• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

    बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

    मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

    समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

    समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

    चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

    चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नार्कबाट विकसित उन्नत जातको आलु रोप्दा उत्पादनमा वृद्धि

by
२५ साउन २०८०,
0
नार्कबाट विकसित उन्नत जातको आलु रोप्दा उत्पादनमा वृद्धि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल कृषि अनुसन्धान परिषद (नार्क) बाट विकसित आलुका उन्नत प्रविधिले इलाममा व्यापक लोकप्रियता पाइरहेका छन्।

वि.सं.२०७५ सालदेखि नार्कले इलाममा सुरु गरेको आलुका उन्नत प्रविधिको विस्तार गर्ने रुपान्तरणकारी परियोजनाबाट बीउ आलु उत्पादनमा उल्लेखनीय वृद्धि भई किसानको आय आर्जन बढेपछि यो कार्यक्रम लोकप्रिय भएको हो।

सुरुमा वि.सं. २०७१ देखि नार्कअन्तर्गतको कृषि अनुसन्धान केन्द्र, जौवारीमार्फत् माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले आलुका उन्नत बीउ लगेर उत्पादन गरेपछि यसले चर्चा पाएको हो। सोही सालमा जौवारी केन्द्रबाट २ हजार ४ सय किलो उन्नत बीउ समुदाय स्तरमा उत्पादन गरी त्यसको विस्तार गर्न सुरु गरिएको थियो।

कृषि अनुसन्धान केन्द्र जौवारीका प्रमुख जनार्जन गौतमका अनुसार उक्त क्षेत्रमा पहिले विटे, झ्याले, डेजिरे जस्ता पुराना जातका आलु लगाउने र बीउ नफेरी दशकौँसम्म एउटै बीउबाट बीउ उत्पादन गर्ने चलन रहेकोमा जौवारी केन्द्रले आलुको बीउ चक्र स्थापना गरी आलुको उत्पादन बढाउन सहयोग पुगेको हो। पुराना जातहरुमा ऐंजेरु, भाइरस र डढुवा रोग लाग्ने र उत्पादन कम हुने तर उन्नत जातका आलुमा रोग नलाग्ने हुनाले उत्पादन बढेको हो।

गौतमका अनुसार हाल समुदाय स्तरमा मात्र ४० मेट्रिक टन उन्नत बीउ आलु उत्पादन हुने गरेको र त्यहाँबाट ताप्लेजुङ, धनकुटा, संखुवासभासम्म बीउ पुग्ने गरेको छ। इलाममा बीउका अतिरिक्त लगाउने समयमा समेत फेरबदल ल्याउँदा उत्पादनमा उल्लेख्य वृद्धि भएको उनले बताए।

यसअघि किसानले चैतमा रोप्ने गरेकोमा हाल पुस १५ देखि फागुन १५ सम्म आलु रोप्दा उत्पादन ७० प्रतिशतभन्दा बढी बढेको छ। फागुन १५ देखि चैत १५ सम्म रोप्दा १६ प्रतिशतले उत्पादन बढेको थियो। तर चैत १५ पछि रोप्दा निकै कम उत्पादन भएकोले किसानहरुले रोप्ने समय पनि परिवर्तन गरिरहेको उनले जनाए।

माईजोगमाई गाउँपालिकाका किसान उमाकान्त भट्टराईले आलुका पुराना जातहरुले एक रोपनीमा चाररपाँच मन उत्पादन दिने गरेकोमा नयाँ जातको आलु लगाउँदा एक रोपनीमा २० मनसम्म आलु फलाएको बताए।

उनले आफ्नो गाउँपालिकामा हाल ८० प्रतिशत किसानले आलुका नयाँ प्रविधि अपनाउने गरेको बताए। उनले राष्ट्रिय आलुवाली अनुसन्धान कार्यक्रम खुमलटारबाट उन्नत आलु उत्पादनमा तालिम लिएको र उन्नत विधिहरु अपनाउँदा बीउको बचत भएको र दाना कुहिने समस्याबाट आलु जोगिएको बताए।

इलाम नगरपालिका वडा नं। ४ का वडाध्यक्ष नुतन दुलालले दुई वर्षदेखि आलुका उन्नत जातहरु जौवारी कृषि केन्द्रमार्फत् समुदाय स्तरमा लगेको र त्यसको नतिजा उत्साहजनक आएको बताए।

उनका अनुसार रोगमुक्त नयाँ बीउले दश किलो लगाउँदा १० मन फल्ने गरेको तर पुरानो बीउ १० मन फलाउन एक मन लाग्ने गरेको अनुभव सुनाए। उनले नार्कसँग अन्य बालीनालीमा पनि उन्नत प्रविधि विस्तारमा सहकार्य गर्न चाहेको उल्लेख गरे।

ताप्लेजुङ, सन्दकपुर गाउँपालिकाका किसान माधव गर्तौलाले सामुदायिक स्तरमा नार्कबाट प्राप्त आलुका बीउलाई आफ्नो ठाउँमा लगाउँदा पुरानो बीउ भन्दा उत्पादनमा दोब्बर वृद्धि भएको बताए। जनकदेव जातको आलु प्रत्येक वर्ष ३० मनका दरले उत्पादन बढाउँदै पुरानो कम उत्पादन दिने आलुका जातहरुलाई बिस्थापित गर्ने योजना रहेको समेत उनले सुनाए।

राष्ट्रिय आलुवाली अनुसन्धान कार्यक्रम खुमलटारका संयोजक डा। गिरिधारी सुवेदीले इलामको माईजोगमाईमा २०७५ देखि आलुमा रुपान्तरणकारी परियोजना सञ्चालन गरिएको बताए। जौवारी केन्द्रसँग समन्वय गरी आलुका उन्नत जातका भाईरसमुक्त बीउ उक्त ठाउँमा बीउ वृद्धिको रुपमा सुरु गर्दा यो सफलता प्राप्त भएको उनले बताए।

उक्त क्षेत्रमा जनकदेव, खुमलउज्वल, डेजिरे र कुफ्रि ज्योति जातका बीउ पठाइएको र त्यसमा जनकदेव जातका बीउ लोकप्रिय भएको बताए। हाल उक्त क्षेत्रमा बार्षिक ८६ हजार किलो बीउ आलु उत्पादन हुने गरेको डा। सुवेदीले बताए।

डा। सुवेदीका अनुसार हाल उक्त क्षेत्र पुर्वी नेपालको बीउ आलु उत्पादनको हब भएको कुरा उनले बताए। पहिलो वर्ष तीन हजार, दाना दोस्रो वर्ष आठ हजार दाना र तेस्रो वर्ष चार हजार एक सय दाना पिविएस ९भाइरसमुक्त बीउ आलु० वितरण गरी बीउ वृद्धि कार्यक्रम सञ्चालन गर्दा समुदाय स्तरमा समेत बीउ उत्पादन बिस्तार भएको थियो।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा। कालिकाप्रसाद उपाध्यायका अनुसार नेपालमा एक लाख ९८ हजार हेक्टर क्षेत्रफलमा ३३ लाख मेट्रिक टन आलु उत्पादन हुने गरेको छ। साथै आठ अर्ब ८२ करोड रुपैयाँ बराबरको आलु र आलुका परिकारहरु विदेशबाट आयात हुने गरेको परिप्रेक्ष्यमा यस्ता रुपान्तरणकारी कार्यक्रमले उत्पादन र आयात बीचको अन्तर कम गरी निर्यात प्रबद्धनमा सहयोग पुग्ने डा। उपाध्यायले बताए।

डा। उपाध्यायका अनुसार यस्ता रुपान्तरणकारी कार्यक्रमहरु पर्वतको सालिजा, बाग्लुङको ढोरपाटन, लम्जुङको दोर्दी, अछामको मेललेख, जुम्लाको डिल्लीचौर, रोल्पाको जिनावाङ र राँक, रसुवाको गतलाङमा पनि सञ्चालन गरिएको र किसानलाई तालिम, बीउ भण्डारण, उत्पादन विधि सहित सबलीकरण गरिएकाले किसानहरुको आयस्तरमा वृद्धि भइरहेको छ।

Previous Post

विपद्‍बाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु

Next Post

टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ नै भएको भूगर्भ विभागको पुष्टि

सम्बन्धित खबर

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार
आर्थिक

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

२ भदौ २०८३,
बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित
आर्थिक

बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

२ भदौ २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

२ भदौ २०८३,
मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति
समाचार

मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

२ भदौ २०८३,
समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय
समाचार

समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

२ भदौ २०८३,
चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण
समाचार

चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

२ भदौ २०८३,
Load More
Next Post
टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ नै भएको भूगर्भ विभागको पुष्टि

टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ नै भएको भूगर्भ विभागको पुष्टि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In