• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

झापालाई लाहामा आत्मनिर्भर बनाउन बीउ उत्पादन

by
१२ अशोज २०८०,
0
झापालाई लाहामा आत्मनिर्भर बनाउन बीउ उत्पादन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापालाई लाहामा आत्मनिर्भर बनाउने उद्देश्यले गौरादह नगरपालिका–९ मा लाहाको बीउ उत्पादन गर्न थालिएको छ। पर्याप्त बीउ उत्पादनसँगै जिल्लामा लाहाको व्यावसायिक खेती गरिने भएको हो।

पाँच वर्षअघि लाहा प्रशोधन कारखाना सञ्चालन गरेका डम्बर विश्वकर्माले नै लाहाको बीउ उत्पादन गर्न सुरु गरेका हुन्। सुनका गहना बनाउन, फर्चिनरको प्राकृतिक रङ उजिल्याउन र शिलबन्दी कार्यमा लाहाको प्रयोग हुने गरेको छ।

उनले भारतको उडिसा र झारखण्डबाट लाहा उत्पादन गर्ने कीरा ल्याएर दुई बिघा जमिनमा सेमियालता जातको बिरुवामा लाहाको बीउ उत्पादन गरिरहेको बताए। स्थानीयवासीको दुई बिघा जमिन १३ वर्षको लागि प्रतिवर्ष रु ८० हजार भाडा तिर्ने शर्तमा लिजमा लिएर बीउ लगाएको उनले जानकारी दिएका छन्।

उनले सो जमिनबाट करिब छ क्विन्टल बीउ उत्पादन हुने अनुमान गरिएको बताए। ‘बीउको संरक्षण र उत्पादनमा लागेको छु’, उनले भने, ‘यहाँका सामुदायिक वन र स्थानीय किसानले चासो राख्नुभएको छ। राम्रो बीउ उत्पादन भयो भने जिल्लामा लाहाको खेती विस्तार हुन्छ।’

भारतको पश्चिम बङ्गालमा सात वर्ष लाहा कारखानामा काम गरेका गौरादह नगरपालिका वडा नं २ का ५९ वर्षीय विकले स्वदेशमै लाहा प्रशोधन गर्ने उद्देश्यले पाँच वर्षअघि रु २० लाखको निजी लगानीमा निर्मल चप्रा उद्योग स्थापना गरेका छन्।

हाल दैनिक ३० केजी प्रशोधित लाहा ९चप्रा० उत्पादन भइरहेको र बजारको माग धान्न नसकिरहेको उद्योगी विकले बताए। लाहालाई कच्चा पदार्थको रूपमा प्रशोधन गरिसकेपछि चप्रा अर्थात् काठ रङ्ग्याउने प्राकृतिक रसायन उत्पादन हुने गर्दछ।

निर्मल चप्रा उद्योग मुलुककै पहिलो लाहा प्रशोधन कारखाना भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए। विगतमा पनि डिभिजन वन कार्यालयले प्रशोधनमा प्रयोग हुने अत्याधुनिक मेसिन खरिदका अनुदान दिएको थियो भने गत वर्ष पनि बीउ उत्पादन र यसको खेती विस्तारका लागि तालिम शीर्षकमा रु पाँच लाख प्रदान गरेको थियो।

उनका अनुसार रुखहरूमा कीराबाट उत्पादन हुने कच्चा लाहा सङ्कलन गरी चप्रा बनाउनुपर्ने हुँदा झापामा लाहा खेतीका लागि किसान र सामुदायिक वनहरूलाई प्रोत्साहित गर्न स्थानीय सरकारसमेत लाग्नुपर्ने आवश्यक छ। अहिले धनकुटा, भोजपुर र तेह्रथुमबाट विकले लाहा खरिद गरेर ल्याउने गरेका छन्।

भारतको पश्चिम बङ्गालको उद्योगमा काम गर्दा नेपालतिर चप्रा बिक्री हुन थालेको देखेपछि स्वदेशमै उद्योगको सम्भावना देखेर आफूले उद्योग खोलेको विकले बताए। तर उद्योगलाई चाहिने कच्चा पदार्थ अझै पनि ७० प्रतिशत भारतबाटै ल्याउनुपरेको उनको गुनासो छ।

स्थानीय किसानलाई सिरिस, बयर, खयर, सेमियालता, कुसुम जातका बिरुवा लगाउन र त्यसमा लाहाखेती गर्न आग्रह गरेको उनको भनाइ छ। स्थानीय किसानले लाहाखेती गर्ने सोचले उपयुक्त जातका बिरुवा खेतबारीमा रोप्न थालिसकेका छन्। सबैभन्दा लाहाखेतीका लागि उत्तम बिरुवा कुसुम रहेको उनले बताए। उनले भने, ‘अन्य जातको प्रतिरुखबाट १० केजीमात्र लाहा उत्पादन हुन्छ भने कुसुममा ६० देखि १०० केजी उत्पादन गर्न सकिन्छ। तर बिरुवा पाउनै मुस्किल भइरहेको छ।’

सुरुमा रुखको हाँगामा बीउ लाहा राखेपछि कीराहरूको कारण त्यो आफैँ फस्टाएर बढ्ने गर्छ। वैशाखमा लगाएको लाहा कात्तिकमा सङ्कलनयोग्य हुने उद्योगी विकको भनाइ छ। एकपटक रुखमा लगाएको लाहाखेतीबाट वर्षौँसम्म आम्दानी लिन सकिने उनले बताए।

कोशी प्रदेशका झापा, सुनसरी र मोरङसम्मका फर्चिनर उद्योगहरूले गौरादहमा उत्पादित चप्रा प्रयोग गर्ने गरेका छन्। कच्चा पदार्थ अभावमा माग धान्ने गरी चप्राको उत्पादन गर्न नसकिएको उनको भनाइ छ। जिल्लामा मात्र मासिक पाँच हजार केजी चप्रा चाहिने उनले बताए।

नेपालमा फर्चिनर उद्योग नै चप्राको मुख्य प्रयोगकर्ता हुन्। लाहालाई सुनको गहना उत्पादन र शिलबन्दी कार्यमा प्रयोग गरिन्छ। शिलबन्दीका लागि भारी मात्रामा लाहाको प्रयोग हुने गरेको छ। भारतबाट महँगो मूल्यमा यसको आयात हुँदै आएको छ।

उनले तयारी लाहाको चप्रा प्रतिकेजी रु सात सयदेखि रु एक हजारसम्ममा बिक्री हुँदै आएको बताए। उनका अनुसार स्वदेशमै गुणस्तरीय चप्रा उत्पादन गर्न सके बर्सेनि करोडौँ रुपैयाँ विदेश जाने क्रम रोकिने छ। उनले स्थानीय सरकार र नेपाल सरकारका कर्मचारीले लाहाको महत्व नबुझेको गुनासो गरे।

उनले पटक–पटक भारतबाट लाहाको बीउ उत्पादन गर्न ल्याएको कीरा भन्सारले रोकिदिँदा समस्या हुने गरेको बताए। बीउ कीरा रुखबाट उप्काएको तीन दिनभित्रमा रोप्नुपर्ने भए भन्सारले ढिलासुस्ती गरिदिँदा ९० प्रतिशत कुरा मरेर ठूलो घाटा व्यहोर्नुपरेको उनको भनाइ छ।

नेपालमा चप्रा आयातमा बर्सेनि करोडौँ रकम विदेशिने गरिरहेको बताउँदै उनले भने, ‘किसानलाई लाहा खेतीमा प्रोत्साहन गर्ने उद्देश्यले बीउ उत्पादन र तालिमका लागि गत वर्ष रु पाँच लाख खर्च गरेका छौँ। एक–दुई वर्षभित्र अपेक्षाकृत उत्पादन हुन्छ भन्ने विश्वास छ।’ उनले कोशी प्रदेशका विभिन्न जिल्लाका किसान र सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरूलाई लाहा खेतीसम्बन्धी तालिमसमेत दिँदै आएको बताए।

Previous Post

चीनलाई चुनौती दिन ताइवानले बनायो पहिलोपल्ट पनडुब्बी

Next Post

म्याग्दीको महभिर गाउँ पहिरोको जोखिममा

सम्बन्धित खबर

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट
आवाज

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

११ असार २०८३,
काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन
आवाज

काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

११ असार २०८३,
आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग
आर्थिक

आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

११ असार २०८३,
आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
आर्थिक

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

११ असार २०८३,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
Load More
Next Post
म्याग्दीको महभिर गाउँ पहिरोको जोखिममा

म्याग्दीको महभिर गाउँ पहिरोको जोखिममा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In