– आफू बच्चा हुँदाका कमजोरी र आफूले अभिभावकलाई दिएका दुःख बिर्सेर केवल आफू बच्चा हुँदा क्षमतावान थिएँ, तिमी अझै यस्तो छौ भनि तुलना गर्नु सबैभन्दा ठूलो भूल हुनसक्छ । यस्ता कुराले बालबालिकाको आत्मविश्वास कम्जोर हुन्छ ।
– बाल्य अवस्था बास्तवमै एउटा सिक्ने पक्रिया हो । उसले रोजेको अध्ययनको विषय ठूलालाई रुची नलाग्न सक्छ । उसले गरेको कामले अभिभावकलाई गर्व नलाग्न सक्छ । मन नपरेमा पनि उनीहरुको निर्णयमाथि दोष लगाउनुहुँदैन । अभिभावकको काम बच्चालाई निर्देशन दिने हो तर आफ्नो बिचार लाद्ने होइन ।
– बच्चाको क्षमतलाई लिएर उनीहरुलाई आत्मग्लानी हुने कुरा गर्नुहुँदैन । सबै बालबालिका जन्मदै विशेष क्षमता लिएर आउँदैनन् । दाजुभाई दिदीबहिनीबीच तुलना गर्दा उनीहरुबीच विश्वासको खाडल उत्पन्न हुनसक्छ । यदि बालबालिकालाई तुलना गर्न थालियो भने अभिभावकप्रति उनीहरुको नकारात्मक धारणा उत्पन्न हुनथाल्छ ।
– कहिलेकाहीँ बालबालिकाको व्यवहारले अभिभावकले आफूहरु एक्लै बस्न पाए पनि हुन्थ्यो भन्न थाल्छन् र झगडा गरे भनेर उनीहरुलाई एक्लै छोडिदिन्छन् । अभिभावकको यस्तो व्यबहारले बच्चाले आफूलाई अपमानित गरेको महशुस गर्छन र बिस्तारै डिप्रेसनको शिकार पनि हुनसक्छन् ।
– अभिभावकको इच्छाविपरित गएर कतिपय बालबालिकाले आमाबुबाको भावनामा चोट पु¥याउँछन् । तर बालबालिकाको अत्यधिक आलोचना गर्नु हुँदैन । उनीहरुलाई मानसिक रुपमा असर पर्न सक्छ । अबोध बालबालिकाले जे पनि गर्न सक्छ । बालबालिका सानै भए पनि आफ्नो निर्णय गरुन ।
– तिमी जस्तो बच्चा हुनुभन्दा त निसन्तान हुन बेस भन्ने अभिव्यक्ती आक्रोश र आवेगको परिणाम हुन सक्छ । तर यसले बालबालिकामा गम्भीर असर गर्छ । निश्चय नै यस अभिव्यक्तिले बालबालिकालाई मानसिक रुपमा चोट पु¥याउँछ ।
– साथी बनाउँदा हामी बयस्क मानिसले त सोच्दैनौ भने बालबालिकाले कसरी सोच्छन् होला ? त्यसैले यस्तो साथी बनाउ, त्यस्तो नबनाउ भनेर धेरै टिकाटिप्पणी गर्नु हुँदैन । साथी बनाउने सबालमा बालबालिका र हामीबीच एक मात्र फरक के छ भने खराब साथीबाट कसरी टाढा रहने भन्ने विषयमा हामीलाई थाहा हुन्छ तर बालबालिकालाई हुँदैन ।













