• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विश्वभर बर्सेनि एक करोड ३० लाखमा पक्षघात

by
१२ कार्तिक २०७९,
0
विश्वभर बर्सेनि एक करोड ३० लाखमा पक्षघात
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विश्व पक्षघात दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर पक्षघात दिवस मनाउने गरिएकाले नेपालमा पनि यस अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

एक जटिल शारीरिक अवस्थाको रुपमा रहेको पक्षाघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै पक्षाघात भनिन्छ । समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ ।

नेपाल पक्षघात सङ्घका अध्यक्ष डा राजु पौडेल पक्षाघातको उपचारका लागि सङ्घले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिम प्रदान गर्नाका साथै उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड तय गर्दै आएको बताउँछन् ।

उक्त सङ्घले जर्मनीको युनिभर्सिटी हस्पिटल हाइडलवर्गको सहयोगमा नेपाल पक्षघात परियोजनासँगसहकार्य गरी काम गर्दै आएको छ । सन् २०१७ मा स्थापना भएको सङ्घले नेपालको पक्षघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि गरिने उपायको खोजी गर्दै आएको छ ।

यस्तै जिआइजेड, विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थासँगको सहकार्यमा नेपालको पक्षाघातसम्बन्धी गाइडलाइन तय गर्ने काम गर्दै आइएको उक्त सङ्घले पक्षघात सम्बन्धी निर्देशिका चाँडो निर्माण गरी सरकारलाई हस्तान्तरण गर्ने जनाएको छ । देशभरका १५ अस्पतालको पक्षाघातको अवस्थाबारे सूचीकरण गर्ने, बिरामीको अवस्थाबारे जानकारी राख्नेलगायतका काम पनि संघले गर्दै आएको छ ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत वरिष्ठ न्यूरोलोजिस्टसमेत रहेका डा पौडेल पक्षाघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको भन्दै यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिन्छन् । “विश्वमा हरेक चार जनामा एक जनालाई र छ सेकेन्डमा एक जनालाई पक्षघातको सम्भावना रहेको हुन्छ, यसबाट सजग हुनुपर्छ”, उनको भनाइ छ ।

नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षाघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेकामा डा पौडेल जोड दिन्छन् । नेपालमा अहिले पक्षाघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

उनका अनुसार उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुम्रपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गढबढ हुँदा पक्षघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहनुपर्छ ।

सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुलो हुनु पक्षाघातको लक्षण भएको र यस्ता लक्षण देखिए साढे चार घण्टाभित्रै अस्पताल पुग्न सकेमात्र उपचार सम्भव रहेको डा पौडेल बताउँछन् ।

पक्षघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गर्नुपर्ने र यसका अलावा बिरामीलाई फिजियोथेरापी गर्नुपर्ने हुन्छ ।

नेपालमा भौगोलिक विकटता, सीमित स्रोतसाधन र दक्ष जनशक्तिको अभावका कारण पक्षघातको उपचारमा चुनौतीपूर्ण हुँदै गएको छ । समयमै रोग पहिचान गरेर उपचार गर्न सके उपचार सम्भव रहेको डा पौडेल बताउँछन् ।

नेपाल पक्षघात सङ्घले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीलगायत विभिन्न अस्पतालसँगको सहकार्यमा अक्टोबर १९ मा विभिन्न कार्यक्रम आयोजना गरी विश्व पक्षघात दिवस मनाइरहेको छ । यसै अवसरमा आजै काठमाडौँको महाराजगञ्ज चोकदेखि सामाखुसीसम्म पदयात्रा गरिएको थियो ।

Previous Post

तीन वर्षमुनि र ७३ वर्ष माथिका नागरिकलाई निःशुल्क उपचार गर्ने कांग्रेसको संकल्प

Next Post

आन्तरिक पर्यटकले भरिभराउ पोखरा

सम्बन्धित खबर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?
फिचर-ब्यानर

अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

१९ बैशाख २०८३,
Load More
Next Post
आन्तरिक पर्यटकले भरिभराउ पोखरा

आन्तरिक पर्यटकले भरिभराउ पोखरा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In