• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालमा हुने मानव तस्करीमा चिनियाँ गिरोहको ‘कनेक्सन’

by
१७ साउन २०८०,
0
नेपालमा हुने मानव तस्करीमा चिनियाँ गिरोहको ‘कनेक्सन’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालमा हुने मानव तस्करी धन्दामा चिनियाँ गिरोहको संलग्नता हुने तथ्य खुलेको छ । प्रहरी अनुसन्धान अनुसार नेपाली युवालाई आकर्षक रोजगारीको प्रलोभनमा पारेर विभिन्न देशमा पु¥याउने गिरोहमा चिनियाँ नागरिकको संलग्नता रहेको तथ्य खुलको हो । गत असार २८ गते नेपाली युवालाई आकर्षक रोजगारीका नाममा म्यानमार पुर्याएर अनलाइन ठगीमा लगाएको आरोपमा प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेसँग यस्तो तथ्य खुलेको हो ।

प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोका अनुसार थाइल्यान्डमा आकर्षक रोजगारीमा लगाइदिने भन्दै म्यानमार पुर्याएकी नेपाली युवती गिरोहले भने जति फिरौती बुझाएर नेपाल फर्किएपछि ४२ वर्षीय चिनियाँ नागरिक लियाङ जुन पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनी सन् २०१८ देखि लगातार नेपाल आएको देखिन्छ। नेपाल फर्किएलगत्तै प्रहरीको सम्पर्कमा पुगेकी एक युवतीले, थाइल्यान्ड लाने भनी झुक्याई धेरै नेपाली तथा भारतीयलाई जबर्जस्ती म्यानमार पुर्याइएको र त्यहाँ बन्धक बनाएर अनलाइनमार्फत उनीहरूका आफन्तबाट रकम असुल्ने गरेको बताएपछि प्रहरीले अनलाइन स्क्यामिङ गराएको अभियोगमा चीनको ज्ञानसु प्रान्त घर भई काठमाडौं बिजेश्वरी बस्ने जोहन्सन नाम बताउने चिनियाँ नागरिक लियाङ जुलाई पक्राउ गरेको हो।

प्रहरी अनुसन्धान अनुसार चिनियाँ मानव तस्करले काठमाडौंबाहेक विभिन्न नाकाबाट नेपाली युवायुवतीलाई दक्षिणपूर्वी एसियाका लाओस, थाइल्यान्ड, म्यान्मारलगायतका देशमा रोजगारी मिलाइदिने प्रलोभन देखाएर अनलाइनमार्फत नै ठगिरहेको भेटिएको छ। मुख्य रूपमा दक्षिणपूर्वी एसियाका लाओस, थाइल्यान्ड, म्यान्मारलगायत चिनियाँ प्रभाव बढी भएका मुलुकमा तस्करले रोजगारीका लागि भन्दै सुरुमा म्यान्मार पुर्याई बन्धक बनाउने गरेको पाइएको छ ।

रोजगारीमा थाइल्यान्ड लैजाने भनी नेपालीलाई काठमाडौबाट म्यान्मार पठाउने जिम्मा लिएका लियाङको गिरोहले म्यान्मार पुगेपछि राहदानी र मोबाइल जफत गर्ने, बन्धक बनाउने र सामाजिक सञ्जालमार्फत दिनको १८ देखि २० घण्टासम्म अनलाइनको काममा लगाउने गरेको पाइएको छ। केही समयअघिसम्म यस्तै धन्दामा संलग्न सयौं चिनियाँ काठमाडौँ, पोखरालगायतका स्थानबाट पक्राउ परेका थिए।

प्रहरीका अनुसार, अनलाइन स्क्यामिङमार्फत विशेषगरी अमेरिकी नागरिकलाई फेक आइडीमार्फत कुराकानी गरी क्रिप्टोकरेन्सी, बिटकोइन आदिमा लगानी गर्न लगाई ठगी गर्ने गरेको पाइएको छ। यही गिरोहको मिलोमतोमा थाइल्यान्ड भनी म्यान्मार पठाइएका १० जना अहिले प्रहरीको सम्पर्कमा आएका छन्।

गिरोहको फन्दामा परेर २०७९ साउन ९ गते भिजिट भिसामा थाइल्यान्ड गएकी एक २६ वर्षीया युवती त्यहाँबाट १३ घण्टा गाडी र डुंगाको यात्रा गरेर थाइल्यान्डकै च्याङमाई हुँदै म्यानमारको म्यावडी पुगेकी थिइन्। तिनै युवतीको जाहेरी तथा मौखिक सूचनाका आधारमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको हो।

त्यसअघि अनलाइनमार्फत थाइल्यान्डबाटै १३ जनाले जाहेरी दिए पनि धेरै सूचना अस्पष्ट भएकाले अनुसन्धान अलमलमै थियो। बिरामी भएपछि २० हजार थाई भाट फिरौती तिरेर गएको भदौ ६ गते नेपाल आएकी ती युवतीले जाहेरी दिए पनि प्रहरीले थप अनुसन्धान गर्नै सकेन। उनीसँगै एक वर्षअघि म्यानमार गएका ६ जनाको अवस्था अहिले पनि पनि अज्ञात नै छ।

Previous Post

नापतौलमा ठगी गर्ने १९ हजार व्यापारीलाई कारबाही

Next Post

अरुण तेस्रो प्रसारण लाइन: तोकिएको मुआब्जामा जग्गाधनीको असन्तुष्टि

सम्बन्धित खबर

इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
समाचार

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

१२ असार २०८३,
Load More
Next Post
विद्युत् विस्तारमा गति लिँदै

अरुण तेस्रो प्रसारण लाइन: तोकिएको मुआब्जामा जग्गाधनीको असन्तुष्टि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In