दुष्टको मनको कुरा राख्नु सज्जनता होइन, त्यो मूढता हो । आफ्नो स्वार्थ हुँदा लाभ लिनु अनि अरूतिर लागेर उपेक्षा गर्नु अकृतज्ञता हो । आफूले कसैसँग अकृतज्ञता गरियो भने आपूmसित अरू कसैले अकृतज्ञता गर्नेछ । परन्तु जसले लोभ मोह र स्वार्थको त्याग ग¥यो, उसलाई दोष वा बदलाको स्पर्श रहँदैन ।
आत्मा–परमात्माको ऐक्य साधनामा– सत्यको खोजमा लागेको जीवलाई कर्तव्य लाग्दैन । उसले लौकिक धर्म व्यवहार धर्मको त्याग गर्नुपर्छ । लौकिक धर्म– वेद, पुराण पञ्चदेवता–पूजा आजा व्यवहार धर्म मातापिता पत्नी–पुत्रपुत्री, वर्ण कर्तव्य लौकिकबाट अलौकिकमा जाँदा दोष लाग्छ । सबै त्यागेर आत्मातिर लाग्नु साँचो कर्तव्य र धर्म हो ।
सत्यका कोही पनि छैनन् । सबै आफ्ना आफ्ना मनका अनुगामी छन् । सही अर्थमा सत्यको हुन मन, दिन सक्नुप¥यो । मन दिनुको अर्थ हो— आफ्नो अभिमान, रुचि न रुचि, हानिलाभ, मान अपमान, पक्ष विपक्ष, सबै सत्यमा अर्पण गर्नु ।
कहाँ धेरै स्थिरतामा शान्ति मिल्छ मन उताको बाटो लिन चाहन्छ । परन्तु सेवाविना पुण्य, पुण्यविना स्थिरता आउँदैन । स्थिरतामा रहेर सत्पुरुषको ज्ञानामृत श्रवण नगरी म–मेरो भन्ने प्रपञ्चको त्याग नगरी शान्तिको दर्शन पनि अति दुर्लभ हो । काल, कर्म, स्वभाव, विचार मौनको एकता जीवनमा सर्वाधिक मूल्यवान् दुर्लभ समागम हो ।
टीका टिप्पणी नगर्नु, भैसकेको कामलाई यस्तो हुनुपथ्र्यो भनेर नभन्नु । फलानाले यस्तो गर्नाले यस्तो नराम्रो भयो भनेर नभन्नु । किन यसो गरेनौ ? किन यस्तो भन्यौ ? भनेर नभन्नु । आपूmले जानेको मात्रै सलाह दिनु । पछिबाट गफ नहाँक्नु । मधुर मुस्कानका साथ यहाँ ठीक छ, यस्तो होइन भन्नु मुस्कुराइरहनु, प्रसन्न शान्त रहनु, अत्यन्त उच्च अवस्थामा भएको तन मन अरू धन, त्रिविध सेवामा अर्पित भएको सन्तोषी, विवेकी, उदार एवं वैराग्य त्यागले युक्त छ भने शिक्षा दिनु, शिक्षाको ग्रहणमा प्रमाद ग¥यो भने ताडन शब्द र वियोगको भय दिनु, अन्यथा बाँड्न शब्दमा वा प्राकृत रूपमा समयको मिथ्या उपयोग हुनेछ । मिथ्या उपयोगले मनमा विवेक, समर्पण ज्ञानको विकास हुन सम्भव छैन ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













