अन्तरिक्षमा जाने यात्रीहरु त्यहाँ निदाउन सक्दैनन् । पृथ्वीमा हरेक २४ घण्टामा एकपटक सूर्यास्त तथा सूर्याेदय हुन्छ । ग्रिनविच टाइमको आधार मानेर विश्वको समय निर्धारण गरिन्छ । तर अन्तरिक्षमा ठीक समय रात दिन थाहा पाउन नसकिने भएकाले यात्रीहरु निदाउन सकदैनन् । अन्तरिक्षमा गुरुत्वाकर्षण बलको प्रभाव पनि नपर्ने हुँदा यात्रीहरुको ढाडको हड्डी समेत फैलिन पुग्छ । फलस्वरुप अन्तरिक्ष यात्रीको लम्बाइ अचानक ५ देखि ८ सेमिसम्म बढ्दछ ।
विश्वमा हालसम्म अन्तरिक्षमा सबैभन्दा बढी समय रहेका व्यक्ति रुसका बलेरी पोलियाकोप हुन् । उनले ४३८ दिन अन्तरिक्षमा नै बिताएर पृथ्वीमा फर्केका थिए । पृथ्वीबाट १०० किमि भन्दा माथिको दूरीलाई अन्तरिक्ष भनिन्छ ।
साभारः ‘अनौठा कुरा’ पुस्तकबाट













