मान्छेले पनि केके बनाउन जानेको होला ! मान्छेबाटै निर्मित मान्छे बस्ने घरहरु कति थरीथरीका देख्न सकिन्छ यो दुनियाँमा । यस्तै एउटा अनौठो लाग्ने घुम्रिएको घर दुबईमा बनेको छ । झण्डै ८ वर्ष लगाएर ३ सय १० मिटर अग्लो बटारिएको उक्त विशाल घरको नाम ‘कायान टावर’ राखिएको छ ।
टावरको लागत झण्डै १ हजार ५ सय ७८ करोड डलर रहेको छ । तर फेददेखि माथि टुप्पोसम्ममा जम्मा ९० डिग्री बटारिएको यो टावरमा ५७० आलिसान अपार्टमेन्ट रहेका छन् । हरेक अपार्टमेन्टबाट समुद्रको दृश्य देख्न सकिन्छ ।
यस्तो अचम्मको टावरको डिजाइन शिकागोको ट्रम्प टावर र शांघाइको जिन माओका डिजाइनरले गरेका हुन् । ‘कायान टावर’मा एक बेडरुमसहितको अपार्टमेन्टको मूल्य ४ लाख ३५ हजार डलर तोकिएको छ ।
साभारः ‘अनौठा कुरा’ पुस्तकबाट













