फ्रान्सले इजिप्टको ऋण समस्या समाधान गर्न र इजिप्टमा विदेशी लगानी भित्र्याउने कुरामा सहयोग गर्न तयार रहेको बताएको छ। फ्रान्सेली विदेशमन्त्री क्याथरित कोलोनाले इजिप्टका समकक्षी समेश शौकरीसँग कुरा गर्दै यस्तो बताएका हुन्।
इजिप्टको विदेशी ऋण १६५.३ बिलियन अमेरिकी डलर पुगेको छ। मार्च २०२३ को अन्त्यसम्ममा गत वर्षको सोही अवधिको तुलनामा ४.८ प्रतिशतले वृद्धि हुने बताइएको छ।
भेटमा कोलोनाले इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीसँग द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्ने बताएका छन्।













