• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘मेकअप’ का सामग्री आयातमा बिदेसिन्छ करोडौं रकम

by
२२ साउन २०८०,
0
‘मेकअप’ का सामग्री आयातमा बिदेसिन्छ करोडौं रकम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठूलो धनराशि खर्च भएको पाइएको छ। सिन्दूर, टूथपेस्ट, कपाल स्याहारको सामग्री आयातमा ठूलो धनराशि बिदेसिएको छ। भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार त्यस्ता सामग्रीको आयातका लागि मात्रै ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ।

विभागका अनुसार गत आर्थिक वर्षमा ‘नेइल पोलिस’ को आयातमा मात्रै पाँच करोड २७ लाख १८ हजार रूपैयाँ बाहिरिएको छ। त्यस्तै फेसक्रिम आयतमा ७८ करोड पाँच लाख ८१ हजार रूपैयाँ बिदेसिएको छ। त्यस्तै आर्थिक वर्ष २०७९र८० मा ४६ करोड नौ लाख ८९ हजार रूपैयाँ मूल्य बराबरको ‘बडी लोसन’ आयात भएको छ। यसबाट सरकारले २३ करोड चार लाख ८३ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ।

एक करोडको सिन्दूर आयात
विशेष गरी हिन्दू महिलाले प्रयोग गर्ने सिन्दूरको आयातमा पनि ठूलो धनराशि खर्च भएको छ। पछिल्लो एक वर्षमा मुलुकमा एक करोड पाँच लाख ६५ हजार रूपैयाँको सिन्दूर आयात भएको छ। गत आवमा सिन्दुर भारत र इन्डोनेसियाबाट आयात भएको छ।

तीन अर्ब बढीको कपाल स्याहारका सामग्री आयात
विभागका अनुसार गत आवमा तीन अर्बभन्दा बढीको कपाल स्याहारका वस्तु आयात भएका छन्। कपालको स्याहारमा प्रयोग हुने स्याम्पु, तेल, क्रिम, रङलगायत वस्तु आयातमा उक्त धनराशि खर्च भएको हो।

गत आवमा ६३ करोड २१ लाख ३३ हजार रूपैयाँ मूल्यको स्याम्पु आयात भएको छ भने ६९ करोड ७७ लाख ७९ हजार रूपैयाँ मूल्यका कपालमा लगाउने तेल आयात भएको छ। साथै सात करोड ३२ लाख ३८ हजार रूपैयाँ बराबरको कपालमा लगाउने क्रिम आयात भएको छ।

त्यस्तै कण्डिस्नर आयातमा १० करोड ४५ लाख ४७ हजार रूपैयाँ खर्च भएको छ। कपाल रङ्गाउने वस्तु आयातमा ६२ करोड २० लाख ८३ हजार बाहिरिएको देखिन्छ। त्यस्तै कपाल हेरचारका अन्य वस्तु आयातमा ९७ करोड ६१ लाख २० हजार रूपैयाँभन्दा बढी रकम बिदेसिएको छ।

आँखा र ओठ शृङ्गारमा ५५ करोड
विभागका अनुसार गत आवमा ओठ र आँखा शृङ्गारका सामान आयातमा करोडौँ बाहिरिएको छ। गत आवमा मेकअपका सामान आयातमा ३६ करोड ४४ लाख ६० हजार रूपैयाँ बाहिरिएको छ। जसमा आँखा मेकअपका लागि मात्रै १९ करोड ४० लाख ८० रूपैयाँ खर्च भएको छ। त्यस्तै अन्य शृङ्गारका सामग्री आयातमा तीन अर्ब १३ करोड रूपैयाँभन्दा बढी रकम मुलुकबाट बाहिरिएको छ ।

१६ करोडको टूथपेस्ट
त्यस्तै विभागका अनुसार गत आवमा मुलुकमा ७१ करोड ३२ लाख ५८ हजार मूल्य बराबरको टुथपेस्ट ९मञ्जन० आयात भएको छ। यस्तै ५४ करोड ८४ लाख ८३ हजार रूपैयाँ मूल्य बराबरको मञ्जन निर्यात भएको छ।

पेन्सिल, मार्कर आयातमा एक अर्ब बाहिरियो
विवरणअनुसार गत आर्थिक वर्षमा एक अर्बभन्दा बढीको पेन, पेन्सिल, मार्कर तथा यसका वस्तु आयात भएका छन्। गत आवमा ५७ करोड ७६ लाख ९८ हजार रूपैयाँको बलपेन आयात भएको छ। त्यस्तै १४ करोड ३८ लाख रूपैयाँभन्दा बढीको पेन तथा मार्कर आयात भएको छ। विभागका अनुसार गत आवमा ५४ करोड ५१ लाख रूपैयाँभन्दा बढीको पेन्सिल तथा पेन्सिलको लिड आयात भएका छन्। गत आवमा एक करोड ७२ लाख रूपैयाँको पेनका निव, तीन करोड ७२ लाख रूपैयाँका पेनको रिफिल तथा मसी आयात भएको तथ्याङ्क छ।

पकेट लाइटर आयातमा ५२ करोड खर्च
गत आवमा ५२ करोड रूपैयाँभन्दा बढीको पकेट लाइटर आयात भएको छ। त्यसमा ४६ करोड ७२ लाख १५ हजार रूपैयाँको पुनः ग्यास भर्न नमिल्ने, एक करोड २३ लाख ९८ हजार रूपैयाँको ग्यास भर्न मिल्ने तथा अन्य लाइटर ५१ लाख ५५ हजार रूपैयाँको आयात भएको देखिन्छ।

६८ लाखको सेल्फी स्टिक आयात
विभागका अनुसार मोबाइलबाट फोटो खिच्न प्रयोग हुने विशेष प्रकारको लठ्ठी ९सेल्फी स्टिक० को आयातमा ६८ लाख ४४ हजार रूपैयाँ खर्च भएको छ भने दुई करोड ५५ लाख २६ हजार रूपैयाँ बराबरको ट्राइपड आयात भएको छ।

Previous Post

कति छ सोमबार विदेशी मुद्राको सटही दर ?

Next Post

दुई महिनामा २ करोड ७५ लाख रुपैयाँ बाँडियो, सबैभन्दा धेरै राष्ट्रपतिलाई

सम्बन्धित खबर

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

१६ साउन २०८३,
गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर
अन्तर्राष्ट्रिय

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

१६ साउन २०८३,
अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते
फिचर-ब्यानर

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

१६ साउन २०८३,
भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

१६ साउन २०८३,
नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै
फिचर-ब्यानर

नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

१६ साउन २०८३,
गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?
फिचर-ब्यानर

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

१६ साउन २०८३,
Load More
Next Post
दुई महिनामा २ करोड ७५ लाख रुपैयाँ बाँडियो, सबैभन्दा धेरै राष्ट्रपतिलाई

दुई महिनामा २ करोड ७५ लाख रुपैयाँ बाँडियो, सबैभन्दा धेरै राष्ट्रपतिलाई

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In