• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पैसा कमाउने लोभः अनलाइन सट्टेबाजीको सिकार बन्दै युवा

by
२५ साउन २०८०,
0
पैसा कमाउने लोभः अनलाइन सट्टेबाजीको सिकार बन्दै युवा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‘हाम्रो छोराले एक पैसा पनि खर्च गर्नुअघि हामीसँग सल्लाह लिन्थ्यो। तर, पछिल्ला छ महिनादेखि साथीहरूका कारणले उसलाई अनौठो लत लागेको छ। उसले आफ्नो तलबको सबै पैसा यसैमा खर्च गर्छ। अहिले उसले घरमा एक पैसा पनि दिँदैन।’

‘यति मात्रै होइन, उसले आफ्नो बुबा र आफ्नो नाममा अढाइ लाख रूपैयाँ ऋण पनि लियो र त्यो पनि उडाइसकेको छ। थकित भई हार खाएर हामी उसलाई प्रहरीकहाँ लिएर गयौं, जहाँ उनीहरूले उसलाई परामर्श दिए।’

पुणेकी आराधना (नाम परिर्वतन) छोराको कथा सुनाउँदै थिइन्।

कलेज पढेपछि छोराले पार्टटाइम जागिर गर्थे। तर, त्यही क्रममा उनलाई अनलाइन जुवाको लत लाग्न थाल्यो।

महाराष्ट्रलगायत देशभरका धेरै युवाहरू यस नयाँ प्रवृत्तितर्फ आकर्षित हुँदै गएका छन् र यो लत अहिले महामारीको रूपमा फैलिएको दाबी गरिँदै छ।

तपाईंले सेलिब्रेटी क्रिकेटर र फिल्म स्टारहरूलाई अनलाइन जुवा एपको प्रचार गरेको पक्कै देख्नुभएको होला।

इन्डियन प्रिमियर लिग (आईपीएल) टिमको जर्सीमा पनि तपाईंले उनीहरूको प्रचार देख्नुभएकै होला।

यस्तो प्रभावपूर्ण प्रचारले अनलाइन गेमिङको लोकप्रियता बढ्दै छ।

तपाईंले यस्ता विज्ञापनहरू देख्नुभएको होला जसमा ‘घरमै बसेर लाखौं, करोडौं कमाउनुहोस्’ भन्ने प्रचार गरिएको हुन्छ।

तर, विज्ञहरूका अनुसार यस्ता विज्ञापनको नियत उनीहरूको प्रचारको विपरीत हुन्छ।

उनीहरूले आफ्ना ग्राहकलाई लाखौं रूपैयाँ ठग्ने मात्र नभई अनलाइन जुवा खेल्ने लतसमेत लगाउने विज्ञहरू बताउँछन्।

आजभोलि सस्तोमा मोबाइल फोन र कनेक्टिभिटी उपलब्ध हुने भएकाले अनलाइन जुवाको लोकप्रियता विश्वभर फैलिँदै गएको र यो ले चिन्ताको विषय बनेको उनीहरूको भनाइ छ।

इन्टरनेटको माध्यमबाट हुने अनलाइन जुवा विभिन्न रूपमा उपलब्ध छन्।

जब तपाईं सुरू सुरूमा यस प्रकारका अनलाइन जुवामा जोडिनुहुन्छ तब पैसा कमाउन पनि सक्नुहुन्छ, जुन तपाईंलाई पैसा कमाउने सजिलो तरिका जस्तो लाग्न थाल्छ।

र, तपाईं यसमा धेरै पैसा खर्च गर्न थाल्नुहुन्छ। तर, त्यसबेला भने तपाईंले केही पनि पाउनुहुँदैन।

धेरै युवाहरूले फेरि पैसा जित्ने आशामा अनलाइन जुवामा हात हाल्छन् तर तिनीहरूमध्ये धेरैलाई निराशा हात लाग्छ।

जसका कारण उनीहरूले आर्थिक समस्यासँगै मानसिक तनावबाट पनि गुज्रिनुपर्छ।

कतिपय अवस्थामा अनलाइन जुवामा हारेपछि मानिसहरूले आत्महत्यासमेत गरेका छन्।

अनलाइन जुवाको लत
जब कुनै इन्टरनेट लिंक, वेबसाइट वा मोबाइल एपमार्फत पैसा दाउमा लगाइन्छ भने त्यसलाई अनलाइन जुवा भनिन्छ।

यसमा पोकर, ब्ल्याकज्याक, स्लट मेसिन र अन्य धेरै प्रकारका सट्टेबाजी समावेश छन्।

जब कसैले अनलाइन जुवा खेल्छ उसको अगाडि एक कम्प्युटर प्रोग्राम वा एक व्यक्ति हुन सक्छ।

नयाँ प्रयोगकर्ताहरूलाई अनलाइन जुवामा आकर्षित गर्न उनीहरूलाई सुरू सुरूमा निःशुल्क खेलहरू खेल्न प्रस्ताव गरिन्छ र सामाजिक सञ्जालमार्फत उनीहरूलाई निशाना बनाइन्छ।

एपलाई यसरी डिजाइन गरिन्छ कि जुवा खेल्नेले लामो समयसम्म खेलिरहन्छ। खेल खेलाउनेहरू खेलको क्रममा यसबाट पूर्णतः लुकेर बसेका हुन्छन्।

जब निःशुल्क क्रेडिटहरू समाप्त हुन्छन्, तब तपाईंले यसमा आफ्नो पैसा लगानी गर्नुपर्छ। जब तपाईं पहिलो पटक यो जुवा खेल्नुहुन्छ, त्यसपछि तपाईं यससँग सम्बन्धित विज्ञापनहरू प्राप्त गर्न सुरू गर्नुहुन्छ, जसले तपाईंलाई गेमिङ वेबसाइटमा फर्कन आकर्षित गर्दछ।

के भन्छन् विज्ञरु
डिजिटल विज्ञहरू युवा पुस्ता परम्परागत जुवाको तुलनामा अनलाइन जुवामा धेरै छिटो आकर्षित हुने गरेको बताउँछन्।

युवा पुस्तालाई जसरी डिजिटल संसारको जानकारी छ, उनीहरू सजिलैसँग यस्ता खेलहरूमा संलग्न हुन्छन्, जसको बारेमा उनीहरूका आमाबुबालाई थाहा हुँदैन।

अनलाइन जुवामा सामेल हुन तपाईंले घरबाट बाहिर निस्कनु पर्दैन, किनकि सबै कुरा अनलाइन नै हुन्छ।

यस सम्पूर्ण प्रक्रियामा तपाईं कसैसँग व्यक्तिगत रूपमा जोडिन वा आमनेसामने खेलमा सहभागी हुन आवश्यक पर्दैन, त्यसैले जब तपाईं अनलाइन जुवा खेलिरहेको हुनुहुन्छ, तपाईंलाइ कसैले देख्दैन।

यो पूर्णतया अनलाइन जुवा हो, त्यसैले पैसा पनि अनलाइन नै लगानी गर्नुपर्छ।

अनलाइन जुवाको लतको असर
धेरै मानिसहरू मनोरञ्जनका लागि अनलाइन जुवा खेल्न सुरू गर्छन्। तर, चाँडै नै उनीहरूलाई यसको लत लाग्छ।

बिस्तारै बिस्तारै यसले उनीहरूको जीवनमा असर गर्न थाल्छ र कतिपय मानिसहरूमा यसको प्रतिकूल असर यति धेरै हुन्छ कि उनीहरू कंगालसम्म बन्न पुग्छन्।

उनीहरू आफ्नो सञ्चित पुँजी मात्र गुमाउँदैनन्, आफ्नो सम्पूर्ण जीवन नै गुमाउँछन्। किनभने धेरैले यसबाट चिन्तित भएर आफ्नो जीवन समाप्त गरिसकेका छन्।

अर्कोतर्फ, एक अनुसन्धानका अनुसार जसरी जसरी मानिसहरूलाई मोबाइल फोन सर्वसुलभ बन्दै गएको छ, त्यसरी नै उनीहरू इन्टरनेट पनि अत्यधिक प्रयोग गरिरहेका छन्।

अनलाइन जुवा खेल्नेहरू कसैलाई जानकारी नदिई यसो गरिरहेका हुन्छन्। खासमा जब यसले उनीहरूमा नराम्रो प्रभाव पार्छ, तब पनि उनीहरू अरू कसैलाई यसबारे बताउँदैनन्।

-बीबीसी हिन्दीबाट अनुदित

Previous Post

भारतले चाहेमा नेपालले १० वर्षमा निकाल्न सक्छ २५ हजार मेगावाट बिजुली

Next Post

आलु बिक्री नहुँदा म्याग्दीका किसान चिन्तित

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
आलु बिक्री नहुँदा म्याग्दीका किसान चिन्तित

आलु बिक्री नहुँदा म्याग्दीका किसान चिन्तित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In