गर्मी होस् या जाडो तरतरी पसिना चुहाउनु स्वास्थ्यका लागि लाभदायक नै हुन्छ । यसले शरीरमा जम्मा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ र अनेकथरी रोगबाट बचाउँछ । व्यायाम वा कडा परिश्रम गर्दा निस्कने पसिनाले त झन् शरीरलाई धेरै फाइदा गर्छ । पसिना धेर निस्कँदा हुने फाइदा निम्नबमोजिम छन् :
१. जति धेरै व्यायाम ग¥यो त्यति पसिना निस्कन्छ र शरीरबाट क्यालोरी पनि डढ्दै जान्छ । जसले गर्दा शरीरको तौल घटाउन सहज हुन्छ ।
२. शरीरबाट अत्यधिक पसिना निस्कँदा व्यक्तिले पानी धेरै पिउने हुँदा यसले शरीरको फोहोर सफा हुन्छ । मिर्गौलामा पत्थरी भएका मानिसलाई पसिना बगाउनु र पानीको मात्र बढाउनु धेरै फाइदा छ ।
३. पसिना निस्केपछि सँगसँगै शरीरको फोहोर पनि बाहिर निस्कन्छ र छालाको रोम छिद्र खुलेर छाला सफा हुन्छ ।
४. अधिक मात्रामा पसिना निस्कँदा मृत छाला पनि सँगसँगै झर्छ र त्वचामा प्राकृतिक निखार आउँछ ।
५. अधिक पसिना निस्कँदा शरीरमा रक्तसञ्चार तेज हुनुको साथै शरीरको तापमान पनि सन्तुलित भई दिमाग फ्रेश हुन्छ, तनाव हट्छ र पूरा शरीर स्वस्थ हुन जान्छ ।
६. शरीरको फोहोर पसिनामार्फत निस्कने भएकाले अनुहारमा डण्डिफोर समस्या कम हुन्छ ।













