• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक ः स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

    मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक ः स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
३ भदौ २०८३,
0
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नारायणगढ (चितवन), ३ भदौः चितवनको खैरहनी नगरपालिका क्षेत्रमा बर्खे धानमा पातको फेद डढुवा (शीथ ब्लाइट) रोग देखिन थालेपछि किसान चिन्तित बनेका छन् ।

नगरपालिकाका कृषि अधिकृत सिर्जना श्रेष्ठका अनुसार नगरपालिकाका केही क्षेत्रमा धानको पातको फेदमा फेद डढुवा रोगका प्रारम्भिक लक्षण देखिन थालेका छन् । अहिले रोग धेरै फैलिएको अवस्था नरहे पनि फाट्टफुट्ट रूपमा देखिन थालेकाले किसानलाई बेलैमा सचेत भएर धानबालीको नियमित निरीक्षण गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

“अहिले फेद डढुवा धेरै फैलिएको अवस्था छैन । केही ठाउँमा छिटफुट रूपमा देखिएको जानकारी आएको छ । हामीले खेतमै पुगेर यसको अवस्थाबारे रिपोर्टिङ गरिरहेका छौँ”, कृषि अधिकृत श्रेष्ठले भन्नुभयो । फेद डढुवा राइजोक्टोनिया सोलानी नामक ढुसीका कारण लाग्ने गर्दछ । रोग लागेमा सुरुमा पातको फेदमा अन्डाकार खैरो–हरियो थोप्ला देखिने र प्रकोप बढ्दै गएपछि ती थोप्ला फैलिँदै गई सिङ्गो बोट नै डढेको जस्तो देखिने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार रोग माटोबाट समेत सर्ने भएकाले धान रोप्नुअघि नगरपालिकाबाट अनुदानमा उपलब्ध हुने जैविक विषादी प्रयोग गरी माटो उपचार गर्न सकिन्छ । बीउ उपचार गर्दा कार्बेन्डाजिम दुई ग्राम प्रतिकिलो बीउका दरले प्रयोग गर्न उहाँले सुझाव दिनुभयो ।

धान बाक्लो रोप्न नहुने, युरिया मलमात्र बढी प्रयोग नगरी सन्तुलित रूपमा मलखाद प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ । सुरुआती अवस्थामै रोगको पहिचान गरी व्यवस्थापन गर्न सके प्रकोप फैलिनबाट रोक्न सकिने उहाँले बताउनुभयो ।

रोगको जोखिम बढेमा एजोक्सिस्ट्रोबिन १८.२ प्रतिशत र डाइफेनोकोनाजोल ११.४ प्रतिशतको मिश्रण एक मिलीलिटर प्रतिलिटर पानीका दरले वा भ्यालिडामाइसिन तीन मिलीलिटर प्रतिलिटर पानीका दरले मिसाएर छर्कन सकिने कृषि शाखाले जनाएको छ ।

खैरहनीमा बर्खे धानको खेती राम्रो हुने भएकाले अहिले धानमा बाला निस्कने समय सुरु भएको छ । फेद डढुवा रोग हरेक वर्ष धानबालीमा देखिने गरेकाले यस वर्ष पनि समयमै सावधानी अपनाउन किसानलाई आग्रह गरिएको हो ।

यसैगरी, धानबालीमा मरुवा (ब्लास्ट) रोगको जोखिमसमेत रहेकाले किसानलाई फेद डढुवा र मरुवा दुवै रोगको नियमित निगरानी गर्न कृषि शाखाले आग्रह गरेको छ । यस वर्ष चैते धानमा मरुवा रोगका कारण क्षति भएकाले बर्खे धानमा समयमै सावधानी अपनाउनुपर्ने कृषि अधिकृत श्रेष्ठले बताउनुभयो ।

खैरहनी नगरपालिकामा बर्खे धान तीन हजार ९३९ हेक्टर क्षेत्रफलमा खेती गरिँदै आएको छ । धानखेतीका लागि अनुकूल क्षेत्र मानिने खैरहनीमा अहिले धानमा बाला निस्कने समय भएकाले रोगको जोखिमसमेत बढ्ने गर्दछ ।

Previous Post

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

metakhabar

metakhabar

सम्बन्धित खबर

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
फिचर-ब्यानर

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

३ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

३ भदौ २०८३,
अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
अन्तर्राष्ट्रिय

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

३ भदौ २०८३,
पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

३ भदौ २०८३,
मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक ः स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
आर्थिक

मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक ः स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

३ भदौ २०८३,
बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन
समाचार

बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन

३ भदौ २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In