• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतसँग सम्बन्ध सुधार्न चाहन्छ बङ्गलादेश

    भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

    सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

    सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

    न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस

    न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस

    भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

    भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

    चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

    चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

    व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, रोकियो अवैध

    अन्डाको मूल्य फेरि बढ्यो, एक्सएल प्रतिक्रेट ५९० रुपैयाँ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाजा संरक्षणमा अग्रसर नेवार समुदायका युवा

by
१७ साउन २०८०,
0
बाजा संरक्षणमा अग्रसर नेवार समुदायका युवा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवलपरासी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० कावासोतीमा नेवार समुदाय भाषा र संस्कृतिको संरक्षणमा जुटेको छ । आफ्नो भाषा र संस्कृति जगेर्ना गर्ने उद्देश्यले नेवार समुदाय यतिबेला धिमे बाजा, मादल र झ्याली संरक्षण अभियानमा सक्रिय भएर लागेको छ ।

नेवार समुदायका युवालाई वाद्यवादनसम्बन्धी प्रशिक्षणसमेत सञ्चालन गरिएको सिका नेवाः गुठी कावासोतीका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताए । “धिमे बाजा नेवार समुदायमा शोकबाहेक अन्य सबै शुभकार्यमा बजाइने बाजा हो । तर, यही बाजाको संरक्षण नभएर लोपोन्मुख अवस्थामा पुगेको छ”, उनले भने ।

कावासोती नगरपालिका–२ का रबिन श्रेष्ठ यतिखेर धिमे बाजा बजाउन व्यस्त छन् । नेवार भएर नेवार समुदायको बाजा बजाउन नआउँदा खिन्न हुनुपरेको उनको विगतको अनुभव छ । तर, अहिले उनी खुसी हुनुहुन्छ । सोही ठाउँकी आकृति श्रेष्ठको पनि आफ्नो समुदायको पौराणिक धिमे, मादल र झ्याली बाजा बजाउन सिक्न थालेको केही हप्तामा नै सहज लाग्न थालेको अनुभव छ ।

“आफ्नो समुदायको बाजा बजाएको टेलिभिजनमा मात्र देखेकी थिए । तर, अहिले मलाई नै यी बाजा बजाउन आउँछ”, उनले भने । यो बाजा पुरुषले मात्र बजाउनुपर्छ भन्ने मान्यता रहे पनि स्थानीय सुनिता श्रेष्ठले आफैँ अग्रसर भएर यो बाजा बजाउन सिकेको बताए । कक्षा १२ को परीक्षा दिएर बसेको खाली समयलाई आफ्नो धर्म संस्कृति जगेर्ना गर्न सदुपयोग गरेको उनको भनाइ छ ।

“अब नेवार समुदायमा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुँदै धिमे बाजा बजाउन सक्ने भएकी छु”, श्रेष्ठले भने । आफ्नो कला र संस्कृति लोप हुँदै गएको महसुस गरी सुनिता, आकृति र रबिनसहित झन्डै २० जनाले यो बाजा बजाउन सिकेका छन् । सुरु–सुरुमा धिमे बाजा बजाउन असहज भए पनि अहिले बजाउँदा आनन्द आउने गरेको उनीहरु बताउछन् ।

सिका नेवाः गुठी कावासोतीले नेवारी कला, संस्कृति र सीप संरक्षणका लागि भन्दै आयोजना गरेको ४५ दिने तालिममा सहभागी भएर स्थानीय युवाले बाजा बजाउन सिकेका छन् । पर्व र संस्कृतिका धनी नेवार समुदाय आफ्नो जातीय पहिचान जोगाउन प्रयत्नशील रहे पनि सरकारी निकायबाट सहयोग नपाइएको सिका नेवाः गुठी कावासोतीका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताए । ‘धिमे बाजा’ नेवार समुदायमा विभिन्न चाडपर्वमा बजाउने चलन रहेको सिका नेवाः गुठीका सांस्कृतिक समूह संयोजक रोशनकुमार श्रेष्ठले बताए ।

“नयाँ वर्ष, विजयादशमी, दीपावली, गाईजात्रालगायत पर्वमा यो बाजा बजाउने गरिन्छ”, उनले भने, “अघिल्लो पुस्ताबाट नयाँ पुस्तामा वैभवपूर्ण सांस्कृतिक धरोहर हस्तान्तरण हुन नसकेर संस्कृति लोप हुने अवस्थामा पुगेका बेला बाजा संरक्षणमा जुटेका हौँ ।”

एक पुस्ताबाट अर्को पुस्तामा आफ्नो संस्कार र संस्कृति यसैगरी हस्तान्तरण गर्दै जाने लक्ष्य रहेको श्रेष्ठको भनाइ छ ।
नेवार समुदायको भाषा र संस्कृति काठमाडौँ उपत्यकामा संरक्षित भए पनि उपत्यकाबाहिर लोपोन्मुख अवस्थामा रहेको प्रशिक्षक विश्वास श्रेष्ठले बताए ।

“युवा पुस्ताले बाजा संरक्षणमा चासो नदेखाए संस्कृति नै लोप हुने अवस्था थियो, अहिले धेरै राम्रो काम भएको छ”, उनले भने, “युवा पुस्तामा पश्चिमी संस्कृतिको प्रभावका कारण आफ्नो संस्कृतिप्रतिको मोह घटेर गएको अवस्थामा यो उत्साह सराहनीय छ ।”

खासगरी धिमे, मादल र झ्याली पहिले पुरुषले मात्र बजाउने बाजाका रुपमा परिचित थियो । तर, अहिले महिलासमेत रहरलाग्दो गरी यो बाजा बजाउन अग्रसर हुन थालेको अर्का प्रशिक्षक सुस्मा श्रेष्ठले बताए । नेवार समुदायमा बुबाको मुख हेर्ने, आमाको मुख हेर्ने, देगु पूजा, गुँ पुन्ही, येँया पुन्ही, चथाः, दसैँ, तिहार, म्हःपूजा, पाँहाचह्रे, योमरी पुन्हीलगायत चाडपर्वमा मौलिक बाजा बजाउने र हर्षोल्लास मनाउने चलन रहेको सिका नेवाः गुठी कावासोतीका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताए ।

Previous Post

ओखलढुङ्गामा ६ महिनामै चार हजार आँखा रोगीको उपचार

Next Post

चितवनमा लम्पी स्किन विरुद्धको खोप अभियान सञ्चालन

सम्बन्धित खबर

भारतसँग सम्बन्ध सुधार्न चाहन्छ बङ्गलादेश
अन्तर्राष्ट्रिय

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

४ भदौ २०८३,
सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान
समाचार

सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

४ भदौ २०८३,
न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस
फिचर-ब्यानर

न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस

४ भदौ २०८३,
भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा
आवाज

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

४ भदौ २०८३,
चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा
फिचर-ब्यानर

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

४ भदौ २०८३,
व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, रोकियो अवैध
आर्थिक

अन्डाको मूल्य फेरि बढ्यो, एक्सएल प्रतिक्रेट ५९० रुपैयाँ

४ भदौ २०८३,
Load More
Next Post
चितवनमा लम्पी स्किन विरुद्धको खोप अभियान सञ्चालन

चितवनमा लम्पी स्किन विरुद्धको खोप अभियान सञ्चालन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In