काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले चङ्गा, ड्रोन, वेलुन आदि नउडाउन निर्देशन दिएको छ ।
प्राधिकरणले शुक्रबार एक विज्ञप्ती जारी गर्दै चङ्गा, ड्रोन, वेलुन आदि नउडाउन निर्देशन दिएको हो ।
त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलमा वायुयानको उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा पटक पटक चङ्गा, ड्रोन, वेलुन उडाउने गरेको पाईएकोले यस सम्बन्धमा विमानस्थलले आपति जनाएको छ ।
प्राधिकरणले चङ्गा, ड्रोन, वेलुन उडाउने कार्य तथा लेजर लाईटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुदाँ यस किसिमको गतिविधि एवं क्रियाकलाप नगर्न नगराउन सबैमा अनुरोध गरेको छ । साथै कसैले यस सूचनाको अवज्ञा वा अटेर गरी यस्तो गतिविधि गरे तथा गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने समेत त्रिभुवन विमानस्थलले जनाएको छ ।













