प्रेमिकाले कुरा बनाउँदै प्रेमीलाई भनी— आज पत्रिकामा एउटा यस्तो समाचार छापेको थियो कि एउटा साइकलको लागि एउटा व्यक्तिले आफ्नी श्रीमती नै साटिदियो । तिमीले त विवाहपछि यस्तो त गर्दैनौ होला नि ?
प्रेमीले भन्यो— त्यो जस्तो मूर्ख म हो र, जाबो एउटा साइकलमा साट्ने । म त सकेसम्म एउटा कारभन्दा तलको कुरा त गर्दै गर्दिनँ ।
म त घरमै थिइनँ
दुई जना साथी एकआपसमा कुरा गर्दै थिए ।
पहिलो साथीः अरे ! तँ कति मूर्ख मान्छे होस् ? तैँले स्वास्नीसँग प्रेम गर्दा कमसेकम झ्यालको पर्दा त लगाउने गर ।
दोस्रो साथीः तँलाई कसरी थाहा भयो ?
पहिलो साथीः मैले राती देखेँ ।
दोस्रो साथीः कस्तो वाहियात कुरा गरेको तैँल ? राती त म घरमै थिइनँ ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













