खाना खाएपछि ओछ्यानमा पल्टिहाल्ने गर्दा खाना राम्ररी पच्दैन र अनेकथरी समस्या उब्जिन्छ । खासमा हाम्रो पाचन प्रणालीले पेटमा एउटा एसिड वा अम्ल निकाल्छ जसले पाचनलाई दुरुस्त राख्छ । तर यो एसिड आवश्यकताभन्दा बढी बन्यो भने पेटसम्बन्धी समस्या आइलाग्छ । एसिडिटी बढेमा पेट पोल्ने, छाती पोल्ने, वाकवाकी लाग्ने, अमिलो डकार आउने, भोक कम लाग्ने जस्ता समस्याहरु देखिन्छन् । यहाँ एसिडिटीका केही कारण बताइएको छ जसलाई चिनेर उपचार गर्न सकिन्छ—
१. अनियमित खानपान
२. तारे, भुटेको, मसला धेरै भएको खानेकुरा खानु
३. पर्याप्त पानी नपिउनु
४. लामो समय भोको बसेमा
५. खाना राम्ररी नपच्नु
६. तनावग्रस्त हुनु
७. धूम्रपान, मद्यपानले
उपचार
– छाती पोल्न थाल्यो भने अलैंची सेवन गर्नाले फाइदा हुन्छ ।
– अदुवाको रसमा कागती र मह मिलाएर पिउनाले पेट पोलेको ठीक हुन्छ र एसिडिटीको समस्या हट्छ ।
– खाना खाएपछि सूप खाँदा खाना मजाले पचाउँछ र पेट पोलेको पनि यसले ठीक गर्छ ।
– भोक लाग्दैन र पेट पोलिरहन्छ भने अश्वगन्धा सेवन गर्दा फाइदा हुन्छ ।
– पेटमा ग्यास भरिने समस्या छ भने चन्दनको प्रयोग गर्दा चिसो बनाउँछ र पेट पोलेको, छेरपाटी लागेको र पेटको गडबड ठीक पार्छ ।













