• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला

    भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

    आलेख : हराउँदै सुकुल भोज

    आलेख : हराउँदै सुकुल भोज

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    एआईको बढ्दो जोखिमले अमेरिकी सेयर बजारमा तरङ्ग

    नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

    नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

    मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

    मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

    भोटेकोशी बाढी : १३ सय ९५ शव फेला, पाँच हजार अझै बेपत्ता

    भोटेकोशी बाढी : १३ सय ९५ शव फेला, पाँच हजार अझै बेपत्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला

    भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

    आलेख : हराउँदै सुकुल भोज

    आलेख : हराउँदै सुकुल भोज

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    एआईको बढ्दो जोखिमले अमेरिकी सेयर बजारमा तरङ्ग

    नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

    नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

    मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

    मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

    भोटेकोशी बाढी : १३ सय ९५ शव फेला, पाँच हजार अझै बेपत्ता

    भोटेकोशी बाढी : १३ सय ९५ शव फेला, पाँच हजार अझै बेपत्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

धुलिखेल–खावा सडक विस्तारः १६ महिनामा १२ प्रतिशतमात्रै काम

by
२१ अशोज २०८०,
0
धुलिखेल–खावा सडक विस्तारः १६ महिनामा १२ प्रतिशतमात्रै काम

;8s lj:tf/ ;'? sfe|]knf~rf]s, !^ kmfu'g M c/lgsf] /fhdfu{ eStk'/sf] ;"o{ljgfosb]lv w'lnv]n;Ddsf] ;8s rf/ n]gdf lj:tf/ of]hgf klxnf] r/0fdf sfe|]knf~rf]ssf] ;fFuf–w'lnv]n ;8sv08cGtu{t ;fFufl:yt ;8ssf] afofFtkm{ xf]rf] :yfgdf ;f]daf/b]lv jfn nufpg] sfo{ ub}{ dhb'/ . pSt ;8sv08 tLg jif{df ;Sg] u/L eStk'/sf] ;"o{ljgfos–;fFuf / ;fFuf–w'lnv]nsf] ;8sv08 lj:tf/ ug{ 5'§f5'§} b'O{ r/0fdf ;Demf}tf ePsf] lyof] . tl:a/ M /fhs'df/ k/fh'nL÷/f;;

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारको काम सुस्ताएको छ । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्तिको काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो ।

आउँदो चैत १९ गतेभित्र निर्माण सक्नुपर्ने उक्त सडकखण्डका विस्तार एवं स्तरोन्नतिका लागि व्यवसायीसँग रु २० करोड १९ लाखमा सम्झौता गरिएको थियो । निर्माण सुरु भएको १६ महिना बितिसक्दा १२ प्रतिशतमात्रै काम भएको जनाइएको छ ।

उक्त सडकखण्ड स्तरोन्नति तथा विस्तार गर्न डिभिजन कार्यालयले गौरी–पार्वती निर्माण सेवा प्रालिबीच सम्झौता गरेको थियो । कार्यालयका सिनियर डिभिजन नारायणप्रसाद लामिछानेका अनुसार उक्त सडकखण्डको ठेक्का लिएको निर्माण व्यवसायीले काममा ढिलाइ गरेका हुन् ।

सम्झौताअनुसार समयावधिको ७२ प्रतिशत समय सकिएको छ । तर काम भने १० प्रतिशतमात्रै हुनु ठेकेदार कम्पनीको लापरवाही भएको सरोकारवालाले बताएका छन् ।

डिभिजन कार्यालयले निर्माण व्यवसायीले सुरुआती चरणदेखि नै काममा ढिलाइ गरेपछि कार्यालयले पटक–पटक पत्र काटेर ढिलाइ हुनुको कारण सोधेको लामिछानेले बताए । उहाँका अनुसार निर्माण व्यवसायीले कुनै पनि पत्रको जवाफ पठाउने गरेका छैनन् ।

पत्रको बेवास्ता गरेपछि कार्यालयले पुनः पटक–पटक सार्वजनिक सूचना जारी गर्दै गैरजिम्मेवारीपन देखाएको जनाउँदै समयसीमा दिएर लिखित स्पष्टीकरण पेश गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै आएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले निर्माण व्यवसायी तथा सरोकारवाला निकायसँग पनि पटक–पटक छलफल गरेको थियो । ती सर्वपक्षीय बैठकमा सडक निर्माण तथा मर्मतसम्भारको काम यथाशीघ्र सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै आए पनि एक वर्षदेखि कामलाई तीव्रता दिइएको छैन । सरोकारवालाले निर्माण व्यवसायीले उक्त सडकखण्डबाट अनधिकृतरूपमा माटो र ढुङ्गा निकालेर अन्यत्र बिक्री गरेको आरोपसमेत लगाउँदै आएका छन् ।

घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे भएर यात्रुले सास्ती खेप्नुपरेको छ । अझ दुई पाङ्ग्रे सवारीसाधनमा यात्रा गर्नेलाई निकै कठिन हुने गर्दछ । पुनःनिर्माणका लागि सडक भत्काएपछि खाल्डाखुल्डीका कारण १६ महिनाको अवधिमा एक सयभन्दा बढी दुर्घटनामा यात्रु घाइते भएका छन् ।

दसैँमा सवारी आवतजावतका लागि निकै कठिनाइ हुने छ । “समयमा काम नगरी यात्रुलाई सास्ती दिने ठेकेदारलाई हदैसम्मको कारबाही गर्नुपर्छ”, पाँचखाल नगरपालिका–४ का राजन कार्कीले भने । उनका अनुसार समयावधिको बाँकी छ महिनामा सडक निर्माणको काम सम्पन्न गर्न सक्दैनन् ।

सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने कार्यालयले जनायो । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि उक्त सडकखण्ड विस्तार गर्न लागिएको हो ।

निर्माण व्यवसायीले भने सडक विस्तार गर्नका लागि केही रुख काट्नुपर्ने र सडकमा पर्ने विद्युत्का पोल स्थानान्तरण गर्नुपर्ने कारण देखाउँदै काममा ढिलाइ गरेका छन् । उक्त सडकखण्ड विस्तार गर्न आठ सय ४२ वटा रुख काट्नुपर्ने बताइएको छ । करिब एक सय विद्युत्का पोल सार्नुपर्ने देखिएको हो ।

केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको हो । काभ्रेपलाञ्चोकको पूर्वी–उत्तरी क्षेत्र अर्थात् उत्तरीनाका तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ ।

यस्तै सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ । महिनाअघि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भएपछि उक्त राजमार्गका सवारी चाप बढ्न थालेको छ । हाल कोटेश्वरबाट अरनिको राजमार्ग हुँदै लामा दूरीका सवारीमात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेका छन् ।

Previous Post

कोरियन एयरको उडान नरोकिने

Next Post

लागूऔषधसहित एक जना पक्राउ

सम्बन्धित खबर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला
अन्तर्राष्ट्रिय

भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

३० भदौ २०८३,
आलेख : हराउँदै सुकुल भोज
आवाज

आलेख : हराउँदै सुकुल भोज

३० भदौ २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
अन्तर्राष्ट्रिय

एआईको बढ्दो जोखिमले अमेरिकी सेयर बजारमा तरङ्ग

३० भदौ २०८३,
नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना
अन्तर्राष्ट्रिय

नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

३० भदौ २०८३,
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन
आवाज

मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

३० भदौ २०८३,
भोटेकोशी बाढी : १३ सय ९५ शव फेला, पाँच हजार अझै बेपत्ता
फिचर-ब्यानर

भोटेकोशी बाढी : १३ सय ९५ शव फेला, पाँच हजार अझै बेपत्ता

३० भदौ २०८३,
Load More
Next Post
३५ किलो चरेससहित ४ जना थाई नागरिक विमानस्थलबाट पक्राउ

लागूऔषधसहित एक जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In