• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

    ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निर्माणाधीन हुलाकी सडक खण्डको निर्माण कार्य अलपत्र

by
१९ भदौ २०८०,
0
निर्माणाधीन हुलाकी सडक खण्डको निर्माण कार्य अलपत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर।कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडक आयोजनाको दुई खण्डको निर्माण अलपत्र छ । पाँचौँपटक थपिएको म्याद गत असार मसान्तमा सकिएपछि हुलाकी राजमार्ग योजना कार्यालय धनगढीले छैटौँपटक म्याद थपेको छैन ।

म्याद थपका लागि निर्माण व्यवसायीले प्रक्रिया अघि बढाएको भए पनि निर्माण गर्ने छाँट नदेखाएकाले पनि म्याद थपको विषय अन्योलमा परेको छ । हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनियर दीपक सुनारले निर्माण व्यवसायीले काम थाल्ने अवस्थामा मात्रै म्याद थप हुनसक्ने संकेत गरे ।

‘काम नगर्ने र म्यादमात्रै थप्ने वातावरण देखिए ठेक्का तोड्ने स्थिति छ”, उनले भने, “निर्माण व्यवसायीको काममा म्याद थपको निर्क्यौल लाग्छ ।’ पुर्नबास नगरपालिकाको डोकेबजारबाट बेदकोट नगरपालिकाको दैजीचोकसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणका लागि विसं २०७३ फागुनमा काम सम्झौता भएको थियो ।

तीस महिनामा सक्ने गरी तीनवटा प्याकेजमा सम्झौता भए पनि पाँचौँपटकको म्यादमा रहेर पहिलो प्याकेज (डोकेबजार–बेलौरी) खण्डमात्रै सकिएको हुलाकी राजमार्ग योजना कार्यालयको भनाइ छ । यहाँ बेलौरीबाट बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजमा साढे नौ किलोमिटर सडकमात्रै कालोपत्र भएको छ ।

उक्त कामको जिम्मा रु ४१ करोड ४१ लाखमा बाबा हंस–सिद्धीसाई जेभीले पाए पनि अझै ५० प्रतिशतभन्दा बढी काम गर्न बाँकी छ । उक्त निर्माणको जिम्मेवारी पाएको निर्माण व्यवसायी योजना कार्यालयको सम्पर्कमा समेत नरहेको बुझिएको छ । सो प्याकेजको पहुँच क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्र गर्न अवरोध छ ।

त्यसैगरी हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी–दैजी) २४ किलोमिटरमध्ये साढे आठ किलोमिटर सडकमात्रै कालोपत्र भएको इन्जिनियर सुनारले बताए। ‘उक्त अन्तिम प्याकेजको म्याद थप अन्योल भएकाले निर्माण व्यवसायीले काम गरेको रु ६५ लाख रकम दिन पनि बाँकी छ’, उनले भने, ‘दोस्रो प्याकेजको काम यही निर्माण व्यवसायीले गर्नेमा आशंका देखियो ।’

लामो समय बितिसक्दा पनि निर्माण व्यवसायीले सम्झौताअनुसार निर्धारित समयभित्र काम सक्ने भए पनि बेवास्ता गरेको देखिएको छ । ‘अब ढिलोमा छ–सात महिनामा सकिने काममात्रै बाँकी छ’, उनले भने, ‘तर काम गर्ने माहोल नदेखाएकाले समस्या भएको हो ।’

त्यसैगरी कैलालीमा ७३ विभिन्न खण्डमा निर्माण भइरहेको छ । ‘कैलालीमा हुलाकी सडकका सबै प्याकेजको म्याद रहेकाले काम भइरहेको छ’, इन्जिनियर सुनारले भने, ‘तर यस वर्ष बजेट कम विनियोजन भएकाले योजनाका लागि आर्थिक अभाव हुनसक्छ ।’ हुलाकी सडक निर्माणमा कैलाली र कञ्चनपुरमा अर्बौँ रकम खर्चिएको छ ।

Previous Post

नासाको स्पेस एक्स क्रु सिक्स पृथ्वीमा फर्कियो

Next Post

अमेरिकामा पर्यटक बनेर जासुसी गर्छन् चिनियाँहरू

सम्बन्धित खबर

सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

१३ असार २०८३,
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
आवाज

रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

१३ असार २०८३,
लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा
आवाज

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

१३ असार २०८३,
अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
आवाज

अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

१३ असार २०८३,
कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु
समाचार

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

१३ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१३ असार २०८३,
Load More
Next Post
अमेरिकामा पर्यटक बनेर जासुसी गर्छन् चिनियाँहरू

अमेरिकामा पर्यटक बनेर जासुसी गर्छन् चिनियाँहरू

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In