• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हिमनदीले ज्वालामुखी कहिले विस्फोट हुन्छ भन्ने संकेत दिन्छः अध्ययन

by
१८ अशोज २०८०,
0
हिमनदीले ज्वालामुखी कहिले विस्फोट हुन्छ भन्ने संकेत दिन्छः अध्ययन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। विश्वव्यापी रूपमा, हरेक हप्ता लगभग एउटा ज्वालामुखी विस्फोट भइरहेको छ। ज्वालामुखी विष्फोटका कारण हरेक वर्ष औसतमा ५०० जनाको मृत्यु हुने गरेको छ भने विश्व अर्थतन्त्रमा करिब सात अर्ब अमेरिकी डलरको नोक्सानी हुने गरेको छ।

विश्वभर बसोबास गर्ने २० मध्ये एक जना ज्वालामुखी गतिविधिको जोखिममा रहेकाले ज्वालामुखीको अनुगमनमा सुधार गर्ने हरेक प्रयास महत्त्वपूर्ण छ।

विशेषगरी ग्लेसियरले ढाकिएको ज्वालामुखी, जुन पृथ्वीमा भएका सबै ज्वालामुखीहरूको लगभग १८ प्रतिशत छन्, यिनीहरू विस्फोट हुँदा सबै प्राकृतिक प्रकोपभन्दा घातक हुन सक्छ।

कोलम्बियाको नेभाडो डेल रुइज ज्वालामुखीले १९८५ मा लगभग २५ हजार मानिसहरूको ज्यान लिएको थियो, जब यसको विस्फोटले ग्लेशियरको बरफ लगभग तुरुन्तै पग्लिदा पानी र विस्फोटक पदार्थ ९मुख्य रुपमा खरानी र ग्यास० को घातक मिश्रण सिर्जना गर्दै जनसंख्या भएको उपत्यकामा तीव्र गतिमा फैलिएको थियो।

ज्वालामुखीमा भएका ग्लेसियर खतरनाक मात्र होइनन्, तिनीहरूले भूभाग र माथिबाट उपग्रह प्रयोग गरेर ज्वालामुखीलाई अनुगमन गर्न असहज बनाउँछन्।

‘एउटा नयाँ अध्ययनमा यी हिमनदीहरूले तलको ज्वालामुखीमा के भइरहेको छ भन्ने कुराको संकेत प्रदान गर्न सक्छ भन्ने फेला पारेका छौं। यसले भविष्यमा विस्फोट हुने ज्वालामुखीको अनुगमनलाई सुधार गर्न मद्दत गर्न सक्छ,’ जियोलोजिकल सोसाइटी अफ अमेरिकाको एक अध्ययन प्रतिवेदनमा भनिएको छ।

प्रतिवेदनअनुसार अनुसन्धानले अस्थायी रूपमा ज्वालामुखीको तापक्रम समयसँगै परिवर्तन हुन्छ र विस्फोट हुन्छ भन्ने देखाएको छ। यसलाई उपग्रहमार्फत अनुगमन गर्न सम्भव छ। तर संकेतलाई बादलले अस्पष्ट पार्न सक्छ या त ज्वालामुखीको शीर्षमा रहेको बरफ वा हिउँले अवरोध गर्न सक्छ।

यद्यपि ग्लेसियरहरू बिस्तारै सर्छन् भनिए पनि यिनीहरु धेरै गतिशील हुन्छन। बरफका यी नदी र तिनीहरूको वातावरणमा के भइरहेको छ भन्ने आधारमा छिटो वा ढिलो बग्छन्। ‘बढ्दो विश्वव्यापी तापक्रमका कारण विश्वभरका अधिकांश हिमनदी अहिले संकुचन हुँदैछन्, र धेरै चाँडै गायब हुनेछन्,’ प्रतिवेदनमा भनिएको छ।

तर ग्लेसियर अन्य परिवर्तनका लागि पनि संवेदनशील छन्। उदाहरणका लागि, यदि समयसँगै ज्वालामुखीको तापक्रम बढ्दै जान्छ भने, त्यसमा बसेका हिमनदी छिटो पग्लिनेछन् र छिटै संकुचित हुनेछन्। ‘हामीलाई लाग्छ, यो संकुचनले तलको ज्वालामुखीमा केही भइरहेको छ भन्ने संकेत गर्न सक्छ। त्यसैले हामीले दक्षिण अमेरिकाका ३७ वटा बरफले ढाकिएको ज्वालामुखी ९१ किमी र १५ किमीबीच० मा ६ सय ग्लेसियरको आकार नाप्न कम्प्युटर मोडेल प्रयोग गरेका थियौँ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ।

‘सामान्यतया, उचाइ एउटै जलवायु क्षेत्रभित्र ग्लेसियरमा धेरै फरक छैन। तर अध्ययनले केही अवस्थामा, ज्वालामुखीबाट दूरीसँगै हिमनदीको उचाइ क्रमशः घट्दै जान्छ भन्ने देखाएको छ। अर्को शब्दमा भन्नुपर्दा, ज्वालामुखीबाट थप हिमनदी पहाडको उपत्यकाको फेदमा पुग्छन्ज, जसले तिनीहरूलाई आश्रय दिन्छ,’ प्रतिवेदनमा उल्लेख छ।

ज्वालामुखीबाट टाढा सर्दा ग्लेसियरको उचाइँ् ६ सय मिटरसम्म हुन सक्छ। यो प्राकृतिक भिन्नताका साथ मात्र हेर्ने अपेक्षा गरेको भन्दा ठूलो।

ज्वालामुखीहरूमा अवस्थित ग्लेसियर प्रायः नजिकैका हिमनदीहरूभन्दा उच्च उचाइमा ९औसत २३० मिटर उच्च० मा सीमित हुन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा, अध्ययनले यो भिन्नता ज्वालामुखी तापक्रमसँग जोडिएको देखाउँछ। उच्च तापक्रम भएका ज्वालामुखीहरूले सामान्यतया उच्च उचाइमा हिमनदीहरू ‘होस्ट’ गर्छन्।

ज्वालामुखीमा बसेका ग्लेसियर ज्वालामुखीको अनुगमन गर्न बरफको थर्मोमिटरजस्तै काम गर्छन्। बरफले ढाकिएको ज्वालामुखी विस्फोटको समय सीमा घटाउन सक्षम प्रारम्भिक चेतावनी प्रणाली सिर्जना गर्न मद्दत गर्न सक्ने पनि प्रतिवेदनमा उल्लेख छ।

जिएनबीबाट

Previous Post

कति बन्यो ग्वार्को ‘फ्लाइ ओभर’ ?

Next Post

नर्सिङको नाम दर्ता परीक्षा मंसिर ९ मा हुने

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
बेलायतमा नर्स पठाउन समय लाग्ने

नर्सिङको नाम दर्ता परीक्षा मंसिर ९ मा हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In