समुद्रभित्र रातको समयमा मात्र हिँडडुल गर्ने अक्टोपस अनौठो जनावर हो । अक्टोपसको शरीर ४ इन्चदेखि ५० फिटसम्म लामो हुन्छ । यसका तीनवटा मुटु र आठवटा खुट्टा हुन्छन् । आठवटा खुट्टा हुने भएकोले नै यसलाइ अक्टोपस भनिएको हो । हालसम्म पृथ्वीमा १० हजारभन्दा बढी प्रजातिका अक्टोपस फेला परेका छन् । सबै अक्टोपस मांशाहारी हुन्छन् । ढाड नभएका प्राणीमध्ये अक्टोपस सबैभन्दा बुद्धिमान मानिन्छ । केही वैज्ञानिकहरुले यसको मष्तिष्क शक्ति मान्छेको झैँ सबल हुने बताएका छन् ।
प्रायः सबै अक्टोपस विषालु हुन्छन् तर चीन र इटालीका केही मान्छेले भने यसको भोजन पनि गर्छन् । शत्रुको सामुन्ने पुग्दा यसले आफ्नो ग्रन्थीबाट कालो धुवाँजस्तो विषालु पदार्थ निकाल्छ । निलो छाला भएको अक्टोपस संसारकै विषालु प्राणीमध्येमा पर्छ ।
साभारः ‘अनौठा कुरा’ पुस्तकबाट













