• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    रैथाने बाली सङ्कटमा

    रैथाने बाली सङ्कटमा

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    अर्को वर्ष भेटौँला मनास्लु !

    अर्को वर्ष भेटौँला मनास्लु !

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हिरो बन्दैछु भन्ने कुराले दङ्ग छु : प्रकाश सपुत

by
७ अशोज २०८०,
0
हिरो बन्दैछु भन्ने कुराले दङ्ग छु : प्रकाश सपुत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अहिलेका उम्दा गायक प्रकाश सपूत फिल्म ‘परदेशी २’ बाट नायकका रुपमा उदाउँदै छन्। फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा उनी फुरुङ्ग छन्। गायन करिअरको शिखरमा रहेकै बेला सपूतको ‘हिरो’ बन्ने सपना पनि पूरा हुँदैछ।

गायकका रुपमा उनी जति सफल छन्, अभिनयमा पनि उसरी नै आफूलाई उतार्न सक्लान् त ? यो प्रश्नको जवाफ थाहा पाउन आउँदो २६ गतेसम्म कुर्नुपर्छ। वडा दसैँको छेकोमा फिल्म ‘परदेशी २’ प्रदर्शनमा आउँदैछ।

सपूतकै भनाइमा अभिनेताका रुपमा यो उनको परीक्षा हो। ‘ब्राण्ड ब्यानर र सफल फिल्मको सिक्वेल भएकाले पनि मुख्य पात्रका रुपमा मप्रति दर्शकको चासो र अपेक्षा रहनु स्वभाविक हो’, सपूतले भने, ‘यसलाई मैले धेरै गम्भीर रुपमा लिएको छैन, बरु पहिलोपटक फिल्ममा अभिनय गर्दैछु, हिरो बन्दैछु भन्ने कुराले दङ्ग र उत्साहित छु।’

सफलताको विरासत जोडिएको फिल्म भएकाले त्यसको ओजलाई धान्नुपर्छ भन्ने महसुस आफूलाई भइरहेको उनले सुनाए। ‘मैले गायकका रुपमा जुन परिचय बनाएको छु, त्यसको सफलताको भारी कहीँ न कहीँ मेरो फिल्म अभिनयमा पनि जोडिन्छ’, उनले भने, ‘फिल्म चल्नेरनचल्ने विषय दर्शकको हातमा छ।’

फिल्ममा अभिनय गर्ने सपना ‘परदेशी २’ बाट पूरा हुन लागेकामा सपूतले खुसी व्यक्त गर्नुभयो। ‘फिल्मको कथा, पात्र र चरित्र निर्वाहका दृष्टिले फिल्मको सिक्वेल मिल्दोजुल्दो हुन सक्छ, तर व्यक्तिगत रुपमा भने मलाई नयाँ फिल्म, नयाँ कथामा अभिनय गर्दैछु भन्ने अनुभूति भइरहेको छ, ठूलो पर्दामा देखिने कुराले यसै फुरुङ्ग छु।’

आठ वर्षअघिको फिल्म ‘परदेशी’ व्यावसायिक रुपमा सफल भएकाले पनि ‘परदेशी २’ माथि हलमा टिक्नैपर्ने दबाब छ। सपूतको अभिनय यात्रामा पनि यो फिल्म सुखद् प्रस्थान बन्न सक्छ या सक्दैन, त्यो अझै पनि समयको गर्तमा छ। म्यूजिक भिडियोको अभिनय र नृत्यमा रुचाइएका उहाँलाई फिल्म फाप्ने हो या होइन यसै भन्न सकिन्न।

सपूतले ‘परदेशी २’ को प्रदर्शनपछि अरु फिल्ममा आबद्ध हुने या आफैँले फिल्म बनाउने भन्नेबारे अहिले नै केही खुलाउन चाहेनन्। उनले यसअघि पनि फिल्म निर्माण र निर्देशनमा लाग्ने सङ्केत गरेका थिए। अहिलेलाई उनी देशविदेशका साङ्गीतिक यात्रालाई थाँती राखेर फिल्मको प्रचारमा खटिएका छन्। ‘परदेशी २’ कथामा आधारित नाटक लिएर देशका विभिन्न सहरमा जान लागिएको सपूतले बताए।

‘फिल्मको प्रचारात्मक कार्यक्रम लिएर मसहित फिल्मको टिम विभिन्न सहरमा पुग्दैछौँ, म आफैँले पूरै समय फिल्मको प्रवर्द्धनलाई दिएको छु, दर्शकहरु भेटिरहेको छु’, उनले भने, ‘दर्शको साथ र प्रतिक्रियाले हामी उत्साहित छौँ, दर्शकमाथ पुग्नुको आनन्द अरु केहीसँग तुलना हुन सक्दैन।’

बिहीबार र शुक्रबार नारायणगढ, आउँदो ७ र ८ गते नेपालगञ्ज, ९ र १० गते बुटवल र ११ र १२ गते पोखरामा फिल्मको कथामा आधारित नाटक मञ्चन हुने जनाइएको छ। फिल्मको प्रचारका क्रममा सपूतले आफ्ना लोकप्रिय गीतसमेत सुनाउने गरेका छन्।

नारायण रायमाझी निर्देशित सो फिल्ममा सपूतसँगै केकी अधिकारी, वर्षा सिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलियालगायतको अभिनय छ। रायमाझी र राजेश वंशलको संयुक्त निर्माण रहेको फिल्ममा प्रवासी नेपालीको कथालाई समेटिएको जनाइएको छ।

फिल्मको ‘हिजो काम, आज काम, काम विदेशमा’ गीत बुधबार म्यूजिक नेपाल युट्युबाट सार्वजनिक गरिएको थियो। सो गीतमा पनि सपूतको अभिनय देख्न सकिन्छ। बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका सपूतका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराज’लगायत गीत चर्चित छन्।

सामाजिक मुद्दालाई सिर्जनामा मुखरित गर्न पारङ्गत उनी गीतमा कथानकको प्रयोग गर्न सक्ने स्रष्टाका हिसाबले पनि चिनिन्छन्। सपूतका कतिपय रचनालाई लिएर सार्वजनिक विवाद र बहससमेत हुने गरेको छ।

केही दिनअघि भारतीय योगगुरु रामदेवले सपूत नेपालका सलमान, साहरुख र अमिर खानभन्दा ठूला स्टार रहेको भन्दै प्रशंसा गरेका थिए। पतञ्जली योगपीठले नयाँ दिल्लीको इन्दिरा गान्धी स्टेडियममा आयोजना गरेको विशेष कार्यक्रममा गायक सपूतले प्रस्तुति दिएका थिए।

Previous Post

शिक्षा विधेयक सकेसम्म सर्वसम्मत, नभए नियमित प्रक्रियाबाट टुङ्गिन्छ : सभामुख

Next Post

गर्भवती र सुत्केरीलाई ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रम

सम्बन्धित खबर

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
समाचार

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

७ अशोज २०८३,
रैथाने बाली सङ्कटमा
समाचार

रैथाने बाली सङ्कटमा

७ अशोज २०८३,
पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद
समाचार

पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

७ अशोज २०८३,
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन
समाचार

१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

७ अशोज २०८३,
अर्को वर्ष भेटौँला मनास्लु !
फिचर-ब्यानर

अर्को वर्ष भेटौँला मनास्लु !

७ अशोज २०८३,
बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल
समाचार

बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

७ अशोज २०८३,
Load More
Next Post
गर्भवती र सुत्केरीलाई ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रम

गर्भवती र सुत्केरीलाई ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In