उमेर अनुसारको तौल नभएमा त्यस्तो व्यक्तिलाई दुब्लो भनिन्छ । एक वयस्क मानिसलाई दिनमा १५ सय क्यालोरी शक्ति चाहिन्छ । यदि १५ सय क्यालोरी भन्दा कम भएमा शरीरको ऊर्जा पनि कम हुँदै जान्छ । जसकारण मानिस दुब्लाउँदै जान्छ ।
दुब्लोपन हुनुका विभिन्न कारणहरु हुनसक्छन् । त्यसको पहिचान गरेर एक वयस्क व्यक्तिले निम्न कुरा सेवन गरे छोटो समयमै तौल बढाउन सकिन्छ—
– सधैं एउटै खाना खानुभन्दा फरक–फरक प्रकारका खानेकुरामा जोड दिनुपर्छ । यस्तै खाना खाने समयभन्दा आधा घण्टा अगाडि र खाना खाएको आधा घण्टासम्म पानी पिउनु हुँदैन ।
– बिहान ७ बजेभित्रमै दूध, अण्डा, दुईवटा जति ओखर, काजु, बदाम खाने ।
– १० बजेतिर दहीसँग केरा खाने ।
– दिउँसो १ भात, दाल र तरकारी र सकेसम्म मासु खानुपर्दा यसै वेला खाने, तरकारीमा आलुलाई बढी जोड दिने ।
– अपरान्ह ५ बजेको समयमा भिजाएर टुसा उमारिएको चना र चिउरामा अमिलो हालेर चटपटेजस्तो बनाएर नास्ता खाने । यसमा गुलिया फलफूलहरु पनि मिलार खान सकिन्छ ।
– बेलुकाको खाना ८ बजेसम्म खाइसक्नुपर्ने र खानामा दाल, भात र तरकारी खाने । यदि बिहानको खानामा मासु खाएको हो भने बेलुका हरियो सागसब्जी बनाएर खाँदा राम्रो हुन्छ ।













