• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढी पीडितका लागि वीरगन्जमा राहत संकलन जारी

    भोटेकोशी बाढी पीडितका लागि वीरगन्जमा राहत संकलन जारी

    म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

    म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

    तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र

    तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र

    कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै

    कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै

    नेपाल भ्रमण नरोक्न पाटाको विश्व समुदायलाई आग्रह

    नेपाल भ्रमण नरोक्न पाटाको विश्व समुदायलाई आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दिगो विकासका लक्ष्य हासिल गर्न चुनौतीपूर्ण, थप सहयोग आवश्यक- प्रधानमन्त्री प्रचण्ड

by
२ अशोज २०८०,
0
दिगो विकासका लक्ष्य हासिल गर्न चुनौतीपूर्ण, थप सहयोग आवश्यक- प्रधानमन्त्री प्रचण्ड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वाशिङ्टन डिसी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पविकसित मुलुकलाई सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेकाले विकसित मुलुकहरूले आफ्नो प्रतिबद्धताअनुसारको वित्तीय सहयोग उपलब्ध गराउनुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री दाहालले अल्पविकसित मुलुकहरूको समूहको दिगो विकासका लक्षसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै कोभिड–१९ महामारी, जलवायु परिवर्तन, भूराजनीतिक तनावजस्ता विभिन्न खालका सङ्कटको प्रभावले अल्पविकसित मुलुकलाई दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि समस्या भएको बताए । अल्पविकसित राष्ट्रहरूलाई स्तरोन्नतिका लागि थप योजना ल्याइनुपर्ने प्रस्ताव उनले सम्मेलनमा राखे ।

“सन् २०२१ को तुलनामा २०२२ मा अल्पविकसित मुलुकहरूमा आउने प्रत्यक्ष वैदेशिक लगानी ३० प्रतिशतले घटेको छ । पूर्वाधार, नवीकरणीय ऊर्जा, खानेपानी तथा सरसफाइ, खाद्य सुरक्षा, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा भइरहेको लगानीमा धक्का लागेको छ”, सम्मेलनमा प्रधानमन्त्री दाहालले भने, “दिगो विकाससम्बन्धी प्रोत्साहन प्याकेजमार्फत अल्पविकसित मुलुकलाई सस्तो दरको वित्तीय लगानी उपलब्ध गराउन आवश्यक छ ।”

विकसित देशहरूले प्रतिबद्धता जनाएअनुसार आफ्नो कूल राष्ट्रिय आयको शून्य दशमलव सात प्रतिशत विकासोन्मुख देश र शून्य दशमलव १५ देखि शून्य दशमलव २० प्रतिशतसम्म अल्लविकसित मुलुकलाई विकास सहायताका रूपमा उपलब्ध गराउनुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिए ।

“वित्तीय लगानीबाटै दिगो विकास लक्ष्य पूर्ति गर्न सकिने र सफलता तथा असफलताको मापन यसैका आधारमा हुनेछ”, उनले भने, “यद्यपि हामीले विश्वास गुमाएका छैनौँ । हामी एक्लैले गरेर मात्र पुग्दैन । अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धता र सहयोग आवश्यक छ ।”

अतिकम विकसित मुलुकको औसत बाह्य ऋण सन् २०११ मा ४१ प्रतिशत रहेकामा सन् २०२२ मा ५४ प्रतिशत पुगेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ऋणको उच्च लागतका कारण दिगो विकास लक्ष्य पूर्ति गर्नका लागि लगानी अवरुद्ध गरेको र ऋण सङ्कटको जोखिम पनि बढाएको बताए ।

सन् २०२५ सम्ममा अल्पविकसित राष्ट्रहरूको ऋण सङ्कटलाई सम्बोधन गर्ने र समयमै त्यसको समाधान खोज्ने गरी प्राथमिकता निर्धारण गर्नुपर्ने अवस्था आइसकेको प्रधानमन्त्री दाहालले बताए ।

दिगो विकास लक्ष्य प्राप्त गर्नु नेपालको पनि उच्च प्राथमिकताको विषय भएको र नेपालका नीति तथा योजनामा दिगो विकास लक्ष्य हासिल गर्नेगरी लक्ष्य तथा उद्देश्य निर्धारण गरिएको प्रधानमन्त्री दाहालको भनाइ छ । त्यस्तै नेपालले सन् २०२६ सम्ममा स्तरोन्नति भइसक्ने गरी काम गरिरहेको दाहालले बताए । अल्पविकसित देशहरू आन्तरिक स्रोत परिचालन गर्ने संस्थाको क्षमता बलियो बनाउन लागिरहेको उनले उल्लेख गरे । गरिबी उन्मूलन र असमानता घटाउनका लागि लागिपरेको उनको भनाइ छ ।

‘दोहा प्रोग्राम अफ एक्सन’ र पेरिस सम्झौता कार्यान्वयन तथा सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनसम्बन्धी नेपालको प्रतिबद्धताबारे पनि उनले स्मरण गरे । अहिले नेपाल अल्पविकसित मुलुकहरूको फोरमको अध्यक्ष राष्ट्र हो ।

Previous Post

धुम्रपानबाट कसरी टाढा रहने ?

Next Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

सम्बन्धित खबर

भोटेकोशी बाढी पीडितका लागि वीरगन्जमा राहत संकलन जारी
समाचार

भोटेकोशी बाढी पीडितका लागि वीरगन्जमा राहत संकलन जारी

२४ भदौ २०८३,
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज
समाचार

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

२४ भदौ २०८३,
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
समाचार

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

२४ भदौ २०८३,
तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र
समाचार

तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र

२४ भदौ २०८३,
कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै
समाचार

कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै

२४ भदौ २०८३,
नेपाल भ्रमण नरोक्न पाटाको विश्व समुदायलाई आग्रह
टुरिजम

नेपाल भ्रमण नरोक्न पाटाको विश्व समुदायलाई आग्रह

२४ भदौ २०८३,
Load More
Next Post
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In