• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आलु बिक्री नहुँदा म्याग्दीका किसान चिन्तित

by
२५ साउन २०८०,
0
आलु बिक्री नहुँदा म्याग्दीका किसान चिन्तित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी– म्याग्दीमा उत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा परेका छन् । पश्चिम म्याग्दीका मालिका, मङ्गला र धौलागिरि गाउँपालिकाका प्रत्येक व्यक्तिको घरमा यतिबेला खनेको आलु थुपारिएको छ । बारीमा पनि आधाभन्दा बढी आलु खन्न बाँकी छ । अहिलेसम्म कतैबाट पनि आलुको माग नआएको किसानले बताएका छन् ।

जिल्लाका लेकाली क्षेत्रमा फलेका वर्षे स्वादिष्ट आलु बिक्री नहुँदा किसान मारमा परेका हुन् । यस ठाउँमा मकैपछिको दोस्रो प्रमुख बालीका रूपमा उत्पादन हुने आलुले बजार नपाउँदा आलु कुहिन्छ कि भन्ने पिरले आफूहरूलाई सताएको मालिका–२ रुमकी टेकसरा बूढाले बताए ।

म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज आलुको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा छ दशमलव ३६ प्रतिशतले आलुको उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । आलुको उत्पादन बढे पनि बिक्री हुन नसक्दा समस्या भएको किसानको गुनासो छ ।

विगतका वर्षहरूमा जिल्लामा उत्पादित आलुमध्ये ७० प्रतिशत अथवा एक हजार मेट्रिक टनभन्दा बढी आलु निकासी हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क छ । प्रतिकिलो ५० देखि एक सय रुपैयाँसम्ममा कृषकले आलु बेच्ने गरेका थिए ।

व्यापारीले अग्रिम पेस्की दिएर बारीमा नखन्दै आलु खरिद गर्ने गर्दथे तर यस वर्ष भने प्रतिकिलो ३५ मा आलु दिँदा पनि बिक्री हुन नसकेको मङ्गला–४ का तीर्थबहादुर पुनले बताए ।

जिल्लामा हाल स्थानीय सेतो, रातो जातको आलु, नीलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रघुगङ्गा–६, ७ र ८ र अन्नपूर्ण– ५, ६, ७ र ८ नं वडामा गत आर्थिक वर्षदेखि व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र ९जोन० कार्यक्रम सञ्चालन गरेको छ ।

केन्द्रका बाली संरक्षण अधिकृत सञ्जीव बास्तोलाले यस वर्ष जिल्लाभर एक हजार छ सय ५० हेक्टर जमिनमा आलु खेती भएकामा २५ हजार चार सय १० मेट्रिक टन उत्पादन भएको जानकारी दिए । ‘अघिल्लो वर्ष एक हजार एक सय ४५ हेक्टर जमिनमा आलु खेती भएकामा २३ हजार सात सय ९३ मेट्रिक टन उत्पादन भएको थियो’, उनले भने, ‘क्षेत्रफल विस्तारसँगै आलुको उत्पादन पनि बढेको हो ।’

यस वर्ष धेरै उत्पादन भए पनि बजारमा पठाउन नसक्दा आफूहरू समस्यामा परेको मालिका–४ देवी स्थानकी कृष बूढाले बताइन् । अहिले आलु बजारमा बिक्री नहुँदा र घरमा पनि राख्ने ठाउँ नहुँदा बारीमै प्लाष्टिकले छोपेर राख्नुपर्ने बाध्यता रहेको कृषक बूढाको भनाइ थियो ।

बर्खाको समय भएका कारण पानी पर्ने भएकाले बारीमै प्लाष्टिकले छोपेर आलु राख्दा पानी परेर कुहिन सक्ने र बारीमै खुलारूपमा राखेको आलुको स्वाद पनि बिग्रने उनको भनाइ छ । ‘अहिले मालिका गाउँपालिकाको सबै ठाउँमा आलु खन्ने काम धमाधम चलिरहेको छ’, उनले भने, ‘आलु खनेर बारीमा थुपारेका छौँ, वर्षाका कारण सडक अवरुद्ध हुँदा उत्पादन भएको आलु जिल्ला सदरमुकाम बेनी बजारसम्म पुर्‍याउन सकेका छैनौँ ।’

स्थानीय तहले आलु खेतीको पकेट क्षेत्र, कृषि ज्ञान केन्द्रले बल्क र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आलु जोन कार्यक्रममार्फत आलु खेती विस्तार गरेका छन् ।

कृषि ज्ञान केन्द्रमार्फत पाँच सय रोपनी जमिनमा आलु खेतीको कार्यक्रम सञ्चालन गरिएको थियो । अन्नपूर्ण गाउँपालिको शिख, घार, राम्चे र हिस्तान, रघुगङ्गाको पाखापानी, ठाडाखानी, चिमखोला र कुइनेमङ्गले, कुइने मङ्गलाको हिँदी, झाँक्रीपानी, किमचौर र टोड्के, मालिकाको बिम र दिच्याम, धौलागिरिको गुर्जा र मरेनी तथा बेनीको भकिम्ली र डडुवा आलु उत्पादन हुने पकेट क्षेत्र हुन् ।

नागी राम्चेबाट वार्षिक दुई करोड मूल्य बराबरको आलु निकासी हुने गरेको छ । उच्च पहाडी क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु पोखरा, काठमाडौँलगायत बजार क्षेत्रमा निकासी हुँदै आएको छ । जिल्लाबाट वार्षिक छ करोडभन्दा बढी मूल्यको आलु निकासी हुने केन्द्रको तथ्याङ्क छ ।

कृषि ज्ञान केन्द्रमार्फत यसअघि रघुगङ्गा–८ कुइनेमङ्गले र मङ्गला–३, ४ र ५ मा आलुको व्यावसायिक उत्पादन केन्द्र सञ्चालन भएको थियो । मालिका–६ दिच्याम र ७ बिमलाई आलु बल्क कार्यक्रममा समावेश गरिएको छ ।

Previous Post

पैसा कमाउने लोभः अनलाइन सट्टेबाजीको सिकार बन्दै युवा

Next Post

प्रहरी कार्यालयमा किन थुप्रिन्छन् सवारी साधन ?

सम्बन्धित खबर

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

१६ साउन २०८३,
गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर
अन्तर्राष्ट्रिय

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

१६ साउन २०८३,
अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते
फिचर-ब्यानर

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

१६ साउन २०८३,
भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

१६ साउन २०८३,
नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै
फिचर-ब्यानर

नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

१६ साउन २०८३,
गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?
फिचर-ब्यानर

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

१६ साउन २०८३,
Load More
Next Post
प्रहरी कार्यालयमा किन थुप्रिन्छन् सवारी साधन ?

प्रहरी कार्यालयमा किन थुप्रिन्छन् सवारी साधन ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In