• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

    लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै

    लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै

    तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

    तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२५ भदौ २०८३,
0
तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दमौली (तनहुँ)।पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा २२ दशमलव ४२ किलोमिटर सडक कालोपत्र गरेको छ । आर्थिक वर्ष २०८२÷८३ मा कार्यालयले गरेको कालोपत्रका बारेमा जानकारी दिएको हो ।

उक्त आर्थिक वर्षमा ३० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखिएको थियो । कार्यालय प्रमुख रवीन्द्र तिवारीले गत आर्थिक वर्षमा जिल्लाका विभिन्न सडकखण्डमा कालोपत्र गर्ने काम अघि बढाइएको बताउनुभयो । लक्ष्यअनुसार काम सम्पन्न हुन नसके पनि सडक स्तरोन्नतिमा उल्लेख्य प्रगति भएको उहाँले उल्लेख गर्नुभयो ।

सो आवमा १ दशमलव ६७ किलोमिटर कच्ची सडक निर्माण सम्पन्न भएको छ । सो अवधिमा तीन किलोमिटर कच्ची सडक निर्माण गर्ने लक्ष्य थियो । यस्तै, १५ किलोमिटर सडक चौडाइको लक्ष्य राखिएकामा १२ दशमलव ३७ किलोमिटर सडक चौडाइ विस्तार भएको छ ।

तिवारीका अनुसार सडक पूर्वाधारलाई व्यवस्थित बनाउन २१ दशमलव ५९ किलोमिटर नाली निर्माण भएको छ । नाली निर्माणको लक्ष्य २५ किलोमिटर थियो । त्यस्तै सडक संरक्षणका लागि २१ हजार ४२७ घनमिटर पर्खाल निर्माण भएको छ । सो अवधिमा २५ हजार घनमिटर पर्खाल निर्माण गर्ने लक्ष्य राखिएको थियो । तिवारीका अनुसार उक्त अवधिमा ६० वटा कजवे, कल्भर्ट निर्माण गर्ने लक्ष्य राखिएकामा ५६ वटा कजवे तथा कल्भर्ट निर्माण सम्पन्न भएको छ ।

पुल निर्माणमा भने कार्यालयले शत्प्रतिशत पूरा गरेको छ । सो आर्थिक वर्षमा तीन वटा झोलुङ्गे पुल र तीनवटा सडक पुल निर्माण सम्पन्न भएका छन् । दुवै प्रकारका पुल निर्माणको लक्ष्य तीन–तीन वटा नै थियो । आर्थिक वर्ष २०८१/८२ मा पूर्वाधार विकास कार्यालय तनहुँले ३८ किलोमिटर सडक कालोपत्र सम्पन्न गरेको थियो ।

त्यसैगरी, २०८१/८२ मा एक दशमलव सात किलोमिटर कच्ची सडक, सात दशमलव चार किलोमिटर ग्राभेल सडक, ४२ किलोमिटर सडक चौडाइ विस्तार, ४५ दशमलव छ किलोमिटर नाली निर्माण, ५३ हजार ६१३ घनमिटर पर्खाल निर्माण भएको थियो । सो वर्ष सात वटा कजवे–कल्भर्ट र तीनवटा सडक पुल निर्माण सम्पन्न भएका थिए ।

कार्यालयका अनुसार सडकको स्तरोन्नति, चौडाइ विस्तार, नाली तथा संरक्षण संरचनासँगै कालोपत्रको कामलाई निरन्तरता दिइएको छ । जिल्लाका सडकलाई थप व्यवस्थित र सुरक्षित बनाउँदै आवागमन सहज बनाउन आगामी वर्ष सडक कालोपत्र तथा स्तरोन्नतिका योजनालाई प्राथमिकतामा राखिएको तिवारीले बताउनुभयो ।

कार्यालयले सडकतर्फ रु ७१ करोड ७२ लाख ८२ हजार बजेट विनियोजन गरिएकामा रु ६१ करोड ७२ लाख ८१ हजार खर्च भएको छ । सडक पुलतर्फ रु २२ करोड १६ लाख ९६ हजार विनियोजन गरिएकामा रु २१ करोड ७१ लाख ८९ हजार खर्च भएको छ ।

यस्तै, झोलुङ्गे पुलतर्फ रु ९२ लाख ६९ हजार बजेट विनियोजन भएकामा रु ९२ लाख छ हजार खर्च भएको छभने सहरी विकास तथा भवनतर्फ रु ४० लाख विनियोजन भएकामा रु ३३ लाख नौ हजार खर्च भएको छ ।

Previous Post

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

Next Post

लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
समाचार

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

२५ भदौ २०८३,
लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै
समाचार

लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै

२५ भदौ २०८३,
चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण
समाचार

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

२५ भदौ २०८३,
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

२५ भदौ २०८३,
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
समाचार

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

२५ भदौ २०८३,
देवीघाटमा एक्रो ब्रिज जडान, आजदेखि पैदलयात्रीका लागि खुला
समाचार

देवीघाटमा एक्रो ब्रिज जडान, आजदेखि पैदलयात्रीका लागि खुला

२५ भदौ २०८३,
Load More
Next Post
लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै

लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In