• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

metakhabar by metakhabar
१० अशोज २०८३,
0
लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन। लगातारको वर्षाका कारण पसाउने तथा परागसेचन हुने समयमा रहेको धानबालीमा थप समस्या आउने जोखिम देखिएको कृषि प्राविधिकले बताएका छन्।

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलका अनुसार लगातारको वर्षाले अहिले दाना लाग्ने अवस्थामा रहेको धानबालीमा दानामा दाग लाग्ने तथा परागसेचन हुन नपाउँदा फोकटा दाना बस्ने समस्या आउन सक्छ।

उनले भने, “लगातारको वर्षाका कारण पानीले फूल झार्ने हुन्छ। पछि फोकटा दाना हुन्छ र यो बेलाको झरीका कारण दानामा दाग लाग्ने रोग पनि निम्त्याउँछ।”

उनले जिल्लाका विभिन्न पालिकामा धानमा समस्या देखिन थालेको बताए। समस्या देखिएका स्थानमा स्थानीय तहका कृषि प्राविधिकसँगको समन्वयमा खेतमै पुगेर बाली उपचार शिविर सञ्चालन गर्न थालिएको उनले जानकारी दिए। उनले भने, “बढी समस्या भएका स्थानमा हामीले शिविर सञ्चालन गर्न थालेका छौँ। कार्यालयले भरतपुर महानगरपालिका–१४ पकौडीमा बाली उपचार शिविर आयोजना गरेको छ भने अब रत्ननगरमा पनि गर्ने तयारी छ।”

समस्याको आधारमा शिविर सञ्चालन गरी किसानका समस्या समाधान गर्न कार्यालय लागिपरेको प्रमुख कँडेलले बताए। कार्यालयकी बाली संरक्षण अधिकृत गीता केसीले कार्यालयमा दैनिक रूपमा धानमा देखिएको समस्या लिएर आउने किसानको सङ्ख्या बढेको बताए। कार्यालय नजिकका किसान कार्यालय मै आउने र अन्य स्थानका किसानले सम्बन्धित स्थानीय तहमा समस्या जानकारी गराउने गरेको उनले बताए। धानमा देखिएको समस्या लिएर कार्यालयमा आउने किसानको सङ्ख्या बढेपछि बाली उपचार शिविर सञ्चालन गर्न थालिएको उनको भनाइ छ।

उनका अनुसार जिल्लामा अहिले धानमा एउटा मात्रै रोग नभई विभिन्न रोग तथा किराको समस्या देखिएको छ। खाद्यतत्वको कमी, गबारो, पात बेरुवा, पात मरुवा, पातको फेद डढुवा, मरुवा रोग, ब्याक्टेरियल ब्लाइट र फेद डढुवालगायतका समस्या देखिएको उनले बताए।

यद्यपि, हालसम्मको स्थलगत अवलोकन र किसानबाट प्राप्त समस्याको अवस्थालाई हेर्दा रोग नियन्त्रणबाहिर भने नगएको उनले बताए। उनले भने, “पश्चिम चितवनमा हेर्दा हामीले उपचार गर्दा र किसानलाई सजग बनाउँदा रोग नियन्त्रणबाहिर गएको छैन।”

रोग नियन्त्रणका लागि पालिकाका कृषि प्राविधिकसँगको समन्वयमा उपचार तथा किसानलाई आवश्यक सुझाव दिँदै आएको उनले बताए।

उनका अनुसार विशेषगरी सावाँ मन्सुली र सावित्री जातको धानमा समस्या बढी देखिएको छ। हर्दिनाथ–६ जातको धानमा पनि केही क्षेत्रमा समस्या देखिन थालेको उनले जानकारी दिए।

धानमा समस्या देखिनुमा मौसमसँगै खाद्यतत्वको कमी पनि कारण रहेको उहाँले बताउनुभयो। धानमा विशेषगरी पोटास र जिङ्कको कमी देखिएको उनको भनाइ छ। उनले भने, “किसानले डीएपी र युरिया मात्रै बढी दिनुभयो, तर धानमा पोटास र जिङ्कको कमी पनि देखिएको छ।”

लगातार पानी पर्ने र फेरि तापक्रम उच्च हुने अवस्थाले पनि धानमा समस्या आउने गरेको उनले बताए।

प्रमुख कँडेलले लगातार पानी परिरहेकाले पानी बगाउन मिल्ने खेतमा निकासको व्यवस्था गर्न किसानलाई सुझाव दिए। यस वर्ष धानमा समस्या बढ्नुमा मौसमको अवस्थालाई पनि प्रमुख कारण मानिएको छ। धान रोप्ने समयदेखि नै बढी पानी परेको र पछिल्लो समय पानी तथा घामको क्रमिक प्रभावले बालीमा विभिन्न समस्या देखिएको उनले बताए।

धानमा देखिएका रोग तथा किराको व्यवस्थापनमा जैविक विधिलाई प्राथमिकता दिनुपर्ने र रासायनिक विषादी प्रयोग गर्नुपर्ने अवस्था आएमा सुरक्षित तथा सिफारिस गरिएको मात्रामा मात्र प्रयोग गर्न किसानलाई सुझाव दिइएको छ।

कार्यालयले समयमै किसानका समस्या सुन्ने र खेतमै पुगेर बाली उपचार शिविर सञ्चालन गरी समस्या नियन्त्रणमा लिन आवश्यक प्रयास गरिरहेको जनाएको छ। यसका लागि स्थानीय तहका कृषि प्राविधिक तथा अन्य कृषि विज्ञ एवं प्राविधिकको सल्लाह र समन्वयमा काम भइरहेको कार्यालयले जनाएको छ।

Previous Post

भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती

Next Post

नारायणी नदीको बाढी सुस्ताको बस्तीमा पस्दा स्थानीय प्रभावित

metakhabar

metakhabar

सम्बन्धित खबर

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध
समाचार

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

११ अशोज २०८३,
जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो
समाचार

जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

११ अशोज २०८३,
तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन
समाचार

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

११ अशोज २०८३,
बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो
समाचार

बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

११ अशोज २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

११ अशोज २०८३,
सप्तरीका ५०० घर डुबानमा
समाचार

सप्तरीका ५०० घर डुबानमा

११ अशोज २०८३,
Load More
Next Post
नारायणी नदीको बाढी सुस्ताको बस्तीमा पस्दा स्थानीय प्रभावित

नारायणी नदीको बाढी सुस्ताको बस्तीमा पस्दा स्थानीय प्रभावित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In