• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

भक्तपुर–नगरकोट सडकखण्ड-सास्ती खेप्दै स्थानीयवासी

by
२६ साउन २०८०,
0
भक्तपुर–नगरकोट सडकखण्ड-सास्ती खेप्दै स्थानीयवासी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर– भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केको पाटीमा सडकभरि खाल्डैखाल्डो। अलिमाथि नेपाली सेनाको खरिपाटी ब्यारेकदेखि चाँगुनारायण नगरपालिका कार्यालय अगाडिसम्म कालोपत्र उप्किएर बनेका उस्तै खाल्डाहरु ।

त्यसमाथि नेपाली सेनाको ब्यारेक क्षेत्र घुमाउनेमा बाटो नै खस्ने गरी चर्किएको सडक, नगरकोटसम्म कालोपत्र भत्किएर बनेका खाल्डोभरि जमेको पानी, हिलाम्मे सडक । दश वर्ष अगाडि निर्माण सुरु भएर अझैसम्म सम्पन्न नहुँदा पटकपटक चर्चामा आइरहने ‘भक्तपुर(नगरकोट सडक खण्ड’को दृश्य हो यो । कमलविनायकदेखि नगरकोटसम्म देखिएको सडकको दूरावस्ता, ठाउँठाउँमा सडकको छेउँमा चर्किएर सडक नै पहिरोमा जाला भन्ने त्रास, सडकमाथिबाट झरेका पहिरोले कतिखेर मानवीय क्षति हुने दुर्घटना निम्त्याउँला भन्ने अर्को त्रास ।

प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने सडक हुँदै आहोरदोहोर गर्ने यहाँका बासिन्दाले विगत १० वर्षदेखि वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने उक्त सडकबाट खेप्नु परेको सास्ती कम दर्दनाक छैन । सडक निर्माणकै क्रममा वास्तोला गाउँमा भएको दुर्घटनामा एक स्थानीयले मृत्युको पीडा मात्रै होइन वर्षामा ठूलो पानी पर्दा हिलाम्मे सडकबाट बगेको हिलोपानीको आहाल घरभित्र पस्दा खेप्नु परेको सास्ती, हिउँदमा धुलाम्मे सडकका कारण ब्यहोर्नु परेको स्वास्थ्य समस्याको पीडा यहीँ सडक भएर ओहोरदोहोर गर्नेदेखि यहीँ सडक आसपासका बासिन्दाको दैनिकी कठिन भोगाइ बनेको छ ।

दश वर्षमा नवौँ पटक म्याद थप

दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएर सुरू भएको भक्तपुर–नगरकोट सडकखण्डको फेरि अन्तिम पटक भन्दै नवौँ पटक म्याद थप भएको छ । आगामी पुस मसान्तसम्म निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसक्नु पर्नेगरी सरकारले साउन ३ गते अन्तिम पटकका लागि म्याद थप गरेको विगत दुई वर्षदेखि सोही सडकको गुणस्तरीय परीक्षण गर्दै आएकी भक्तपुर नगरकोट सडक योजना कार्यालयकी सब इन्जिनियर सुमिता धुकुछुले बताइन्।

उनले भनिन्, ‘अब करिब ५०० मिटर सडकको काम गर्न बाँकी छ, कालोपत्र उप्किएर बनेका खाल्डाखुल्डी सडकको मर्मतसमेत सम्पन्न गर्दै आउँदो असोजसम्ममा सडक हस्तान्तरण गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ, त्यतिखेरसम्म सकिन्छ ।’

एक्जिम बैंक इन्डियाको ऋण सहयोगमा नेपाल सरकारसँग २०७३ असार ३ गतेसम्म सम्पन्न गर्नेगरि २०७१ जेठ २२ गते शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्त निर्माण गर्ने गरी २७ करोड रूपैयाँमा ठेक्का सम्झौता भएको उक्त सडकको लागत बढेर भ्याटसहित ३१ करोड पुगेको उनले बताइन् ।

भक्तपुरको भत्केकोपाटीदेखि नगरकोटसम्मको १५।६ किलोमिटर लामो उक्त सडकखण्डको काम नसकिएपछि गत चैतमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग मातहत रहेको सडक सुधार तथा विकास परियोजना निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्ने १४ दिने सूचनासमेत जारी गरेको थियो ।

तत्कालीन उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले गत फागुन १८ गते उक्त सडकखण्डको अनुगमन गर्दै चैत महिनाभित्र सडक निर्माण सम्पन्न गरी हस्तान्तरण नगरे ठेक्का सम्झौता रद्द गरी निर्माण कम्पनीलाई कारबाही गर्ने बताएपनि नयाँ मन्त्री आएपछि नवौँ पटक म्याद थप भएको हो । त्यसो त सरकारले अन्तिमपटक भन्दै २०७८ चैत १९ सम्मका लागि सातौँ पटक र २०७९ पुस मसान्तसम्म सम्पन्न गर्नेगरी फेरि आठौँ पटक म्याद थप गरेको थियो ।

विभिन्न चरणमा अनुगमनमाथि अनुगमन

भक्तपुर नगरकोट सडक खण्डको प्रगतिबारे जान्न भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा राजनीतिक संयन्त्रका प्रतिनिधि, जनप्रतिनिधिसहितको टोलीले गरेको अनुगमनमा सडक निर्माणमा गुणस्तरहित काम भएको निष्कर्ष निकालेको छ ।

त्यसो त यसअघि २०७९ फागुन १८ गते तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले उक्त सडकको अनुगमन पछि जनतासँग फागुन महिनाभित्र सम्पन्न नगरे कारबाही गरेर ठेक्का रद्द गर्ने आश्वासन दिएका थिए ।

त्यसअघि २०७८ कात्तिक २८ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले उक्त सडकको अनुगमन गरी स्थानीयसँग दुई महिनाभित्रमा निर्माण सम्पन्न नभए ठेक्का रद्द गरेर कम्पनीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिइन् । श्रेष्ठ र यादवले अनुगमन गर्दा स्थानीयले सडकमै सुतेर र सडकमै घेराबन्दी गरेर अवरोध गरेका थिए । त्यसअघि २०७६ साउन १३ गते तत्कालीन प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले अनुगमन गरी सन् २०२० को नेपाल भ्रमण वर्षअगावै सडक कालोपत्र पूरा गर्न निर्देशन दिएको थियो ।

विसं २०७६ मङ्सिर ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनलगत्तै प्रधानमन्त्री कार्यालयका सहसचिव यामलाल भुसालको संयोजकत्वको टोलीले, त्यसपछि तत्कालीन भौतिक योजनामन्त्री वसन्त नेम्वाङले, तत्कालीन मन्त्री एवं सांसद महेश बस्नेत, चाँगुनारायण नगरपालिकाका तत्कालीन प्रमुख सोमप्रसाद मिश्रसहितको टोलीले, नगर प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकीसहितको टोलीले पटकपटक यस सडकको अनुगमन गर्दै छिटो निर्माण सम्पन्न गराउन दबाब दिँदै आएका थिए ।

प्रधानमन्त्रीहरुसँगको भेट र आन्दोलनले पनि भएन सम्पन्न

यस सडक निर्माण छिटो सम्पन्न गराउन दबाब दिन स्थानीयवासी र जनप्रतिनिधिले पटकपटकका प्रधानमन्त्रीहरूसँग भेट गरेर जानकारी गराउँदा र पटकपटक आन्दोलन गर्दा पनि नतिजा दिन सकेन । सडक निर्माण सुरु भएपछि चाँगुनारायण नगरपालिकाका तत्कालीन नगर प्रमुख मिश्रको नेतृत्वमा गएको टोलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी सडक छिटो निर्माण सम्पन्न गराउन माग गरेका थिए ।

मिश्रले भने, ‘सरकार परिवर्तन हुने बित्तिकै प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई भेटेर ज्ञापनपत्र दिने र छिटो निर्माण सम्पन्न गराइदिन माग गर्दै दबाब दिएकै हो, तर नतिजा निस्किन नसक्दा, यस्ता ठेकेदार सरकारभन्दा बलिया हुँदा रहेछन् जस्तो लाग्यो ।’

त्यसो त २०७८ मा बागमती प्रदेशका तत्कालीन भौतिक योजनामन्त्री कृष्णलाल भँडेल, माओवादी केन्द्रका केन्द्रीय नेता डि।पी। ढकालले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग तत्कालीन नेकपा भक्तपुरले तत्कालीन भौतिक योजना मन्त्री वसन्त नेम्वाङसँग, नगरपालिकाका प्रमुख खत्री, माओवादी केन्द्रका नेताहरुसहितको माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेटेर आश्वासन पाएपनि तीव्रगतिमा काम भने भएन ।

जनप्रतिनिधि, स्थानीयवासी र पर्यटन व्यवसायीले सडक छिटो सम्पन्न गर्न माग गर्दै पाँच वर्षदेखि पटकपटक आन्दोलन गर्दै आएका छन् । स्थानीयले सडक अवरुद्ध गर्ने, ठेकेदार शारदाप्रसाद अधिकारीको तस्विर बादरसँग जोडेर पोष्टर सार्वजनिक सवारी साधन र सडकको भित्ता भित्तामा टाँस्ने, चाँगुनारायण नगरपालिका वडा नं। ६ र ७ का वडाध्यक्षले २०७९ असार १७, देखि १९ गतेसम्म सडकमै कार्यालय सञ्चालन गर्ने, नगरकोटका पर्यटन व्यवसायीले सडक अवरुद्ध गर्दै आए पनि अझै सडक निर्माणले पूर्णता पाएको छैन ।

यस्तो छ सरोकारवाला निकायको भनाइ

भक्तपुरका प्रजिअ रिजालले भक्तपुर नगरकोट सडक निर्माणको अन्तिम चरणमा पुगेपनि गुणस्तरहित कालोपत्र र खाल्डैखाल्डाले अहिले नै स्तरोन्नतिको आवश्यकता रहेको बताए । उनले निर्माण व्यवसायीले स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, सरोकारवाला निकायसँग समन्वय गरेर आएको समस्या समाधान गर्दै आउँदो दशैँसम्ममा सम्पन्न गर्न दबाब दिने बताए ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले प्रधानमन्त्री, भौतिक योजना मन्त्रीदेखि बिभिन्न निकायमा धाएको बताउदै सडक निर्माण सम्पन्न नगरे कारबाही गर्नुपर्ने बताउँछन्। उपप्रमुख रमेश बुढाथोकीले आयोजनालाई पटकपटक बोलाउँदा पनि नगरपालिकामा समन्वय गर्न नआएको बताउँदै समस्या आएको ठाउँमा नगर प्रमुख तथा उपप्रमुख आफै उभिएर समस्या समाधान गर्न तत्पर रहेको बताए। जनताको घरदैलोमा जानै नसक्ने अवस्था यो सडकले बनाएको बताए।

राप्रपाका केन्द्रीय उपमहामन्त्री एवं स्थानीयवासी रबिन्द्रप्रताप शाहले पानी पर्ने समयमा पहिरो र हिलोको समस्या, अरुबेलामा धुलोको समस्याले हैरान भएको भन्दै स्थानीयको पूर्ण सहयोग रहेपनि लापरवाही गर्ने ठेकेदारलाई कारबाही गर्नु पर्नेमा उल्टै म्याद थप गरेर पुरस्कृत गरेको बताउँछन् ।

एमालेका जिल्ला अध्यक्ष बचन देउजाले पहिलाको तुलनामा सडक धेरै बनेको देखिए पनि एक महिना पछि आउँदा नयाँ सडकसमेत बिग्रेर खाल्डो हुने गरि गुणस्तरहीन काम भएको बताए । माओवादी केन्द्रका जिल्ला संयोजक सुनिल वासुले सडक नै पहिरोको जोखिममा परेको बताउँदै स्थानयिदेखि निर्माण कम्पनीसम्मको लापरवाही देखिएको बताए। नेमकिपाका जिल्ला अध्यक्ष न्हुच्छेभक्त फोजूले पर्यटकीय सडकको कन्तबिजोग देख्दा सडक निर्माणमा लापरवाही गर्नेको म्याद थप्ने नभई लाइसेन्सनै खारेज गर्नु पर्ने बताउँछन्।

नेपाली काँग्रेसका जिल्ला सचिव सुशील बस्नेतले योजना ओगट्ने र म्याद मात्रै थप्ने गर्नु भन्दा यस्तै हालतमै भए पनि सडक हस्तान्तरण गरे नयाँ बजेट ल्याएर छिटो काम गर्न सकिने बताए। रास्वपाका जिल्ला संयोजक रामेश्वर बस्नेतले अब पनि सडक सन्पन्न नगरे जनस्तरबाट सरकारलाई नै दबाब सिर्जना गर्नुपर्ने बताए।

चानपा–६ नगरकोटका वडाध्यक्ष धनबहादुर लामाले वर्षौँदेखि जनताले दुःख भोग्दै आएको बताउँदै आउँदो दशैँमा हुने नगरकोट सडक महोत्सव अगावै निर्माण सम्पन्न हुनुपर्ने बताउँछन्। नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले सडककै कारण यहाँको पर्यटन व्यवसाय धराशायी बन्दा अर्बौँको लगानी र हजारौँको रोजगारी खोसिने अवस्थामा पुगेको भन्दै नगरकोट सडक निर्माण सम्पन्न गर्न सरकारले दबाब दिनुपर्ने बताउँछन्।

यसो भन्छन् आयोजनाका कर्मचारी

आयोजनाकी सव–इन्जिनियर साधना तिवारीले नेपाली सेनाले ढल हाल्न र ड्रोनको पानी खसाल्न नदिँदा घुमाउनेमा सडकनै पहिरो जाने अवस्थामा पुगेको, शिवशिखर सहकारीको पानी, चकलेट, प्याकेनिजङ फुड कारखानाको पानी सडकमा खसाल्दा खाल्डैखाल्डो भएको, युटर्नमा जग्गा प्लानिङ गर्नेहरूको पहिरो आएर पटकपटक अवरोध गरेको, बाधमारालगायत विभिन्न ठाउँमा नगरपालिकाले विस्तार गरेको शाखा सडकको सानो ड्रोन सडक बिगारेको, स्थानीयले निर्माण सामग्री सडकमै थुपार्दा कमजोर बनेको, कतै कुलो र कलर्भट नै परिदिँदा सडकबाटै पानी बगेर जोखिम भएको बताए ।

Previous Post

दुई कैदीको मृत्यु प्रकरणः १० प्रहरीसहित १५ जना नियन्त्रणमा

Next Post

पूर्वीनाका काँकडभिट्टामा सिसीक्यामेरा जडान

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
पूर्वीनाका काँकडभिट्टामा सिसीक्यामेरा जडान

पूर्वीनाका काँकडभिट्टामा सिसीक्यामेरा जडान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In