• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

    मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

    सडक असहजः सेवाग्राहीलाई समस्या

    सडक असहजः सेवाग्राहीलाई समस्या

    केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

    केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

    असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

    असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन गर्ने राष्ट्र बनाउने कांग्रेसको प्रतिबद्धता

by
१३ कार्तिक २०७९,
0
सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन गर्ने राष्ट्र बनाउने कांग्रेसको प्रतिबद्धता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसले नेपाललाई सन् २०४५ मा शून्य कार्बन उत्सर्जन राष्ट्र बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज सार्वजनिक गरेको पार्टीको सङ्कल्पपत्रमा उक्त प्रतिबद्धताका लागि विभिन्न सिद्धान्त र नीति अवलम्बन गर्ने जनाएको छ ।

कांग्रेसले शून्य कार्बन उत्सर्जनका लागि हरित तथा उत्पादनशील प्रकृतिको आर्थिक विकास, वन क्षेत्रको संरक्षण, कार्बन क्रेडिटबाट आर्थिक उपार्जन, पर्यापर्यटन, अग्र्यानिक कृषि प्रणाली र खाद्य सुरक्षा, वनमा आधारित उद्योग व्यवसाय र जैविक विविधताको संरक्षणमा जोड दिने उल्लेख गरेको छ ।

यसैगरी स्वच्छ ऊर्जा प्रवद्र्धन, वातावरणीय सुरक्षा उपार्जनको अवलम्बन र प्रत्याभूतिमा आधारित प्रभाव अध्ययन गरेर मात्र भौतिक पूर्वाधार विकास तथा जलवायुजन्य जोखिमबाट भएको हानी नोक्सानीको आकलन गर्ने क्षमताको विकास गर्ने सङ्कल्पपत्रमा उल्लेख छ ।

प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त सङ्कल्पपत्र सार्वजनिक गर्नुभएको हो । नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावारणमा बाँच्न पाउने अधिकार सुनिश्चित गरे पनि जलवायु परिवर्तनले नयाँ जोखिम सिर्जना गरेको छ । जलवायु अनुकूलन र कार्बन सूचीकरणका नीति र कार्यक्रमलाई अब सबै तह र सरोकारवालाबीच समन्वय गर्दै मूल प्रवाहीकरण गर्नुपर्ने सङ्कल्पपत्रमा उल्लेख छ ।

जलवायु परिवर्तनका जोखिमबाट जीवन सुरक्षाका लागि पूर्वसूचना प्रणाली, भूगोलअनुसार जलवायु अनुसन्धान केन्द्रको स्थापना, ग्रामीण क्षेत्रमा स्थानीय समुदायको इकोसिस्टममा आधारित अनुकूलन क्षमताको विकास तथा वातावरणीय सेवाको भुक्तानी गर्ने संयन्त्रजस्ता विषयमा थप पहल लिइने सङ्कल्पपत्रमा जनाइएको छ ।

हरित अर्थतन्त्रको सिद्धान्तअनुसार कृषि र वन पैदावारमा आधारित उद्योग व्यवसाय सञ्चालन गर्न चाहने नीजि क्षेत्रलाई नीतिगत प्रश्रय दिने गरी कार्यक्रम सञ्चालन गर्ने कांग्रेसको सङ्कल्प छ । जलवायु अनुकूल उत्पादनको स्रोत तथा गन्तव्यका रूपमा परिचित हुन ऊर्जाका सबै माग जलविद्युत् तथा स्वच्छ ऊर्जाका अन्य स्रोतको परिचालनबाट पूर्ति गर्ने कांग्रेसको नीति छ ।

नदीको उपयोग र संरक्षण, ताल–तलैयाको संरक्षण, वन सम्पदालगायत जैविक विविधताको विवेकपूर्ण उपयोग गर्ने कांग्रेसको योजना छ । त्यस्तै कांग्रेसले जडीबुटीको राष्ट्रिय सम्पदा औषधि विज्ञान, आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिको अध्ययन, अनुसन्धान र प्रयोगलाई राष्ट्रिय पहिचानको माध्यम बनाउने सङ्कल्प गरेको छ ।

नेपालको आर्थिक–सामाजिक उन्नतिलाई चिरस्थायी बनाउन विपद् व्यवस्थापनको अहम् भूमिका रहेको उल्लेख गर्दै कांग्रेसले पूर्वसूचना प्रणाली र रियल–टाइम बाढी अनुगमनदेखि ड्रोन प्रविधिमार्फत विपद् व्यवस्थापनलाई विकासको मूलधारमा ल्याउनुपर्ने कांग्रेसले जनाएको छ । विपद्पश्चातको पुनःनिर्माणबारेका नयाँ नीति र सिद्धान्त, आपत्कालीन सूचना पद्धति र विकास साझेदार तथा छिमेकी राष्ट्रका सम्बन्धित निकायसँगको समन्वय आदिबारे कांग्रेसले विस्तृत कार्ययोजना बनाइने जनाएको छ ।

Previous Post

निर्वाचनबाट निष्ठा र इमानदारी हार्न हुन्नः प्रदीप पौडेल

Next Post

टोखा–छहरे सुरूङ मार्ग नेपाली कांग्रेसले पाँच वर्षमै बनाउने

सम्बन्धित खबर

मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल
आर्थिक

मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

११ जेष्ठ २०८३,
सडक असहजः सेवाग्राहीलाई समस्या
आवाज

सडक असहजः सेवाग्राहीलाई समस्या

११ जेष्ठ २०८३,
केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो
आवाज

केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

११ जेष्ठ २०८३,
असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता
आवाज

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

११ जेष्ठ २०८३,
वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित
आवाज

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

११ जेष्ठ २०८३,
पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने
आवाज

पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

११ जेष्ठ २०८३,
Load More
Next Post
कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक

टोखा–छहरे सुरूङ मार्ग नेपाली कांग्रेसले पाँच वर्षमै बनाउने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In