• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार

    नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

    जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक

    जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक

    ‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा

    ‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा

    मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल

    मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ नै भएको भूगर्भ विभागको पुष्टि

by
२५ साउन २०८०,
0
टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ नै भएको भूगर्भ विभागको पुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गोरखा नगरपालिका–७, सतिपिपलबाट बरामद गरी विशेष सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालयमा राखिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ भएको खानी तथा भूगर्भ विभागले पुष्टि गरेको छ।

विभागबाट गोरखा आएको भूगर्भविद्को टोलीले दुईदिन लगाएर गरेको परीक्षणबाट उक्त टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ नै भएको पुष्टि गरेको हो।

ढुङ्गाको परीक्षण गरी विभागको टोलीले जिल्ला प्रशासन कार्यालय गोरखालाई परीक्षण प्रतिवदेन बुझाएको भूगर्भविद् डा सुस्मिता भण्डारीले जानकारी दिए।

‘परीक्षणबाट उक्त ढुङ्गा महत्वपूर्ण र बहुमूल्य रत्नपत्थर ९क्वार्ज क्रिष्टल० भएको पाइयो’, उनले भने, ‘संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्गीकरण गरिन्छ, सोही आधारमा बरामद गरिएको ढुङ्गा सातौँ नम्बरमा पर्छ।’

भूगर्भविद्को टोलीले टल्कने ढुङ्गाको नापतौल लिनुका साथै अन्य विभिन्न प्राविधिक पक्षबारे पनि परीक्षण गरेको भूगर्भविद् डा भण्डारीले जानकारी दिए। कडापनका आधारमा हीरा १० औँ नम्बरमा पर्ने उनको भनाइ छ।

टोलीले गरेको परीक्षणका क्रममा उक्त ढुङ्गाको तौल ५२ किलो तीन सय ३० ग्राम रहेको पाइएको छ। यति ठूलो तौलको भएको एउटै चट्टानका भेट्टाउनसमेत गाह्रो पर्ने भूगर्भविद् डा भण्डारीले जानकारी दिए।

‘क्वार्ज क्रिष्टल’ मुख्यरुपमा सजावटका सामग्री तथा गरगहना बनाउन प्रयोग हुने गरेको भूगर्भविद् डा भण्डारीको भनाइ छ। त्यस्तै रेडियो ट्रान्समिटर, कम्प्युटर, घडीलगायतका अन्य विद्युतीय उपकरणमा पनि क्वार्ज क्रिष्टलको आंशिकरुपमा प्रयोग हुने उनले जानकारी दिए।

टल्कने ढुङ्गाको परीक्षण सम्पन्न गरेपछि विभागको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालयमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल र प्रहरी उपरीक्षक ९एसपी० अनुपम श्रेष्ठलाई परीक्षणपछिको अध्ययन प्रतिवेदन बुझाएको हो।

जिल्ला प्रशासन कार्यालय गोरखाले टल्कने ढुङ्गाको नमूना परीक्षणका लागि खानी तथा भूगर्भ विभागलाई पत्राचार गरेपछि विभागले भूगर्भविद् डा भण्डारी र दुर्गा बोलाखेको टोली गोरखा पठाएको थियो।

अध्ययन टोलीले बरामद गरिएको ‘क्वार्ज क्रिष्टल’ खानी तथा भूगर्भ विभागलाई उपलब्ध गराउन पनि प्रतिवेदनमार्फत सुझाव दिएको छ। खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्यगर्ने अनुमति नलिई उत्खनन् तथा सङ्कलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमाफृत आग्रह गरिएको छ।

गएको असार १४ गते प्रहरीले उक्त टल्कने ढुङ्गा सतिपिपलस्थित स्थानीयवासी राममाया शाहीको घरबाट बरामद गरेको थियो। टल्कने ढुङ्गा वर्षौंदेखि शाही परिवारले घरमा राखेर पूजा गर्दै आएको पाइएकाले उक्त ढुङगा गोरखकाली मन्दिर या गोरखनाथ मन्दिर परिसरमा राख्न गोरखाका विभिन्न सङ्घसंस्थाले प्रशासनसँग माग गर्दै आएका छन्।

टल्कने ढुङ्गा ऐतिहासिक महत्वको भएको हुनसक्ने भन्दै गोरखा दरबार परिसरमा प्रणप्रतिष्ठा गरी व्यवस्थापन गनुपर्नेमा सङ्घसंस्थाको जोड छ। पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको बल्ने शिला कुनै पनि बहानामा गोरखा जिल्ला बाहिर नपठाई मूलधनीको इच्छाअनुसार गोरखकाली र गोरखनाथको पवित्र भूमिमा राख्नुपर्ने स्थानीयवासीको पनि भनाइ रहेको छ।

गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर रानामगरले विभागको टोलीसँगको भेटमा ऐतिहासिक र धार्मिक हिसाबले उक्त पत्थरलाई गोरखामै राख्ने व्यवस्था मिलाउन आग्रह गरे। उनले टल्कने ढुङ्गा गोरखामा राख्नका लागि नगरपालिकाले सरकारलगायतका अन्य सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्नेसमेत बताएका छन्।

Previous Post

नार्कबाट विकसित उन्नत जातको आलु रोप्दा उत्पादनमा वृद्धि

Next Post

सर्लाहीमा पुरुषको टाउको भेटियो

सम्बन्धित खबर

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन
आर्थिक

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

१७ असार २०८३,
फोहरबाट आम्दानी गर्दै मध्यविन्दु
आवाज

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

१७ असार २०८३,
मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार
आर्थिक

नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

१७ असार २०८३,
जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक
फिचर-ब्यानर

जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक

१७ असार २०८३,
‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा
समाचार

‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा

१७ असार २०८३,
मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल
समाचार

मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल

१७ असार २०८३,
Load More
Next Post
सर्लाहीमा पुरुषको टाउको भेटियो

सर्लाहीमा पुरुषको टाउको भेटियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In