• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जापानः फुकुसिमा आणविक ऊर्जा केन्द्रुबाट पानी प्रवाह शुरु

by
८ भदौ २०८०,
0
जापानः फुकुसिमा आणविक ऊर्जा केन्द्रुबाट पानी प्रवाह शुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चीन र कोरियाको चर्को विवादका बाबजुद जापानले फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट प्रशोधित रेडियोधर्मी पानी प्रशान्त महासागरमा प्रवाह गरेको छ।

लगभग पाँच सय ४० वटा ओलम्पिक पौंडी पोखरीमा हुने बराबरको प्रशोधित पानी प्रशान्त महासागरमा आजदेखि प्रवाह गरिएको जनाउँदै जापानले त्यो सुरक्षित रहेको दाबी गरेको छ।

सन् २०११ को सुनामीपछि बिग्रिएका आणविक रिएक्टरहरूलाई चिसो पार्न प्रयोग गरिएको उक्त परिमाणको सबै पानी समुद्रमा विसर्जन गर्न १७ दिन लाग्ने जापानी वैज्ञानिकहरूले बताएका छन्।

अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी आइएईएको स्वीकृतिमा पानी प्रवाह गरिएको हो। आइएइएएका सुपरिवेक्षकहरू आणविक केन्द्रको जलप्रवाहस्थलमा बस्ने र उनीहरूले केन्द्रबाट महासागरमा प्रवाह भएको पानी र माछाको नमूना सङ्कलन गर्नेछन्।

जापानले ट्रिटियम बाहेक सबै रेडियोएक्टिभ तत्वलाई प्रशोधन गरिएको बताएको छ। ती तत्वलाई पानीबाट हटाउन सकिदैन। हाइड्रोजन आइसोटोप पनि प्रवाह गरिएको छ।

आइएईएले आणविक केन्द्रको दूषित पानी प्रशोधन गरी सुरक्षितरूपमा महासागरमा प्रवाह गर्ने जापानको योजनाले स्वास्थ्य र वातावरणमा प्रभाव नगण्य हुने भन्दै गत महिना जापानी प्रस्तावलाई अनुमोदन गरेको भए पनि त्यसको निरन्तर विरोध भइरहेको छ।

चीन र दक्षिण कोरियाले जापानको उक्त कदमलाई अत्यन्त स्वार्थी भन्दै त्यसको कटु आलोचना गरेका छन्। उनीहरूले महासागर कुनै पनि देशको फोहर विसर्जन गर्ने स्थल नभएको बताएका छन्।

“समुद्र सम्पूर्ण मानवजातिको साझा सम्पत्ति हो र फुकुसिमाको आणविक फोहोर पानीलाई जबरजस्ती समुद्रमा मिसाउनु अन्तरराष्ट्रिय सार्वजनिक हितको बेवास्ता गर्ने अत्यन्त स्वार्थी र गैरजिम्मेवारपूर्ण कार्य हो,” चीनको विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर भनेको छ।

यसअघि चीन, मकाउ र हङकङले फुकुसिमा र टोकियो वरपरबाट जापानी समुद्री उपज आयातमा प्रतिबन्ध लगाएर विकिरण अनुगमनलाई तीव्र पारेका थिए। हङकङका प्रमुख कार्यकारी जोन लीले जलप्रवाहलाई गैरजिम्मेवार कदम भनेका छन्।

वैज्ञानिकहरूले पानी प्रवाहबाट कुनै समस्या नहुने बताए तापनि सार्वजनिक चिन्ताका बीच दक्षिण कोरियाले पनि फुकुशिमाबाट माछा र खाद्यान्नको आयातमा प्रतिबन्ध लगाएको छ। दक्षिण कोरियाको मुख्य विपक्षी पार्टीले उक्त कदमविरूद्ध मैनबत्ती बालेर राजधानी सोलमा विरोधप्रदर्शन गरेको छ।

सोलस्थित जापानी दूतावासमा पनि विरोधप्रदर्शन भएको छ। प्रदर्शनकारी युवाको एउटा समूह दूतावास रहेको आठौं तलामा पुगेको थियो। त्यहाँ प्रवेश गरेका १४ जना प्रदर्शनकारीलाई हिरासतमा लिइएको छ।

सन् १९८६ मा भएको चेर्नोविल दुर्घटनापछि फुकिसिमा आणविक केन्द्र दुर्घटना विश्वकै दोस्रो भयानक विपत्ति हो। सुनामीसँगै भएको नौ रिक्टर स्केलको भूकम्पमा परी उत्तरपूर्वी जापानका २० हजारभन्दा बढीको मृत्यु भएको थियो।

Previous Post

धरानमा शुक्रबार राति १२ बजेबाट निशेधाज्ञा जारी

Next Post

फ्रान्समा अब १७ वर्षमै ड्राइभिङ लाइसेन्स पाइने

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
फ्रान्समा अब १७ वर्षमै ड्राइभिङ लाइसेन्स पाइने

फ्रान्समा अब १७ वर्षमै ड्राइभिङ लाइसेन्स पाइने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In