• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिद्वारा अध्यादेश जारी

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

metakhabar by metakhabar
४ चैत्र २०८२,
0
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी, ४ चैतः पर्यटकीय राजधानी पोखरा गुफाहरूको सहर पनि हो । यहाँस्थित महेन्द्र, चमेरे, गुप्तेश्वर महादेवलगायत गुफाहरूले पर्यटकीय आकर्षण बढाएका छन् ।

विभिन्न रहस्यात्मक गुफाका कारण पोखरा आउने पर्यटकको बसाइँसमेत लम्ब्याइरहेको अवस्थामा पोखरा महानगरपालिका–३३ भरतपोखरीको तिक्लाङस्थित सुन गुफालाई अर्को नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यतिखेर यहाँका स्थानीयवासी सक्रिय बनेका छन् ।

करिब डेढ किलोमिटर लामो अनुमान गरिएको उक्त गुफा तिक्लाङ खेलमैदानको बीचबाट सेती नदीको तिरस्थित चुनेपहरोसम्म रहेको स्थानीयवासी बताउँछन् ।

स्थानीयहरू यस गुफाका सम्बन्धमा धेरै पहिलादेखि जानकार भए पनि यसको पर्यटकीय उपयोगप्रतिको चासो भने विस्तारै विकसित भएको चुने पहरा सुन गुफा संरक्षण समितिका अध्यक्ष सङ्गीत बानियाँले बताउनुभयो । गुफाको संरक्षण र विकाससँगै यसको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न तत्कालीन पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीले चासो दिनुभएको उहाँले जानकारी दिनुभयो ।

स्व अधिकारीका साथै उहाँपछि यहाँका प्रतिनिधिसभा सदस्य विद्या भट्टराई, तत्कालीन वडाध्यक्ष शिवप्रसाद आचार्य हुँदै वर्तमान वडाध्यक्ष रामचन्द्र अधिकारीले यस गुफाको प्रवर्द्धन र विकासका लागि सहयोग गर्दै आउनुभएको अध्यक्ष बानियाँले उल्लेख गर्नुभयो ।

पछिल्ला वर्षमा यसको पूर्वाधार विकासतर्फ पनि राज्यको चासो बढिरहेको बताउँदै उहाँले हालसम्म सङ्घीय र स्थानीय बजेट गरी करिब रु ५० लाख बराबरको पूर्वाधार विकासका क्षेत्रमा काम भइसकेको बजानकारी दिनुभयो ।

गुफाको संरक्षण, प्रवर्द्धन र विकासका लागि विसं २०७६ मा कार्यालय भवन निर्माण गरिसकिएको जनाउँदै अध्यक्ष बानियाँले गुफाको प्रवेशद्वारसहित परिसरको व्यवस्थापन, सिँढी बाटो निर्माणलगायत कामहरू सम्पन्न भइसकेका उल्लेख गर्नुभयो ।

गुफासमेत समेटिएको करिब ३० रोपनी क्षेत्रफल जग्गा रहेको बताउँदै उहाँले यसको पर्यटकीय उपयोग गर्ने सोच राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार रहस्यात्मक गुफाभित्र प्राकृतिक रूपमा बनेका विभिन्न आकृतिसँगै ठूलो सङ्ख्यामा रहेका चमेरा अवलोकन गर्न सकिन्छ ।

पूर्वाधार विकासलाई प्राथमिकतामा राखी काम भइरहेको बताउँदै अध्यक्ष बानियाँले गुफा प्रवेशका लागि बिजुलीबत्तीको व्यवस्थापनसहित शौचालयलगायत पूर्वाधार निर्माण सम्पन्न गर्दै पर्यटकका लागि औपचारिक रूपमा खुला गर्ने सोच बनाइएको जानकारी दिनुभयो । गुफासहित यस परिसर प्राचीनकालदेखि धार्मिक रूपमा महत्वपूर्णस्थल रहेको उहाँको भनाइ छ ।

पृथ्वीराजमार्गअन्तर्गत पोखरा महानगरपालिका–३० पावरहाउसबाट करिब १० मिनेटको हिँडाइमा पुग्न सकिने यो गुफा पोखराको मुख्य बजारबाट सार्वजनिक यातायातबाट सहज रूपमा आउनजान सकिन्छ । गुफाभन्दा माथि रहेको तिक्लाङ चोकसम्म पोखरा महानगरका सार्वजनिक बसहरू नियमित रूपमा सञ्चालन हुँदै आएका छन् ।

पछिल्ला समयमा कृषि पर्यटनको आकर्षक केन्द्रसमेत भएको तिक्लाङसहित समग्र बागमारा क्षेत्र दूधको सहरका रूपमा पनि प्रसिद्ध छ । गुफा अवलोकन गर्न आउने पोखरा र आसपासका आन्तरिक पर्यटकले यस क्षेत्रमा उत्पादित दूध तरकारी आदि कोसेलीका रूपमा लैजान सक्छन् ।

पोखराको दोभिल्ला हुँदै पुडिटारसम्म विश्व बैंकको सहयोगमा बनेको फराकिलो सडकका कारण पनि यहाँको मुहार फेरिएको स्थानीय बताउँछन् । गुफासहित यस क्षेत्रको पर्यटकीय विकासलाई वडाले प्राथमिकतामा राखेको पोखरा–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले बताउनुभयो ।

“हामीले यस क्षेत्रका हरेक सम्भावनालाई उजागर गर्न खोजेका छौँ”, उहाँले भन्नुभयो, “सुन गुफाको प्रवर्द्धनसँगै यहाँका कृषि पर्यटनका हरेक सम्भावनालाई पनि सँगसँगै लैजाने हाम्रो लक्ष्य छ ।”

सुन गुफा धेरै पर्यटकीय सम्भावना भएको गन्तव्यका रूपमा रहेको बताउने युवा पदम थापाले यसको पर्यटकीय उपयोगमा सबैको चासो पुग्नुपर्नेमा जोड दिनुभयो । यसको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार हुनसकेमा आन्तरिक पर्यटनको विकाससँगै पोखरा आउने विदेशी पर्यटकको बसाइँ लम्ब्याउन पनि सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“गुफा अवलोकनका लागि पर्यटकको आगमन बढाउन सकेमा त्यसले यहाँका स्थानीयको रोजगारी अभिवृद्धिमा पनि महत्वपूर्ण सहयोग पुग्ने देखिन्छ”, उहाँले भन्नुभयो, “बढ्दो पर्यटकको आगमनले यहाँका उत्पादनको बजारीकरणमा पनि सहयोग पुग्ने भएकाले अर्थतन्त्र चलायमान बनाउनसमेत गुफाको पर्यटकीय उपयोग आवश्यक छ ।”

Previous Post

तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

Next Post

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

metakhabar

metakhabar

सम्बन्धित खबर

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

२० बैशाख २०८३,
राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
फिचर-ब्यानर

राष्ट्रपतिद्वारा अध्यादेश जारी

२० बैशाख २०८३,
सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
आवाज

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

२० बैशाख २०८३,
प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
Load More
Next Post
चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In