। ‘आवश्यक कागजात नपुगेकाकाहरूको ‘फर्म सब्मिट’ हुँदैन। हालसम्म ६०० जना जतिले फर्म भरे पनि २६ जनाले मात्र सब्मिट गर्नुभएको छ’ उनले भने–‘तर उहाँहरूले आवश्यक कागजात भेला गरेर समावेश गरी १९ तारिखसम्म फर्म सब्मिट गर्नुहुन्छ होला।’

आवेदन दिँदा कम्तीमा दुई वर्षको अनुभव भएको र अङ्ग्रेजी भाषा परीक्षाको प्रमाणपत्र पेस गर्नुपर्छ। कतिपयको अनुभव दुई वर्ष पुग्नका लागि केही महिना बाँकी रहेको तथा कतिपयले भाषा परीक्षा दिन बाँकी रहेकाले पनि फर्म नबुझाएको हुनसक्ने उनको भनाइ छ।

नेपाल र यूकेबीच भएको समझदारी अनुसार यूकेमा रोजगारीका लागि जाने नर्सहरूले इन्टरन्याशनल इङ्लिश ल्याङ्वेज टेस्टिङ सिस्टम ९आईईएलटीएस० मा कम्तीमा ७ अङ्क ल्याउनु पर्ने हुन्छ।

राइटिङ, स्पिकिङ, लिसनिङ र रिडिङ गरी चारखाले मापदण्डमा अङ्कहरू दिइने आईईएलटीएसमा राइटिङबाहेक सबैमा ७ अङ्क आउनुपर्ने श्रम समझदारीपछि जारी गरिएको एउटा सूचनामा उल्लेख छ।

राइटिङमा भने ६.५ मात्र ल्याए पनि नेपाली नर्स यूके जानका लागि भाषामा योग्य मानिने छन्।

आवेदनको म्याद सकिएपछि के हुन्छ ?
अधिकारीहरूका अनुसार आवेदन दिने अन्तिम म्याद सकिएपछि नेपालले ब्रिटेनको डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसिअल केअर ९डीएचएससी० मा नेपाली आवेदकहरूको विवरण पठाउनेछ।

डीएचएससीले नर्सहरूको योग्यता, क्षमता र अनुभवको मूल्याङ्कन गरेर एउटा छोटो सूची बनाउनेछ र त्यो नेपालमा पठाउनेछ।

त्यसरी आएको छोटो सूचीलाई वैदेशिक रोजगार विभागले सार्वजनिक सूचना निकालेरै जानकारी गराउने उप्रेतीले बताए। ‘त्यसपछि त्यो सूचीमा भएकाहरूको अन्तर्वार्ता हुनेछ र अन्तर्वार्ताबाट छनोट भएकाहरू जान पाउनेछन्’ उनले भने।

‘अन्तर्वार्ता लिनका लागि ब्रिटेनको डीएचएससीबाट पनि प्रतिनिधिहरू आउनेछन् र दुवै देशका प्रतिनिधि भएको टोलीले अन्तर्वार्ता लिनेछ।’

त्यसरी छनोट भएर गएका नेपाली नर्सहरूले यूकेमा तीन महिनाको एउटा तालिम लिनुपर्ने छ तर त्यस अवधिमा पनि उनीहरूले पारिश्रमिक पाउनेछन्। उक्त तालिमबाट योग्य बनेपछि मात्र नेपाली नर्सहरूले त्यहाँका स्वास्थ्य संस्थामा काम गर्न पाउने बताइएको छ।

कस्ता सुविधा उपलब्ध छन ?
नेपाल र यूकेबीच भएको श्रम समझदारीपछि जारी गरिएको जानकारी पुस्तिकामा उल्लेख भए अनुसार नेपाली नर्सहरूले पनि ब्रिटेनमा दर्ता भएपछि त्यहाँका ‘रजिस्टर्ड नर्स’ बराबरको तलब पाउनेछन्।

त्यस्तो तलब वार्षिक २७ हजार पाउन्ड (करिब साढे ४३ लाख रुपैयाँ) देखि ३२ हजार पाउन्ड ९करिब साढे ५१ लाख रुपैयाँ० सम्म पाउनसक्ने उक्त पुस्तिकामा लेखिएको छ। त्यसबाहेक उनीहरूले २७ दिनको वार्षिक र सार्वजनिक बिदाहरू पाउनेछन्।

त्यस्तै नेपाली नर्सहरू ब्रिटेनको एनएचएस पेन्सन स्कीमका लागि योग्य हुनेछन् भने आफू र आफ्ना परिवारका सदस्यका लागि स्वास्थ्य सुविधाहरू पनि पाउनेछन्।

नर्सिङ काउन्सिल र स्वास्थ्य मन्त्रालयको विमति
नेपालबाट यूकेमा नर्सहरू पठाउने कुरामा सरकारी निकायले गर्ने आन्तरिक छलफलहरूमा नेपाल नर्सिङ काउन्सिल र स्वास्थ्य मन्त्रालयले विमति राख्दै आएको श्रम मन्त्रालयका अधिकारीहरू बताउँछन्।

स्वास्थ्य मन्त्रालय र काउन्सिलका पदाधिकारीहरूले पनि त्यसलाई स्वीकारे। तर सरकारले एकतर्फ यूकेसँग समझदारी गरिसकेको र अर्कोतर्फ नेपालमै नर्सिङ जनशक्ति अभाव रहेकाले दोधारको स्थिति बनेको उनीहरूको भनाइ छ।

नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष सरला केसी अहिले नेपालमै नर्सको संख्या नपुगेकाले सरकारले विदेश पठाउन प्रोत्साहन गर्नुको साटो स्वदेशमै निजी क्षेत्रमा कार्यरतहरूका लागि पनि सरकारी सरह सुविधा दिने व्यवस्था मिलाउनु पर्ने बताउँछिन्।

‘विशुद्ध नर्स मात्र भएर सोच्दा व्यक्तिका लागि यो सुनौलो अवसर हो। तर देशको जिम्मेवार नर्स भएकाले मैले जनशक्ति बेच्ने काम ठिक होइन भन्नुपर्छ र हाम्रो विमति कायम छ।’  ‘हामीलाई देशमै पुगेको छैन। यही व्यवस्थापन गर्नुपर्नेमा विदेश जान प्रोत्साहन गर्नु ठिक होइन।’
सो सामग्री बीबीसीबाट साभार गरिएको हो।

Previous Post

डेंगु नियन्त्रणमा प्रदेश र संघीय सरकारको ध्यान गएनः स्वर्णिम वाग्ले

Next Post

आणविक पानी छोडेसँगै जापानी सामुन्द्रिक खाधन्न आयातमा प्रतिबन्ध

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१३ भदौ २०८३,
वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
आवाज

आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

१२ भदौ २०८३,
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
जीवन शैली

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

१२ भदौ २०८३,
बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो
अन्तर्राष्ट्रिय

बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

१२ भदौ २०८३,
पलाञ्चोक भगवतीमा क्षमा पूजा
जीवन शैली

पलाञ्चोक भगवतीमा क्षमा पूजा

१२ भदौ २०८३,
सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी
आर्थिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

१२ भदौ २०८३,
Load More
Next Post
आणविक पानी छोडेसँगै जापानी सामुन्द्रिक खाधन्न आयातमा प्रतिबन्ध

आणविक पानी छोडेसँगै जापानी सामुन्द्रिक खाधन्न आयातमा प्रतिबन्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In