• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    कफीखेती विस्तारमा षडानन्दको पहल

    कफीखेती विस्तारमा षडानन्दको पहल

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    कफीखेती विस्तारमा षडानन्दको पहल

    कफीखेती विस्तारमा षडानन्दको पहल

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

गुनासो पेटिकामा गुनासो आउन छोड्यो

by
११ अशोज २०८०,
0
गुनासो पेटिकामा गुनासो आउन छोड्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरका विभिन्न सरकारी कार्यालयमा गुनासो पेटिका राखिए पनि उपयोगविहीन बनेका छन् । सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती तथा अनियमितताबारे सेवाग्राहीको गुनासोको सुनुवाइ गर्न राखिएका गुनासो पेटिका अहिले प्रयोगमा आएको देखिँदैन । प्रविधिको विकास र सहज पहुँचका कारण ती गुनासो पेटिका प्रयोगविहीन बनेका हुन् ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरको कार्यालय प्रवेश गर्ने मूल ढोकाको छेउमै गुनासो पेटिका राखिएको छ । तर उक्त गुनासो पेटिकामा गुनासो नआएको लामो समय भयो । सेवाग्राहीको गुनासो सम्बोधन गर्नका लागि गुनासो पेटिका कार्यालयमा राखिए पनि पछिल्लो समय प्रयोगमा आउन छोडेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर पियुष चटौतले जानकारी दिए । ‘पछिल्लो समय बढीजसो फोनमा गुनासो आउने गरेका छन्’, उनले भने, ‘हामीले कार्यालयको बेवसाइटमा सूचना अधिकारीलगायतको सम्र्पक नम्बर राखेका हुन्छौँ ।’ कार्यालयले सामाजिक सञ्जाल फेसबुकमा पेज बनाएको भएपनि अधिकांश गुनासो फोनबाट आउने गरेको उनको भनाइ छ ।

भूमि सुधार तथा मालपोत कार्यालय कञ्चनपुरका प्रमुख शिवराज भट्टले पनि कार्यालयमा सेवाग्राहीको गुनासो सुन्नका लागि गुनासो पेटिका राखिएको भए पनि गुनासो पेटिका प्रयोगविहीन बनेको बताए । ‘गुनासो पेटिका प्रयोगविहीन बनेको छ गुनासो आउन छोड्यो’, उनले भने, ‘गुनासो पेटिकामा गुनासो नआएको लामो समय भयो ।’ नागरिकलाई प्रदान गरिने सेवाबारे उनीहरुका गुनासा सङ्कलन गरी वस्तु तथा सेवा प्रवाहमा प्रभावकारिता ल्याउने उद्देश्यले हरेक सरकारी कार्यालयमा गुनासो पेटिका राखेका भए पनि प्रविधिको बढ्दो प्रयोगले गुनासो पेटिकामा गुनासो आउन छोडेका हुन ।

प्रविधिको विकास भएसँगै सेवाग्राहीले अन्य माध्यमबाट आफ्ना गुनासा व्यक्त गर्दा गुनासो पेटिका खाली भएको कार्यालय प्रमुख बताउँछन् । कञ्चनपुरका सरकारी कार्यालयमा राखिएको गुनासो पेटिकामा अहिले गुनासो आउन पूर्णरुपले बन्द भएको छ ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले गुनासो पेटिकामा नभएर फोन प्रत्यक्ष भेटेर सेवाग्राहीका गुनासो आउने गरेको बताए । ‘धेरैजसो गुनासो कार्यालय भेटेर फोनका माध्यमबाट र इमेलबाट आउने गरेका छन्’, उनले भने, ‘कार्यालयको सामाजिक सञ्जाल फेसबुकमा आएका गुनासो पनि हेर्ने गरेका छौँ ।’ सेवाग्राहीले गुनासो पेटिकामा गुनासो गर्ने प्रक्रिया झन्झटिलो मान्दा गुनासो पेटिकाको प्रयोग कम भएको कार्यालय प्रमुखको बुझाइ छ ।

Previous Post

हुन्डाई कोना जी एल को मूल्य सार्वजनिक

Next Post

पाकिस्तानको दक्षिणी क्षेत्रमा ‘रकेट लञ्चर’ विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१० असार २०८३,
कफीखेती विस्तारमा षडानन्दको पहल
आर्थिक

कफीखेती विस्तारमा षडानन्दको पहल

९ असार २०८३,
मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
आवाज

मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

९ असार २०८३,
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
आवाज

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

९ असार २०८३,
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
आवाज

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
आर्थिक

डलरको दबाबमा येन

९ असार २०८३,
Load More
Next Post
पाकिस्तानको दक्षिणी क्षेत्रमा ‘रकेट लञ्चर’ विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

पाकिस्तानको दक्षिणी क्षेत्रमा ‘रकेट लञ्चर’ विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In