• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

    नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

    इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

    इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

    मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

    मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

    पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी

    बुकिङ धमाधम रद्द हुँदा सुनसान बने सौराहाका होटल

    सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत

    सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु

by
१३ अशोज २०८०,
0
आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ ।

प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।

चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए। जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्रश्राद्ध छोड्न नहुने गौतमले बताए।

कारणवश सोह्रश्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्रश्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने जानकारहरूको भनाइ छ ।

यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका समिति सदस्य प्राडा भट्टराईले जानकारी दिए।

त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उनले सुनाए । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

सोह्रश्राद्ध अपराह्नकाल पारेर पिताका तिथिका दिन गर्नुपर्नेमा कतिपय पुरोहितले आफू अनुकुल बिहानै श्राद्ध गर्नु भन्ने गरेको जानकारी आएकाले त्यो शास्त्रसम्मत नभएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष गत साउन महिनामा अधिकमास परेकाले सोेह्रश्राद्ध र बडादसैँ पर्व पछि सरेको छ ।

Previous Post

मौसम पूर्वानुमानः आज कुन क्षेत्रको मौसम कस्तो ?

Next Post

सल्यानमा जीप दुर्घटनाः दुईको मृत्यु, १५ जना घाइते

सम्बन्धित खबर

हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

२४ भदौ २०८३,
भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा
फिचर-ब्यानर

नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

२४ भदौ २०८३,
इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव
अन्तर्राष्ट्रिय

इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

२४ भदौ २०८३,
मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण
समाचार

मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

२४ भदौ २०८३,
पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी
टुरिजम

बुकिङ धमाधम रद्द हुँदा सुनसान बने सौराहाका होटल

२४ भदौ २०८३,
सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत
समाचार

सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत

२४ भदौ २०८३,
Load More
Next Post
ट्र्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

सल्यानमा जीप दुर्घटनाः दुईको मृत्यु, १५ जना घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In