हामीले मूलरुपमा आत्मप्रेरणाको उपलब्धि चाहेका छौँ । यो उपलब्धिपछिको मान्छे अरुका लागि नभई आफ्नै लागि काम गर्नथाल्छ । यो लामो समयसम्म टिकने प्रेरणा हुन्छ ।
मान्छेको सबैभन्दा ठूलो प्रेरक भनेकै आफूभित्रको विश्वास हो । हामी हरेक मान्छे आफ्ना काम र व्यवहारका लागि आफै जिम्मेवार छौँ । जिम्मेवार अरु होइनन् भन्ने विश्वास हामीमा कायम रहनुपर्छ । जिम्मेवारी स्वीकारबाट नै स्वच्छप्रकारको सम्बन्ध टिमभावनाको वातावरण, विकसित हुनुपुग्छ । यस प्रकारको मेलमिलापले उत्पाकत्व र गुणस्तरजस्ता अनेकौँ पक्षमा सुधार ल्याउँछ ।
साभारः ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट













