• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकी भिसामा नेपालीलाई थप कडाइ, भेनेजुएला र क्युबाकै क्याटागोरीमा नेपाल

    अमेरिकी दूतावासद्वारा प्रहरीलाई ‘डिजिटल फरेन्सिक’ उपकरण हस्तान्तरण

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

    चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

    चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

    आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

    आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेनीमा परम्परागत ‘बर्खे नाच’ देखाउन सुरु

by
५ भदौ २०८०,
0
बेनीमा परम्परागत ‘बर्खे नाच’ देखाउन सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेनी । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत बर्खेनाच देखाउन सुरु भएको छ । बेनी बजारमा बस्ती बसेदेिख नै बर्खेनाच सुरुआत भएको जनाइएको छ । बेनीमा विशेषगरी नेवार समुदायका अगुवाइमा यो नाचले निरन्तरता पाउँदै आएको छ । घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालीका तीजको दिनसम्म विभिन्न नाचहरु देखाइने यस बर्खे नाचले यहाँ जात्राकै रौनक दिने गरेको छ ।

बर्खेनाच अन्तर्गत सोमबारदेखि बेनीमा लाखे नाच देखाउन सुरु भएको छ । नागपञ्चमीको दिनदेखि लाखेनाच देखाउन थालिएको नेपाल भाषा मंकाः खलः ले जनाएको छ । मंका खल अन्तर्गतको युवाहरुको समूह ल्यामः पुचको नेतृत्वमा बर्खेनाच देखाउने गरिन्छ । यस बर्ष लाखे, घोडा, गोरु, रोपाइँ, नागानागीनी, धानको बाला र जोगी नाच देखाइने भएको छ ।

परम्परागत रुपमा देखाइदै आइएको बर्खेनाचलाई संरक्षण गर्दै हराएर जाने अवस्थामा पुगेका नाचहरुलाई समेत बर्खेनाचमा निरन्तरता दिइएको ल्याम पुचका अध्यक्ष जेनेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस वर्षको बर्खेनाचमा करिब एक दशक बढी समयपछि धानको बाला नाच देखाउन लागिएको हो ।

मंकाः खलः ले दुई सय बर्ष पुरानो बर्खेनाचको निरन्तरताको लागी नयाँ कलाकारहरुलाई तालिम दिने गरेको छ । नाचका विभिन्न नाचहरुमा ४० जनासम्म कलाकारहरु सहभागी हुने गर्छन् । आधुनिकताको प्रभाबले मौलिक र रैथाने संस्कृतिहरु लोप हुँदै गैरहेको सन्दर्भमा यहाँ सो समुदायले बर्खेनाचलाई जीवन्त राखेका छन् ।

बर्खेनाचका दर्जनौँ नाचहरु लोप हुने अवस्थामा पुगेको सन्दर्भमा युवाहरुको जागरणले संरक्षण र संवद्र्धनमा टेवा पुगेको नेपाल भाषाः मंकाः खल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । यस बर्ष पनि युवाहरुलाई आवश्यक तालिम र परामर्श दिएर व्यवस्थित गराउने प्रयास गरिएको उनले जानकारी दिए ।

बर्खेनाच यहाँका नेवार समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेपनि पछिल्लो समय यसको निरन्तरता र संरक्षणको लागि अन्य समुदायको समेत सहभागीता हुन थालेको छ । बर्खे नाचमा मृढृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबै जसो नाचमा परम्परागत समाजको चित्रण गरिएको हुन्छ ।

खासगरी लाखे नाचमा परापूर्व कालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति बियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ । नागानागिनी नाच भने जनैपूर्णिमा पर्वदेखि दुईदिन बर्षभरी दिवंगत भएका व्यक्तिहरुको सम्झनामा देखाउने चलन छ । बर्खेनाच अन्र्तगत तीजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछी असत्यमाथि सत्यको विजयी हुने सन्देश सहित यो नाच समापन गरिने चलन छ ।

Previous Post

सिआईबीले लियो उपप्रधानमन्त्री गच्छेदारसँग बयान

Next Post

पैसा बचत गर्ने तरिकाहरू

सम्बन्धित खबर

अमेरिकी भिसामा नेपालीलाई थप कडाइ, भेनेजुएला र क्युबाकै क्याटागोरीमा नेपाल
आर्थिक

अमेरिकी दूतावासद्वारा प्रहरीलाई ‘डिजिटल फरेन्सिक’ उपकरण हस्तान्तरण

१७ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१७ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

१७ असार २०८३,
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
फिचर-ब्यानर

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

१७ असार २०८३,
आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
फिचर-ब्यानर

आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

१७ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ असार २०८३,
Load More
Next Post
उपचारका लागि आर्थिक सहयोग

पैसा बचत गर्ने तरिकाहरू

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In