काठमाडौं।संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।
प्रतिनिधि सभा सदस्यसमेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो । नेम्वाङको बिहीबार बिहान राजकीय सम्मानका साथ अन्त्येष्टि गरिदै छ ।
सरकारको निर्णय अनुसार आज नेपालभरका सबै सरकारी कार्यालय बन्द रहने छन् भने विदेशस्थित नेपाली दूतावास र नियोगमा समेत बिदा हुनेछ र सबै सरकारी निकायका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।













