संसारमा धेरै खपत हुने पेय पदार्थ रक्सी विभिन्न चिजबिज र माध्यमबाट बन्छ । एक जना बेलायती युवकले भने पिसाब समेत मदिरा उत्पादन गरी सबैलाई आश्चर्यमा पारेका छन् ।
खासगरी मधुमेहका रोगीहरुबाट पिसाब संकलन गरी उनले ह्वस्की बनाउने गरेको तथ्य खुलेको हो । ती युवाले आफ्नै नाम गिल्फिनबाट उक्त मदिराको नाम ‘गिल्फिन पारिवारिक ह्वस्की’ राखेका छन् । आफै पनि मधुमेहपीडित ती युवाले आफ्नै बज्यैलगायत धेरै मधुमेहका रोगीहरुको पिसाब संकलन गरी उपभोगमा ल्याएको बताएका हुन् । संकलित पिसाबबाट चिनिको मात्रा अलग्याएर पिसाबलाई पूर्ण प्रशोधन गरी पिउन योग्य मदिरा बनाई बजारमा ल्याउने गरेका छन् । अब रोगीको पिसाब पनि उपभोगमा आउने भयो जँड्याहालाई पनि नयाँ स्वाद दिइने भयो ।
साभारः ‘अनौठा कुरा’ पुस्तकबाट













