• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

    नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चुँदीरम्घामा भानुभक्तकालीन घर बनाइँदै

by
२६ साउन २०८०,
0
चुँदीरम्घामा भानुभक्तकालीन घर बनाइँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तकालीन घर निर्माण गरिने भएको छ । हाल भग्नावशेष अवस्थामा रहेको आदिकवि आचार्यको घरलाई भने सोही अवस्थामा नै संरक्षण गरिने भएको छ ।

भानुजन्मस्थल विकास समिति र भानु नगरपालिकाको समन्वयमा पश्चिमाञ्चल विकास मञ्चले आदिकवि आचार्यको जन्मघरकै स्वरुपमा नयाँ घर बनाउन लागेको हो । नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका आदिकवि आचार्यको सम्मानमा आफूहरूले देश तथा विदेशमा रहेका व्यवसायीबाट रकम उठाएर भानुभक्तकालीन घर बनाउन लागेको विकास मञ्चका संस्थापक अध्यक्ष तथा भानुभक्त घर निर्माण समितिका संयोजक रामकाजी कोनेले जानकारी दिएका छन् ।

‘हामी आफ्नै सक्रियता र व्यवसायीबाट जुटेको सहयोगबाट भानुभक्तकालीन घर बनाउने निष्कर्षमा पुगेका छौँ’, उनले भने । आचार्यको जन्मघरकै स्वरुपमा अर्को घर निर्माण नगरिएसम्म नेपाली साहित्यको सम्मान नहुने कोनेको भनाइ छ । उनले भने, ‘अब घर निर्माण ढिला गर्न हुँदैन । विभिन्न दाताबाट केही रकम जुटिसकेको छ । चाँडै घर निर्माण थाल्छौँ ।’

भानुभक्तकालीन घर निर्माणका लागि करिब रु एक करोड खर्च हुने मञ्चले जनाएको छ । उक्त घरको भित्री भाग सिमेन्ट र रडबाट निर्माण हुनेछ । एक वर्षभित्र नै सक्ने गरी निर्माण गरिने भूकम्पप्रतिरोधी उक्त दुईतले घरको बाहिरी आवरण भने परम्परागत र भानुभक्तकालीन शैलीको रहने छ । भग्नावशेष अवस्थामा रहेको आदिकवि आचार्यको घरको बाँकी रहेको ढुङ्गाको गाह्रोलाई भने सोही अवस्थामा तारबार गरी संरक्षण गरिने संयोजक कोनेले जानकारी दिए। हाल रहेको भग्नावशेष घरको पछाडि नयाँ घर निर्माण गरिने छ ।

‘आदिकविको जन्मघर दुरुस्तै हुनुपर्छ भन्नेमा हामी प्रतिबद्ध छौँ’, कोनेले भने, ‘भानुभक्तकालीन त्यही घर र घरको भग्नावशेष हेर्न देश तथा विदेशबाट पर्यटक आउने विश्वास छ ।’

मञ्चले सात वर्ष पहिले २०७३ सालमा ६८ लाख लागतमा उक्त घर बनाउन शिलान्याससमेत गरेको थियो । हाल सोही डिजाइनलाई केही परिमार्जन गरी घर बनाउन लागिएको हो । तर आगलागी र संरक्षण अभाव देखिएकाले त्यस समय आफूहरूले घर बनाउने काम रोकेको संयोजक कोनेले बताए । भानुजन्मस्थल विकास समितिले २०५७ सालमा ‘आदिकवि भानुभक्त’ चलचित्र बनाउने क्रममा करिब रु एक लाख १० हजारको लागतमा आचार्यको जन्मघर पुननिर्माण गरेको थियो ।

विसं २०६० मा भानु सामुदायिक वनमा आगलागी हुँदा खरको छानो रहेको उक्त घर जलेर नष्ट भएको थियो । आगलागी हुुनुअघि नै आदिकवि आचार्यले प्रयोग गर्ने मसी दानी, विभिन्न रचनाका पाण्डुलिपि, भाँडावर्तन, ओदान, ठेकी, मदानी, भोटेताल्चालगायतलाई भानुजन्मस्थल विकास समितिको हाताभित्र संरक्षण गरी राखिएको विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए।

‘आदिकविको घर हेर्न आउनेहरू भग्नावशेष देखेर खिन्न भएर फर्किने अवस्था छ’, उनले भने, ‘अब भानुभक्तकालीन घर बनेपछि साहित्यिक पर्यटक बढ्ने विश्वास लिएका छौँ ।’

भानुजन्मस्थल विकास समिति मातहत कार्यालय परिसरमा चार रोपनी र स्थानीय पुरनडिहीमा १४ रोपनी तथा भानुभक्तको जन्मघर शिखरकटेरीमा करिब ५० रोपनी गरी कुल ६८ रोपनी क्षेत्रफल जग्गा छ । नेपाल सरकारले शिखरकटेरीमा करिब दुई करोड ६० लाख लागतमा दुई वर्ष पहिले निर्माण गरेको रामायण भवनको समेत उचित संरक्षण हुनसकेको छैन । शिखरकटेरीको ५० रोपनी क्षेत्रलाई संरक्षण गर्न लगाइएको पर्खालसमेत केही स्थानमा भत्किएको छ ।

राज्यले भानुजन्मस्थल विकासका लागि पर्याप्त बजेट विनियोजन नगर्दा संरचना निर्माणमा विभिन्न दाताको भर पर्नु पर्ने बाध्यता रहेको समितिले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा विकास समितिको बजेट चालुतर्फ रु १५ लाख र पुँजीगततर्फ २५ लाख मात्र रहेको छ । विकास समितिमा हाल एक कार्यकारी निर्देशक, एक खरिदार, एक चौकीदार र एक कार्यालय सहयोगी कार्यरत छन् ।

आदिकवि आचार्यको जन्मस्थललाई साहित्यिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरी आर्थिक उन्नतीको लक्ष्य राखिएको भानु नगरपालिकाको कार्यालयले जनाएको छ । मञ्चले भानुभक्तकालिन घर बनाउन तत्परता देखाउनु सकारात्मक भएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताए। ‘भानुभक्त कालिन घर बनाउन विकास कोष अग्रसर हुनुलाई सकारात्मक रुपमा लिएका छौँ’, भानुजन्मस्थलमा बाटो र खानेपानीको व्यवस्था गरी सकेको बताउँदै अध्यक्ष त्रिपाठीले भने, ‘आगामी दिनमा भानुजन्मस्थलको व्यापक प्रचार गरी देश, विदेशका साहित्यकारलाई यो थलोमा जमघट गराउने योजनामा जुट्छौँं ।’

भानु नगरपालिकाको कार्यालयले विभिन्न संघ संस्था र व्यक्तिको सहयोगमा आदिकवि आचार्यको एक सय आठ फिटको पूर्ण कदको शालिक बनाउने र भानुकालिन गाउँ बनाउने योजना राखेको प्रमुख त्रिपाठीले बताए । बुबा धनञ्जय र आमा धर्मावतीका कोखबाट विक्रम सम्बत् १८७१ असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । हजुरबुबा श्रीकृष्ण आचार्यबाट संस्कृत शिक्षा पाउनुभएका अदिकवि आचार्यले संस्कृतमा लेखिएको रामायणलाई नेपालीमा उल्था गरी सबै नेपालीलाई भाषिक एकतामा जोडेका हुन् ।

Previous Post

५२ लाख नक्कली नेपाली नोटसहित ९ जना पक्राउ

Next Post

कृषिमा रमाउँदै लाहुरे गुरुङ

सम्बन्धित खबर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम
आवाज

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

१३ असार २०८३,
नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?
फिचर-ब्यानर

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

१३ असार २०८३,
नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा
आवाज

नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

१३ असार २०८३,
शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी
फिचर-ब्यानर

शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

१३ असार २०८३,
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल
आवाज

नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

१३ असार २०८३,
Load More
Next Post
कृषिमा रमाउँदै लाहुरे गुरुङ

कृषिमा रमाउँदै लाहुरे गुरुङ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In