काठमाडौं ः नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिलभए ढुक्क’ योजनाकार्यक्रमल्याएको छ । यो योजनाअन्तर्गत बैंकले २० वर्ष सम्मकालागि सरल र सुलभ ब्याजदरमाआवास कर्जा उपलब्ध गराउने जनाएको छ ।
यस योजनामानबिलले दुई स्थिर ब्याजदरमा सुलभ कर्जा ल्याएको छ । जसमा७वर्षको लागिप्रतिवर्ष १०.९९प्रतिशतर १० वर्षको लागिप्रतिवर्ष ११.९९ प्रतिशत स्थिर ब्याजदर राखिएको छ ।
नबिलबैंकका पर्सनल लेन्डिङ युनिट प्रमुखचाँदनीश्रेष्ठले भनिन्, ‘जब घर कर्जाको कुरा आउँछ, घरधनीहरू हरेक महिनातिर्नु पर्ने प्रिमियम दरमाहुने परिवर्तनले आत्तिने गर्छन् । यस कुरालाई ध्यानमा राखेर हामीले ‘नबिल ढुक्क घर कर्जा’ ल्याएका छौँ ।’ यस योजनाअन्तर्गत घरधनीले आफ्नो कर्जा अवधिभर तोकिएको सुलभ ब्याजदरमाआश्वस्तहुन सक्ने उनले थपिन् ।
नबिलको यो योजनाले ग्राहकलाई घर बनाउने सपना पूरा गर्न सहजहुनेछ।बैंककाअनुसार नबिल ढुक्क घर कर्जाले पहिलो पटक घर खरिद गर्नेलाई ७० प्रतिशतसम्मवित्तीय सुविधाउपलब्ध गराउनेछ भने अन्यले झन्झटरहितकर्जा प्रक्रियामा ६० प्रतिशतसम्मवित्तीय सुविधाको फाइदालिन सक्नेछन् ।
यो योजनाले दुई लाख रुपैयाँ सम्मको क्रेडिट कार्ड सेवानिःशुल्कजारी गर्नेछ । यस घर कर्जा सुविधालिनको लागि सेवाग्राहीले नजिकैको नबिल बैंकको शाखामा सम्पर्क गर्न सक्नेछन् ।
नबिलबैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २० लाखभन्दा बढीसेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवाप्रदानगर्दै आएको छ । नबिलबैंकले नेपाली बैंकिङ क्षेत्रमानवीनतम सेवाको सुरुवातगर्न अग्रणी भूमिका खेलेको छ ।













