• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जीवन धान्न नौ महिना चौँरी खर्कको बास

by
१६ कार्तिक २०७९,
0
जीवन धान्न नौ महिना चौँरी खर्कको बास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ तेम्बाथानका जाङ्बु शेर्पाको बास वर्ष दिनमा नौ महिना उच्च हिमाली भेगमा बित्छ । घर खर्च चलाउनका लागि चाँैरी स्याहार्दै जङ्गली जनावरको समेत सामना गर्दै उनी बाँकी तीन महिनाका लागि मानव बस्तीमा झर्छन् ।

हरेक वर्ष पुसदेखि कात्तिकसम्म शेर्पाले विकट हिमाली भेगमा रहेको चौँरी खर्कमा बिताउने गरेका छन् । यो समयमा उनको सङ्गत आफ्नै परिवारका सदस्यका अलावा चौँरी र आसपासका चौँरीपालक किसानसँग मात्र हुन्छ । पुस्ताँैदेखि चौँरीपालन व्यवसाय गर्दै आएका शेपा मात्रै होइन, सिन्धुपाल्चोककै पारिगाउँको नामले चिनिने जुगल गाउँपालिका(३ गुम्बाका दर्जन बढी चौँरीपालक किसानको दैनिकी हो यो ।

चौँरीबाट हुने आम्दानीका लागि शेर्पाले नौ महिनासम्म दुःख गरेर आफ्नो जीविकोपार्जन धान्ने गरेका छन् । आफ्नो परिवारसमेत सँगै लैजाने गरेको उनले सुनाउनुभयो । “पढेको छैन, अरु सीप पनि छैन”, शेर्पा भन्छन्, “परिवारको सदस्यलाई पाल्नसक्ने खर्चको जोहो गर्नकै लागि लेकको बास भएको छ ।”

वर्षमा पाँचभन्दा बढी ठाउँमा चौँरीको गोठ सार्नुपर्छ । साथसाथै चौँरीपालकले आफ्ना बालबच्चाको आश्रय पनि परिवर्तन गरिरहेका हुन्छन् । जुगल हिमालको बेसक्याम्प रहेको पुम्बासेर्पु, नेपेमासालसम्म उनीहरूले चौँरीको गोठ सार्छन् । पुम्बासेर्पु समुद्री सतहबाट चार हजार पाँच सय मिटरमा पर्छ । ‘बाबु हजुरबादेखि थाहा भएसम्म यही पेसा गरेँ, खर्कमै हुर्किएँ अनि मैले पनि यही पेसालाई निरन्तरता दिएँ”, जुगल हिमालको फेदीमा पर्ने ङिमाल्हा खर्कमा भेटिएका जाङ्बुले भन्छन्, “चाँैरी चराउने, दुहुने, छुर्पी र घिउ बनाउने दिन यसरी नै बित्छ”, बच्चैदेखि हिमाली भेगमै बसेकाले जङ्गली जनावरको डर नलाग्ने उन बताउँछन् ।

खर्कका पुरुष सदस्य अन्न सकिएपछि गाउँमा खाद्यान्न लिन जाने भए पनि महिला र बालबालिकाले नौ महिनाको अवधिमा कुनै घर र नौला मान्छे देख्न पाउँदैनन् । सारा संसार खर्क नै हुन्छ । उनीहरु जाडो बढ्दै गएपछि केही समय मानव बस्तीको नजिक पुग्ने भए पनि बाँकी समय फराकिलो खर्कको सीमित व्यक्तिसँगको सहकार्यमै रमाउँछन् ।

छ जनामध्ये चार जनाको परिवारसहित खर्कमा भेटिएका पेरोम्जी शेर्पा वर्षभरि दुःख गरेर रु दुई लाखसम्म आम्दानी हुने बताउँछन् । “आफँै बजार पुग्न भ्याइँदैन, खर्कमै आएर ठेकेदारले दिएको मूल्यमा छुर्पी र घिउ बेच्नुपर्छ”, शेर्पा भन्छन्, “दुःख धेरै आम्दानी कम भए पनि चित्त बुझाउनुपरेको छ ।” शेर्पाका पछिल्ला दुई सन्तान आफन्तकामा बसेर पढ्दै गरेको भए पनि अघिल्ला एक छोरी र छोराले भने खर्कमा आफूलाई सघाउनुपर्दा पढ्न पाएका छैनन् ।

बाबु(आमालाई सघाउन खर्कमा बसेकी १७ वर्षीया फूर्पा शेर्पालाई गाउँ जाँदा आफ्ना उमेरका साथीहरूको व्यवहार अनौठो लाग्छ । खर्कमा जन्मिएर खर्कमै हुर्किएकी फूर्पालाई वर्षको तीन महिना गाउँ नजिक हुँदा गाउँले जीवनले लोभ्याउँछ तर पनि उन चौँरी, खर्क र आफ्नो परिवारको घेराबाट निस्कन सकेकी छैनन्।

“गाउँ पुग्दा साथीहरूले के(के कुरा गर्छन्, म त केही बुझ्दिनँ”, मुस्किलले थोरै मात्र नेपाली भाषा बोल्ने फूर्पाले भनिन्, “बा(आमालाई सघाउनुपरेकाले गोठमै बस्नुपर्छ, गाउँका कुरा केही थाहा हुँदैन ।”

साविक गुम्बा गाविसको तेम्बाथान र दिपुबाट पुसमा गोठ सार्न थालेपछि यहाँका चाँैरीपालक किसान निमाला, दोङ्जाङमा, चाँसीखर्क, थालदर, नेपेमासाल हुँदै जुगल हिमशृङ्खलाको बेसक्याम्प पुम्बासेर्पुसम्म गोठ सार्छन् । तेम्बाथान र दिपुलगायत गाउँका शेर्पाहरूको प्रमुख आयस्रोत नै चौँरी व्यवसाय हो । रासस

Previous Post

दक्षिणी अफ्रिकी कपडा खुद्रा विक्रेताहरूले चिनियाँ आयातलाई घटाउँदै

Next Post

लामो समयदेखि चिनियाँ ऋण सम्झौताको पर्खाइमा पाकिस्तान र श्रीलङ्का

सम्बन्धित खबर

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

४ भदौ २०८३,
आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
फिचर-ब्यानर

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भदौ २०८३,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भदौ २०८३,
Load More
Next Post
लामो समयदेखि चिनियाँ ऋण सम्झौताको पर्खाइमा पाकिस्तान र श्रीलङ्का

लामो समयदेखि चिनियाँ ऋण सम्झौताको पर्खाइमा पाकिस्तान र श्रीलङ्का

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In